बैशाख १३, २०८१ बिहीबार

फेरी पर्सामा दुई महिला मृत फेला



वीरगञ्ज – पर्साको छिपहरमाई गाउँपालिकामा एकै दिन दुईजना युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

छिपहरमाई गाउपालिका वडा नम्बर ३ बस्ने रमेश मुखिया बिनकी २२ वर्षीया श्रीमती बिन्दा देवी मुखिया र सोही गाउँपालिका वडा नम्बर २ का विलास महतोकी श्रीमती २० वर्षीया सन्तोषी महतो भुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

आइतबार राति बिनकी श्रीमती बिन्दा आफ्नै घरमा कोही नभएको अवस्थामा आफ्नै सुत्ने कोठाको सिलिङ फ्यानमा सलको पासो लगाई झुण्डीएको अवस्थामा मृत फेला परेकी हुन् भने महतोकी श्रीमती सन्तोषी आफ्नै घर पछाडिको अम्बाको रुखमा सारीको पासो लगाई झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।