बैशाख ४, २०८१ मंगलबार

परिक्षा दिएर फर्कँदै गरेकी छात्राको बाटैमा करेन्ट लागेर मृत्यु,



गुल्मी – गुल्मीको मालिका गाउँपालिकामा करेण्ट लागेर कक्षा ११ को परिक्षा दिएर फर्कदै गरेकी एक छात्राको मृत्यु भएको छ ।

मालिमा -१ नेटा, भलखाँडाकी विनिता रसाइलीको मालिमा ५ छापहिलेकाे रँग भन्ने ठाउँमा करेण्ट लागेर मृत्यु भएको इश्मा प्रहरी चौकीले जनाएको छ ।

उनी सँगै रहेकी मालिका गाउँपालिका ६ अर्जेकी जुना विक गम्भिर घाइते भएकी छन् ।

करेण्ट लागेकी बरालको घटनास्थलमै मृत्यू भएको र घाइतेलाई उपचारका लागि अस्पत्ताल पठाइएको प्रहरीले जनाएको छ ।

अर्जे माविमा कक्षा ११ को परिक्षा दिएर फर्कदै गर्दा बाटोछेउमा रहेको हाइटेन्सन लाइनको पोलमा करेण्ट लागेको स्थानीय अशोक खड्काले बताए ।

साथीसाथी रहेका उनीहरूले एकआपसमा हात समातेर हिंडिरहेकाे बेला करेन्ट लागेको प्रत्यक्षदर्शीकाे भनाइ छ ।

गुल्मीमा पोलमा करेण्ट चुहीएर मानिसको मृत्यु हुने घटना हरेक वर्ष हुने गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको लापर्वाहीका कारण यस्ता घटनाहुने गरेको स्थानीयको आरोप छ ।