कल्पनाले पुर्‍याइन् संस्कृतिविद जोशीको तस्विर सगरमाथामा

नारी खबर / जेष्ठ ११, २०७६ - शनिबार


ललितपुर । महिला पत्रकार कल्पना महर्जनले दोश्रो पल्ट सगरमाथाको शिखर चुमेकी छिन् ।

एक्सिपिरेन्स आउटडोर्स नेपाल का रविन्द्र महर्जनका अनुसार जेठ ९ गते विहान १० बजेर २० मिनेटमा सगरमाथा शिखर चुमेकी हुन् ।

कल्पनाले गत बर्ष जेठ ९(मे २३) गते नेपालतर्फबाट सगरमाथा चढेकी थिइन् । यस बर्ष पनि जेठ ९ गते (मे २३)उही दिन चढेकी कल्पनाले उत्तरी मोहडाबाट जेठ ९ गते (मे २३)कै दिन सगरमाथा चढ्न सफल भएकी हुन् ।

कल्पना ०७५ चैत २८ गत चीनको ल्हासातर्फ ललितपुरबाट हिडेकी थिइन् । ४३ औँ दिनमा शिखर चुम्न सफल भएकी हुन् ।

ललितपुर महानगरपालिका स्थापनाको १०० औँ वर्षगाँठ र वाङमय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको १०० औँ जन्मोत्सवको अवसर पारी आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराइन्। 

कल्पनालाई ललितपुर महानगरपालिका, ललितपुर उद्योग बाणिज्य संघलगायतका विभिन्न संघ, संस्थाहरुको आर्थिक सहयोग रहेको छ ।


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!