बैशाख १२, २०८१ बुधबार

नेपाली चेलीले जितिन् पच्चीस हजार अमेरिकी डलरको पुरस्कार



काठमाडौ

काठमाडौ-सन् २०१९ को भोकमरी र गरिबी बिरुद्धको युवा पुरस्कार नेपाली चेली सम्झना खनालले जित्न सफल भएकि छिन। पुरस्कारको राशी पच्चीस हजार अमेरिकी डलर छ ।

यो पुरस्कार १८ देखि २९ वर्षभित्रका युवा प्रतिस्पर्धीमध्धे एक जनालाई दिने गरिन्छ । यो वर्ष यो पुरस्कारको लागि संसारभरिबाट ६ हजार पांच सयभन्दा बढि प्रतिस्पर्धीले भाग लिएका थिए ।

बिजेता सम्झनाको भोकमरी विषयको परिकल्पनाले उनलाई पुरस्कार दिलाएको हो । संयुक्त राष्ट्र बिकास कार्यक्रमका प्रतिनिधी निर्णायक मण्डली रहेको अवार्ड जुरीले चार चरण लगाएर युक्त पुरस्कारको बिजेता घोषणा गरेको हो ।

जुन देश ९ अथवा जुन जलबायु० मा जे सम्भब छ, तेसैको बृहत्तर उत्पादन गर्ने , महिलालाई बजार र उत्पादन संग प्रतक्ष्य जोड्ने, समुहमा आधारित माइक्रो फाइनान्स संजाललाइ ग्रामिण भेगमा विस्तार गर्ने, गाउँको उत्पादन ( सहरको बजार ९ पैसा गाउँतिर डोर्याउने ० , दिगो विकास लक्ष्य भेट्टाउन गरिब मुलुक को जनताको जिबनमा बिज्ञानको प्रयोग र बिकाश कसरी गर्ने भन्ने जस्ता अरु थुप्रै भीजन भएको सोचपत्र, र अहिलेसम्म उनले कृषि छेत्र र महिला सशक्तिकरणमा गरेको नेतृत्वलाइ सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको बिजेता सम्झना बताउछिन ।

सम्झना बिगत चार वर्षदेखि यिनै सोचमा आधारित भएर अनुसन्धान र प्रसार मा लागिपरेकी छिन । उनी हाल नेदरल्याण्ड सरकारको छात्रवृद्धि अन्तर्गत बागेनिगन बिश्वबिध्यालयमा कृषिमा स्नातकोत्तर गर्दै छिन् ।