अधिकार / न्याय

महिला हिंसाविरुद्ध आत्मरक्षा प्रशिक्षण फागुन १ देखि

माघ २८, २०७५ - सोमवार   | नारी खबर

चिप्लेढुङ्गा – महिला हिंसा विरुद्ध आत्मरक्षा खेलकुद कार्यक्रम आगामी फागुन १ गते देखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।  गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्पोर्टस साइन्स कलेजलगायत संस्थाको आयोजनामा पोखरा रङ्गशालामा हुने सो प्रशिक्षण ६ दिनसम्म चल्ने सोही टोलीका…

छात्रालाई आफ्नो सुरक्षा आफैं गर्न आत्मरक्षा तालिम

माघ ९, २०७५ - बुधबार   | नारी खबर

वीरगन्ज – वीरगन्जमा उच्च शिक्षा अध्ययन गर्दै गरेका छात्राहरुलाई लक्षित गरेर आत्मरक्षा तालिम शुरु गरिएको छ । साहसी अभियान अन्तर्गत प्राज्ञिक विद्यार्थी परिषद नेपालले प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको हो । छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने वैचारिक एवं शारीरिक क्षमता अभिवृद्धि गर्न साहसिक प्रशिक्षण अभियानलाई शुरु गरिएको हो ।यसअघि चितवन र नवलपरासीमा…

महिला हिंसा न्यूनीकरणका लागि निगरानी समूह

माघ ९, २०७५ - बुधबार   | नारी खबर

बैतडी – महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि बैतडीको दोगडाकेदार गाउँपालिकामा आइतवारदेखि निगरानीसमूह गठन कार्य सुरु भएको छ । गाउँपालिकाको वडा नं ५ न्वालीवाट सुरु भएको महिला निगरानी समूह पालिकाका अन्य सबै वडामा पनि गठन गरिने जनाएको छ । वडा नं ५ मा हिमा कार्कीको संयोजकत्वमा २५ सदस्यीय निगरानी समूह गठन गरिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती…

३६१ महिलाको सीमानाकाबाट उद्धार

माघ ९, २०७५ - बुधबार   | नारी खबर

कृष्णनगर – मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ ।  सो संस्थाले तीन वर्षको प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा १२ हजार ४६७ जनासँग सीमानाकामा परामर्श गरिएको जनाएको छ । दुई सय २६ महिलालाई आपतकालीन सुरक्षित आवास सेवा प्रदान गरिएको सो संस्थाका…

महिलालाई छाउ गोठमा राख्ने समाजको नजिकै पुस्तौंदेखि महिला पुजारी

माघ ८, २०७५ - मङ्लबार   | नारी खबर

बाँके — पश्चिम नेपालमा रजश्वला भएको बेला महिलालाई गोठमा राखिन्छ तर नेपालगन्जको एक मन्दिरमा भने ३ पुस्तादेखि महिला पुजारी छन् । कारकादोस्थित हनुमान मन्दिरकी पुजारी ६५ वर्षीया प्रेम दास हुन् । उनले २५ वर्षदेखि मन्दिरमा पूजाआजा गर्दै आएकी छन् । बिहान ४ नबज्दै उनी सेतो सारी पहिरेर पूजा गर्न थाल्छिन् । मन्दिरको संरक्षणको जिम्मा पनि उनकै काँधमा छ । यसअघि…

अफ्रिकाको डान्सबारमा बेचिन लागेका १३ नेपाली चेलीको भारतबाट उद्दार

पुस १०, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौं – भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी मंगलबार काठमाडौं ल्याइएको छ । नेपाली जनसम्पर्क समिति, भारतले अहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी काठमाडौं ल्याएको हो । भारतस्थित नेपाली दूतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्दार गरी काठमाडाैं ल्याउन आफूहरु सफल भएको समितिका अध्यक्ष…

छाउपडि मान्ने र मान्न लगाउनेलाई ६ महिना जेल र ३ हजार जरिवाना

पुस ९, २०७५ - सोमवार   | नारी खबर

अछाम – छाउपडि कुप्रथा न्युनिकरणका लागि बनेको कानुनको कार्यान्वन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । परम्परागत रुपमा मान्दै आएको कुप्रथा एउटाको मात्र समस्या नभएकाले यो कुप्रथालाई मान्ने र मान्न लगाउने ब्यक्तिलाई कानूनी कारबाहि गरे मात्र कम हुने बताएका हुन । सदरमुकाम मंगलसेनमा भएको छाउपडि सम्बन्धि राष्ट्रिय जाँचबुझ कार्यक्रममा अछामका न्यायधिश हरिप्रसाद कोईरालाले सरकारले…

निर्मला पन्तको हत्यारा पत्ता लगाइदिन राष्ट्रसंघलाई आग्रह

पुस ९, २०७५ - सोमवार   | नारी खबर

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह गरिएको छ । ५ महिना बित्न लाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कार्वाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरेको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन्…

नेकपाका सबै कमिटीमा ३३ प्रतिशत महिला पुर्‍याउन बामदेवको प्रस्ताव

पुस १, २०७५ - आइतवार   | गगनशिला खड्का

छात्रालाई सेफ्टी प्याड देखि आवास र रोजगारी सम्मको व्यवस्था  काठमाडौं – नेकपाका नेता वामदेव गौतमले पार्टि कमिटिका हरेक तहमा ३३ प्रतिशत महिलाको अनिवार्य सुनिश्चितता गर्न प्रस्ताव गरेका छन् । पार्टिको स्थायी कमिटिको बैठकमा फरक मत राख्दै गौतमले जिल्ला र स्थानीय कमिटीहरुमा अनिवार्य ३३ प्रतिशत महिला सदस्यहरु समावेश गर्ने र महिला सदस्य नपुग्ने अवस्थामा महिला र…

