नारी खबर / अशोज १५, २०७६ - बुधबार
काठमाडौ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लगानी भित्र्याउन प्रवासीहरुलाई आग्रह गरेकी छन् । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मङ्गलबार प्रवासी नेपाली म्याग्देली सङ्घ मोना अन्तरराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै उनले लगानी भित्र्याउन आग्रह गरेकी हुन् ।
“स्थिर सरकार भएकाले नेपालमा लगानीको वातावरण बनेको छ”, मन्त्री थापाले भनिन् , “विदेशमा आर्जेको सीप, पूँजी र प्रविधिलाई स्वदेशमा भित्र्याएर राष्ट्र निर्माणमा योगदान गर्नुहोस ।” उत्पादनमुलक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सरकारले अनुकूल नीतिगत व्यवस्था र वातावरण बनाएको मन्त्री थापाको भनाइ छ । पूर्वाधार तयार र लगानीको सुरक्षा गर्न सरकार सक्षम भएको बताइन् ।
जिल्लाको जलविद्युत्, पर्यटन, व्यावसायिक कृषि र पशुपालन क्षेत्रमा लगानी गर्न प्रशस्त सम्भावना भएको उनले बताइन । सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर कामको खोजीमा विदेशिनुपर्ने बाध्यता हटाउन प्रधानमन्त्री रोजगारलाई निरन्तरता दिएको र वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन खोजेको उनले बताइन।
संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली काङ्ग्रेसका सभापति खम्बिर गर्बुजा, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले सम्भावनाको क्षेत्रमा लगानी गर्न आग्रह गरिन् ।
मोना रोजगारी, पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्था हो । तीन दिनसम्म चल्ने महाधिवेशनमा २० देशका डेढ सय प्रतिनिधि सहभागी भएका मोनाका अध्यक्ष चक्र थापाले बताइन् ।
यसैगरी विसं २०७५ साउनमा कालीगण्डकीमा आएको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई मोना जापानले रु दुई लाख आर्थिक सहयोग गरेको छ । मोनामार्फत जिल्लाको शिक्षा, स्वास्थ्य र सामाजिक तथा परोपकारी क्षेत्रमा सहयोग गर्दै आएका छन् । बेनी नगरपालिका, मोना र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा बेनीदेखि मायालुडाँडा जोड्ने पदमार्ग निर्माण गरिएको छ ।
यसैगरी समस्यामा परेका महिला तथा बालबालिकाको सहयोगका लागि रु एक करोडको कोष स्थापना गर्न अभियान चलाइएको छ । साथै ग्रामीण क्षेत्रका ४५ सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ ।
प्रवासी म्याग्देलीको अगुवाइमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणसमेत शुरु गरिएको छ । घोरेपानीको विकास र पर्यटन प्रर्वद्धनका लागि मन्त्री थापाको पहलमा गतबर्ष ५० लाख बजेट बिनियोज गरिएको थियो भने यो बर्ष घोरेपानी मोहरे डाँडाका लागि ५० लाख र पुनहिलका लागि ५० लाख गरी अहिले सम्म एक करोड ५० लाख रकम विनियोजन गरिएको छ ।
सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यमपञ्चक ९तिहार०ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् । तिहारको अवसरमा...
बर्दिया – श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय...
महिलाले नेतृत्व गरेको भरतपुर महानगरपालिका देशकै पहिलो बेसहारा, असहाय तथा सहयोगापेक्षी सडकमानव मुक्त भएको पहिलो महानगर घोषणा भएको छ । मुलुकको छ महानगरपालिकामध्ये...
नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो छमछमी सिजन ४’ मा विजेता हेटौँडाकी सन्ध्या आचार्य भएकी छन् । शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट...
काठमाडौ-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले लैगिक हिंसामा सहभागी अपराधी जस्तोसुकै भएपनि सरकारले नछोडने बताएकी छन । उनले सरकारले समाजमा शान्ति,सुरक्षा...
Contact: 9857064841
E-mail: narikhabar@gmail.com
Web: www.narikhabar.com
Editor: Gaganshila Khadka
नारी माथि को थिचो मिचो नारी संग आधारित बिषय बस्तु घठ्नाक्रम सम्पूर्ण नारी को अनलाईन सत्य तथ्य आवाज NariKhabar.com
© Copyright 2019 narikhabar.com All Rights Reserved.
Developed & maintained by AppBasis