अधिकार / न्याय

सरिता हत्याकाण्ड: परिवारका पाँच जना पुर्पक्षका लागि थुनामा

जेष्ठ ९, २०७६ - बिहिबार   | नारी खबर

काभ्रे – सरिता दुलालको हत्या आरोपमा पक्राउ परेका परिवार पाँच जना सदस्यलाई पुर्पक्षका लागि थुनामा परेका छन् । जिल्ला अदालत काभ्रेले आज श्रीमान् सुदिप, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीतालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्यायधीश दुर्गा खड्काको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जनाइएको छ…

प्रदेश २ काे निजामती सेवामा महिलालाई ५० प्रतिशत आरक्षण

जेष्ठ ८, २०७६ - बुधबार   | नारी खबर

वीरगंज- प्रदेश २ सरकारले निजामती सेवामा महिलालाई ५० प्रतिशत सिट सुरक्षित गर्ने व्यवस्था गर्न लागेको छ । प्रदेश निजामती सेवा सम्बन्धी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागेको हो । \ प्रदेशसभामा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि छलफल सकिएको छ । निजामती सेवालाई समावेशी बनाउन…

महिला सर्जक चिलुवालले कठघरामा पुरयाइन म्युजिक नेपालका म्यानेजरलाई

बैशाख २९, २०७६ - आइतवार   | नारी खबर

काठमाडौं – गीतकार धनमाया चिलवाल (सावित्री)ले म्युजिक नेपालका म्यानेजरलाई कठघरा पु¥याएकी छन् । चिलवालको गीत ‘फूल झैँ’ चोरी गरेर यूट्युव च्यानलमा राखेको अभियोगमा म्युजिक नेपालका म्यानेजर उत्तम थापा (उज्वल) लाई आइतबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले म्यानेजर थापालाई पक्राउ गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। चिलवालले निर्माण गर्न लागेको…

जोर्डनमा ५ नेपाली महिला जेलमुक्त

बैशाख २८, २०७६ - शनिबार   | नारी खबर

काठमाडौँ – जोर्डनमा सहकर्मीमाथि यौनहिंसा गरेको अभियोग लागेका ५ नेपाली महिलालाई अदालतले सफाइ दिएको छ । उनीहरू एक वर्षदेखि जेलमा थिए । जोर्डनको क्लासिक फेसन उद्योगमा कार्यरत उनीहरूमाथि आपसी विवाद हुँदा एक नेपाली युवतीको जबर्जस्ती कपडा खोलिदिएर फोटो खिचेको अभियोग लागेको थियो । जोर्डन मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका कन्सुलर सुजन बिडारी अदालतको सुनुवाइमा बहस गर्न पुगेका थिए ।…

१३ वर्षीया बालिकालाई सिन्दुर लगाउने पक्राउ

बैशाख २७, २०७६ - शुक्रबार   | नारी खबर

पाँचथर- १३ वर्षीया बालिकालाई ललाई फकाई विवाह गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङलाई बालिकासँग विवाह गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए । फिदिमस्थित शिवालय मन्दिरमा ल्याई सिन्दुर पोते गरी विवाह गरेको भन्दै बालिकाका अभिभावकले बुधबार तामाङ विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।…

बेचबिखन हुनै लागेका २३ नेपाली महिलाको भारतबाट उद्दार

बैशाख २७, २०७६ - शुक्रबार   | नारी खबर

काठमाडौँ – भारतको बाटो हुँदै अवैध रुपमा तेस्रो मुलुक लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ । भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा आज काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको महिला, बालबालिका तथा ज्येष्ठ…

छोरी बचाउन आत्मरक्षा तालिम

बैशाख १६, २०७६ - सोमवार   | नारी खबर

धनगढी – कैलालीको धनगढी उप–महानगरपालिकाले नगरका छोरीहरूको सुरक्षाका लागि आत्मरक्षा तालिम दिन शुरू गरेको छ । महिलामाथि हुने बलात्कार र जवरजस्ती करणीलगायत न्यूनीकरण गर्न तथा सचेतीकरणको लागि आत्मरक्षा तालिम शुरू गरेको हो । सोमवार मात्रै धनगढी उप–महानगरपालिका वडा नं १४, १८ र १९ का ८ सय महिला तथा युवतीहरूलाई एउटै शिविरमा राखेर तालिम दिन शुरू…

महिला हिंसा अन्त्यका लागि गृह मन्त्रालयलाई २३ हजार चिठी

चैत्र ८, २०७५ - शुक्रबार   | नारी खबर

काठमाडौं – विश्व मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले नेपाल सरकारलाई २३ हजारभन्दा बढी पत्र हस्तान्तरण गरेको छ । पत्रलेखनकै माध्यमबाट जोखिमपूर्ण अवस्थामा रहेका मानिसको मानवअधिकार रक्षाका लागि कार्यरत एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले नेपालमा बढ्दो महिला हिंसा रोक्न माग गर्दै उक्त पत्रहरु नेपाल सरकारअन्तर्गत्को गृह मन्त्रालयमा बुझाएको हो । महिला हिंसा अन्त्यका लागि ठोस उपायहरूको…

कर्मचारीको गुनासो : श्रीमान-श्रीमतीलाई एकैठाउँमा पठाइदेउ !

