बैशाख ११, २०८१ मंगलबार

मानव बेचविखन नियन्त्रणका लागि सरकार गम्भीर छ:गृहमन्त्री



काठमाडौ-गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन । ‘सरकारको प्रतिबद्धता मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरूद्धको १३ औँ राष्ट्रिय दिवसका अवसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले मानव बेचविखन नियन्त्रणका लागि सरकार गम्भीरताका साथ लागेको बताए ।

गृहमन्त्री थापाले यस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको पनि जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

उनले गरिवी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढदै गएकोले समस्या समाधानका लागि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यकता औल्याउदैँ यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको पनि स्पष्ट पारिन। ‘