बैशाख १, २०८१ शनिबार

एनआरएन युकेमा पहिलो पटक अध्यक्षमा महिला निर्वाचित



काठमाडौ-गैरआवासीय नेपाली संघ एनआरएन युकेमा पहिलो पटक अध्यक्ष पदमा महिला निर्वाचित भएकी छन् । गैरआवासीय नेपाली संघ एनआरएन युकेकी तत्कालिन उपाध्यक्ष पुनम गुरुङ एनआरएन युकेको नया कार्यसमिति २०१९(२१० का लागि अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

गुरुङले ४ हजार ५ सय ५१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । रोजिना प्रधान राई ४ हजार ४ सय ४४ मत प्राप्त गरी महिला उपाध्यक्षमा बिजयी भएकी छन् । रञ्जिता मल्ल ४ हजार ४ सय ९६ मत प्राप्त गरी महिला सचिबमा बिजयी भएकी छन् भने प्रसुना कंडेल ३ हजार ३ सय ८५ मत सहित महिला संयोजकमा बिजयी भएकी छन् ।

डेढ दशकको इतिहासमा पहिलोपटक गुरुङ निर्वाचित भएकी हुन् । उनले निर्वाचित भएपछि सामूहिक लगानी कोषको निर्माण गर्ने,ब्रिटेन–नेपाल र नेपाली–ब्रिटिश समुदायबीचको प्रगाढ सम्बन्धलाई प्रवर्धन गर्ने ,महिला सशक्तिकरण र महिला उद्यमशिलताको विकास गर्ने,नेपालका स्वस्थ्य चौकी र हस्पिटलहरुमा टेलिमेडिसिनको व्यवस्था गर्ने, बेलायतमा नेपाली व्यापार र उद्यमशिलताको प्रवर्धन गर्ने लगायतका काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । यसैगरी एनआरएन युकेको महासचिवमा फडिन्द्र भट्टराई निर्वाचित भएका छन् ।