चैत्र ५, २०७५ - मङ्लबार   | शरद शर्मा

काठमाडौं – निजामति कर्मचारीले श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेको जनाउँदै समायोजन संशोधन गर्न माग गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो सम्बोधन सहयोगी कक्षमा कर्मचारीले श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेका निवेदन दर्ता गराएका हुन् । मन्त्रालयले समायोजनमा परेका कर्मचारीका गुनासो सम्बोधन गर्न स्थापना गरेको ‘गुनासो सहयोगी कक्ष’मा समायोजन संशोधनको माग गर्दै कर्मचारीको गुनासोको चाङ…

आमाको नामबाट सजिलै नागरिकता दिन संविधान संशोधन गरौं: नयाँ शक्ति

चैत्र ५, २०७५ - मङ्लबार   | नारी खबर

आमाको नामबाट मात्र पनि सजिलै नागरिकताको व्यवस्था गर्न नयाँ शक्ति पार्टीले संविधान संशोधनको माग गरेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको सो पार्टीले एक विज्ञप्ति जारी गरी ‘आफ्नो पार्टी आमाका नामबाट सन्तानले निस्शर्त नागरिकता पाउने प्रावधानका पक्षमा रहेको’ बताएको छ । । “अंश, वंश, वैवाहिक सम्बन्ध, पारपाचुके, वैदेशिक वैवाहिक जीवन र अंगिकृत नागरिकता आदि…

नेपालको सडकबाट आठ वर्षपछि विर्षिसकेको घर बंगलादेश पुगिन् विलकिश

चैत्र १, २०७५ - शुक्रबार   | नारी खबर

काठमाडौं – मानवसेवा आश्रमले काठमाडौँको महाराजगञ्जस्थित सडकपेटीबाट उद्धार गरी संरक्षण दिँदै आएका एक बङ्लादेशी नागरिकलाई पारिवारिक पुनर्मिलन गराएको छ । बङ्लादेशको ढाकास्थित नेपाली दूतावास र काठमाडौंस्थित बङ्लादेश दूतावासको समन्वयमा बङ्लादेशी महिला विलकिश वेगमलाई स्वदेश फर्काउन सफल भएको आश्रमका काठमाडौँ संयोजक सुमन वर्ताैलाले जानकारी दिए । उनलाई आश्रमले २०७४ जेठ २१ गते महाराजगञ्ज सडकपेटीबाट उद्धार गरेको…

७२ वर्षमा नागरिक भइन् धनसरी, सुत्केरीलाई पनि गाउँमै नागरीकता

चैत्र १, २०७५ - शुक्रबार   | हेमन्त केसी

समयमा नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता र चुनावमा भोट हाल्नबाट समेत वञ्चित हुनुपरेको उनले गुनासो सुनाइन ।

महिला हिंसाविरुद्ध आत्मरक्षा प्रशिक्षण फागुन १ देखि

माघ २८, २०७५ - सोमवार   | नारी खबर

चिप्लेढुङ्गा – महिला हिंसा विरुद्ध आत्मरक्षा खेलकुद कार्यक्रम आगामी फागुन १ गते देखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।  गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्पोर्टस साइन्स कलेजलगायत संस्थाको आयोजनामा पोखरा रङ्गशालामा हुने सो प्रशिक्षण ६ दिनसम्म चल्ने सोही टोलीका…

छात्रालाई आफ्नो सुरक्षा आफैं गर्न आत्मरक्षा तालिम

माघ ९, २०७५ - बुधबार   | नारी खबर

वीरगन्ज – वीरगन्जमा उच्च शिक्षा अध्ययन गर्दै गरेका छात्राहरुलाई लक्षित गरेर आत्मरक्षा तालिम शुरु गरिएको छ । साहसी अभियान अन्तर्गत प्राज्ञिक विद्यार्थी परिषद नेपालले प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको हो । छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने वैचारिक एवं शारीरिक क्षमता अभिवृद्धि गर्न साहसिक प्रशिक्षण अभियानलाई शुरु गरिएको हो ।यसअघि चितवन र नवलपरासीमा…

महिला हिंसा न्यूनीकरणका लागि निगरानी समूह

माघ ९, २०७५ - बुधबार   | नारी खबर

बैतडी – महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि बैतडीको दोगडाकेदार गाउँपालिकामा आइतवारदेखि निगरानीसमूह गठन कार्य सुरु भएको छ । गाउँपालिकाको वडा नं ५ न्वालीवाट सुरु भएको महिला निगरानी समूह पालिकाका अन्य सबै वडामा पनि गठन गरिने जनाएको छ । वडा नं ५ मा हिमा कार्कीको संयोजकत्वमा २५ सदस्यीय निगरानी समूह गठन गरिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती…

error: Content is protected !!