बैशाख १, २०८१ शनिबार

श्रीमानको हत्याको आरोपमा महिला पक्राउ



बर्दिया – श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ ।

दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

हत्यापछि फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका–७ गुनानाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

उनलाई इलाका प्रहरी कार्यालय मोतीपुरमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।