बैशाख ३, २०८१ सोमबार

ओम अस्पत्तालको चरम लापरबाही ! पिसाव नलीको अपरेशन गर्दा अनिता गुरुङको मृत्यु



काठमाडौ-राजधानीको चावेलस्थित ओम अस्पतालमा चिकित्सकको लापरबाहीका कारण फेरी एक जना विरामीको मृत्यु भएको छ ।

धादिङको गंगा जमुना गाउँपालिका ३ घर भएकी अनिता गुरुङको साधारण पिसाव नलीको अपरेशनका क्रममा मृत्यु भएको हो ।अनिताका देवर सन्तोष गुरुङका अनुसार शुक्रबार सामान्य अवस्थामा हिँडेरै अस्पताल पुगेकी अनिताको अपरेशनकै क्रममा मृत्यु भएको हो । ‘अपरेशनमा चिकित्सकको लापरबाहीको कारण भाउजुलाई गुमाउनु पर्यो,’ सन्तोषले भने,‘हामीले शव बुझेका छैनौँ ।’

विरामीका आफन्तका अनुसार अड्कीको स्टोन निकाल्ने क्रममा मुटुले काम गर्न छाडेको भन्दै मृत्यु भएको घोषणा गरिएको थियो ।

२९ वर्षिया अनिताको विगतमा कुनै स्वास्थ्य समस्या नभएको समेत परिवारले जानकारी दिएको छ । विरामी भर्नाको क्रममा पनि चिकित्सकले विरामीको अवस्था सामान्य रहेको बताएको विरामीका अफन्तले बताए ।

डा.भोलाराज जोशीले विरामीको अपरेशन गरेको परिवारले जनाएको छ ।यस अघि पनि ओम अस्पतालमा चिकित्सककै लापरबाहीका कारण पटक-पटक विरामीको मृत्यु भएको भन्दै तनाव हुने गरेको छ ।