संहिता लागुभएपछि पाँच दिनमा सम्वन्ध विच्छेदका पाँच फैसला

भदौ ६, २०७५ - बुधबार   | नारी खबर

गुल्मी–मुलुकी ऐन लागू भएको ५ दिन भित्रमा गुल्मी जिल्ला अदालतमा फैसला भएको पाँचवटै मुद्दामा महिलालाई एक रुपैयाँ पनि नदिलाई फैसला भएका छन् । अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालका अनुसार संहिता लागू भएको पाँच दिनमा पाँचवटै सम्वन्ध विच्छेदको फैसला विना पैसा भएका छन् । साउन अन्तिमसम्म जिल्लामा यस्ता मुद्दामा ५० लाखबाट वार्गेनिङ्ग गर्दै २० लाखसम्म पुरुषलाई तिराएर…

सुरक्षा निकायको माथिल्लो तहमा महिला किन कम

भदौ ६, २०७५ - बुधबार   | नारी खबर

काठमाडाैं – सरकारले सुरक्षा निकायमा महिलाको सहभागिता बढाउने नीति अङ्गीकार गरेपछि सङ्ख्यामा केही वृद्धि भए पनि महिलाहरू अझै निर्णायक भूमिकामा पुग्न नसकेको देखिएको छ। हाल नेपाली सेनामा ४.५, नेपाल प्रहरीमा ७.५ र सशस्त्र प्रहरी बलमा ६ प्रतिशतको हाराहारीमा महिलाहरू कार्यरत छन्। महिला सशक्तीकरणका लागि सङ्ख्यात्मक सुधारबाहेक नेतृत्वदायी भूमिकामा पुर्‍याउन प्राथमिकता दिन आवश्यक रहेको धारणा विज्ञहरूको छ।…

पुरुषलाई ‘सर’ महिलालाई ‘बहिनी’

बैशाख ४, २०७५ - मङ्लबार   | मधु शाही

  काठमाडौँ -महिला र पुरुष दुवैले कार्यालयमा समान हैसियतले काम गरिरहेका छन् । तर, उनीहरूलाई सम्बोधन गर्दा प्रयोग गर्ने शैली फरक छ । महिलालाई ‘तिमी’ र ‘बहिनी’ सम्बोधन गरिन्छ भने पुरुषलाई ‘तपाईं’ र ‘सर’ । कार्यालय क्षेत्रमा महिला कर्मचारी भएको हेक्का नै नगरी यौनजन्य भाव प्रकट हुने शब्द बोल्ने, ठूलो स्वरमा अश्लील भिडियो लगाएर सुन्ने, कुनै पुरुष मित्रसँग अलि…

दुर्गा पौडेलले सँसदमा उठाईन राधा चौधरीमाथी कुटपिट गर्नेलाई कार्वाहीको माग

फाल्गुन २७, २०७४ - आइतवार   | नारी खबर

काठमडौँ – राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले सभामुख कृष्ण बहादुर महराको पहिलो काम लैंगिक बिभेद अन्त्य गर्ने निर्देशनबाट शुरु गर्न माग गरेकी छन् । संघिय सँसद बैठकमा बोल्दै पौडेलले आजदेखि सभामुखको कार्यभार शुरु गरेका सभामुखले सरकारलाई रुलिङ्ग गरी कैलालिकी राधा चौधरीमाथी कुटपिट गर्नेलाई कार्वाही गर्ने वातावरण बनाउन माग गरीन् । ‘जुन प्रकारको जघन्य अपराध भएको…

माओवादीले राष्ट्रिय सभामा १६ जना महिला पठाउँदै (नामावलीसहित)

माघ २८, २०७४ - आइतवार   | नारी खबर

काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १७ सिट पाएको छ। प्रत्यक्षमा ३६ र राष्ट्रियसभामा १२ सिट जितेको माओवादी संघीय संसदमा ६५ सांसदसहित तेस्रो ठूलो दल बनेको छ। शुक्रबार समानुपातितर्फको सिट निर्धारण गर्दै निर्वाचन आयोगले संविधानको धारा ८४ (८) अनुसार संघीय संसदमा निर्वाचित सदस्य ६५ को एक तिहाइ महिला हुने गरी बन्दसूचीबाट नाम छनोट गर्न…

सुशील कोइरालासँग हारेकी दिलकुमारी चौथो धक्कामा विजयी

माघ २५, २०७४ - बिहिबार   | नारी खबर

चितवन – दिलकुमारी रावल थापा (पार्वती) संविधान सभा निर्वाचनमा तीन पटक पराजित भइन्। चितवन–४ बाट संविधान सभाको चुनाव र उपचुनाव लडेकी उनले विपक्षी दलका राष्ट्रिय नेताहरूको सधैं सामना गरिन्। २०६४ सालमा माओवादीका चित्रबहादुर श्रेष्ठ, २०७० मा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोईराला र २०७१ सालमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसकै रामकृष्ण घिमिरेसँग उनी पराजित भइन्। तीन…

error: Content is protected !!