बैशाख ३, २०८१ सोमबार

नारीखबर सम्पादक पुरस्कृत



काठमाडौ-नारीखबर डट.कमकी सम्पादक गगनशिला खड्का मानव बेचविखन तथा ओसार- पसार विरुद्ध कलम चलाए वापत पुरस्कृत भएकी छन ।

विगत १३ बर्षदेखी पत्रकारीता क्षेत्रमा क्रियाशिल खड्कालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शु्क्रबार राजधानीमा आयोजित मानव बेचविखन विरुद्धको तेह्रौ राष्ट्रिय दिवस २०७६ को अवसरमा पुरस्कृत गरेको हो ।

मानव बेचविखन तथा ओसारपसार विरुद्ध अपराधको रोकथामका लागि सञ्चारमाध्यम मार्फत गरेको योगदानको कदर स्वरुप खड्कालाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा लगायतले नगद १० हजार सहित दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए ।

२०६४ सालमा गुल्मी जिल्लाबाट पत्रकारीता शुरुवात गरेकी उनी पछिल्लो समय राजधानीलाई कार्यक्षेत्र बनाएकी खडका नारी खबर डटकममा सम्पादकको रुपमा कार्यरित छिन ।

कार्यक्रममा मानव वेचविखन तथा ओसारप्रसार नियन्त्रणमा योगदान पु¥याएका राष्ट्रिय समाचार समितिमा कार्यरत शुसिल दर्नाल र गोरखापत्र दैनिकका कबिता थापा सहित विभिन्न संघ संस्था, प्रहरी, लगायतलाई सम्मान गरिएको थियो ।