बैशाख ११, २०८१ मंगलबार

स्थानीय सरकार घरमै आएपछि…



काठमाडौ – पहिले-पहिले स्याँ-स्याँ गर्दे लठ्ठी टेकेर बृद्धा भत्ता बुझन सदरमुकामको बैंकमा पुग्नुपर्ने पुग्ने जाजरकोटकी बिनाक्वारा सिंह स्थानिय सरकार घरमै आइपुगेपछि अहिले दंग छिन् । उनी भन्छिन् “ए कसरी जान पथ्र्यो-पथ्र्यौ नि, लौरो टेकेर, स्याँ स्याँ गर्दे भत्ता लिन जान्थे, अहिल त सुख छ, यही घरमै ल्याएर दिन्छन् ।”

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वार्ड नं ३ निवासी सिंह मात्रै होइनन् गाउँपालिका भित्रका सबै बृद्धाबृद्धाहरु घरमै वृद्धाभत्ता लिन पाएपछि खुसीले गद्गद् भएका छन् ।

स्थानिय सरकार गाउँमा नहुदाँ गाविस सचिवले गाविस भवनमा बृद्धाभत्ता बाड्थे । लिन सक्ने बृद्धबृद्धाहरु जान्थे, नसक्नेका आफन्तले समेत बुझिदिने चलन थियो । तर अहिले बारेकोट गाउँपालिकाले घरमै पुगेर बुढा भएका बुवाआमाहरुलाई बृद्धाभत्ता दिने निति बनाएपछि बृद्धबृद्धाहरु खुसी छन् ।

आफु हिड्न नसक्ने भएपछि घरमा भएका छोराबुहारी वा नातिनातिनालाई बृद्धाभत्ता लिन पठाउनुपर्ने बाध्यता भएका बृद्धबृद्धाहरु स्थानिय सरकारले घरमै भत्ता दिन थालेपछि झन खुसी छन् ।
यस्तै खुसी मध्येकी एक हुन्, बारेकोट गाउँपालिका वाड नं ३ निवासी पानसरी शाही । उनी पहिला भत्ता लिनका लागि आफैँ गाविस भवन धाउनुपर्दथ्यो । सकेपनि नसकेपनि के उनी आफैँ बृद्धाभत्ता लिन जानुपर्दथ्यो के घरमा भएका आफन्तहरुलाई विश्वास गरेर पठाउनुपर्दथ्यो ।

तर अहिले उनले त्यस्तो अफ्ठ्यारो अवस्था सामना गर्नुपर्ने स्थिति छैन । उनले पहिलेको जस्तो बृद्धाभत्ता लिन आफैँ धाएर जानुपर्ने अवस्था नरहेको बताइन् । शाहीले स्थानिय सरकार आएपछि घरमा नै भत्ता ल्याएर कर्मचारी आइपुग्ने बताइन् ।

भौगोलिक हिसाबले विकट रहेको जाजरकोटको बारेकोट गाउँपालिकाका बृद्धबृद्धाहरुले पहिला पहिला बृद्धाभत्ता लिन निकै सास्ती बेहोर्नुपथ्र्यो । कतिपय ठाउँबाट बृद्धाहरु घन्टौ पैदल हिडेर बृद्धाभत्ता लिन सम्बन्धित ठाउँसम्म पुग्नुपर्ने अवस्था थियो । यातयातको सुविधा नभएका ठाउँमा बोकेर समेत बृद्धाभत्ता लिनका लागि लैजानुपर्ने बाध्यता अहिले हटेको छ । सरकारले आफुहरुका लागि भनेर दिएको भत्ता लिनका लागि पनि दुख पाएको गुनासो गर्ने बारेकोट गाउँपालिका वार्ड नं ३ कै मनमती सिंह भने अहिले सजिलो संग बृद्धाभत्ता बुझन् पाएकोमा खुसी छिन् । उनले भनिन “ आ उथ्थेर त कम्ता दुख पाइयो,अहिले पो घरै आउँछ र सुख भाको छ । ”

पछिल्लो समयमा बारेकोट गाउँपालिकाले बृद्धाभत्ता गाउँटोलमै गएर वितरण गर्न निर्देशन दिएको छ । सम्बन्धित व्यक्तीको हातमा बाहेक अरुको हातमा बृद्धाभत्ता नदिन समेत निर्देशन दिएको बारेकोट गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताइन् । उनले भनिन् “हामीले गाउँमै गएर,गाउँको पनि टोलमै र घरमै पुगेर वितरण गर भनेर भनेका छौँ,घरमा भएका पनि छोरालाई,बुहारीलाई र ना-नातिनालाई नदेउ भनेर भनेका छौँ । ”

उपाध्यक्ष शाहीले भनिन् – ‘कसैले पनि ढग्न नपाउने,ल्याउँदा ल्याउँदै बाटोमै खाइदिन नपाइनेभएपछि बृद्धबृद्धाहरु खुसी छन । प्रत्यक्ष व्यक्तीलाई मात्र देउ भनेका छौँ । जुन ठाउँमा छन्,असक्त,बृद्धबद्धाहरुलाई त्यही ठाउँमा गएर वितरण गर भनेका छौँ । वार्डका लेखा साहयक हुन्छन् तिनिहरुलाई घरमै गएर वितरण गर भनेका छौँ ।’