बैशाख १३, २०८१ बिहीबार

लैङ्गिक हिंसाका अपराधी उम्किन पाउँदैनन्’:मन्त्री थापा



काठमाडौ-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले लैगिक हिंसामा सहभागी अपराधी जस्तोसुकै भएपनि सरकारले नछोडने बताएकी छन ।

उनले सरकारले समाजमा शान्ति,सुरक्षा र अमनचयनको वातावरणमा बस्न पाउँने नागरिकको हक अधिकारको रक्षार्थ अपराधी ठुलो सानो जस्तो सुकै भएपनि कारबाहीको दायरामा ल्याउने बताइन् ।

शनिबार लैगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर नगरपालिका काठमाडौले आयोजना गरेको ‘महिला र पुरुषको समान सहभागिता,हिंसा रहित समाज आजको आवश्यकता’ बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले लैगिक हिंसा गर्ने व्यक्ती उम्कन नपाउने बताएकी हुन् ।