अधिकार / न्याय

आँसु झारेपछि ७२ वर्षमा बल्ल नागरीकता

माघ २१, २०७४ - आइतवार   | लक्ष्मी काफ्ले

झापा – दमकमा ७२ वर्षीया वृद्धालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । वृद्धाश्रममा रहेकी सुकमाया तामाङलाई नागरिकता प्रदान गरिएको हो । केही महिनाअघि राहत सामग्री लिएर दमक–४ स्थित रत्न वृद्धाश्रममा पुग्दा सुकमायाले नागरिकता नरहेको भन्दै आँसु झारेपछि पहल गरेको लायन्स क्लबका अध्यक्ष रुद्र गौतमले बताए । नागरिकता नहुँदा आफूले पाउने सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै वृद्धा…

सर्वोच्च अदालत र उच्च अदालतको मुख्य न्यायाधीशमा महिला नियुक्त गर्न माग

पुस २४, २०७४ - सोमवार   | नारी खबर

काठमाडौँ – नेपाल बार एशोसिएशन महिला समितिले सर्वोच्च अदालत न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीश महिलालाई नियुक्ति गर्न माग गरेको छ । बारका महिला समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको नेतृत्वमा गएको समूहले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै आज न्यायाधीश नियुक्ति गर्दा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक र समावेशीतालाई ध्यान दिन माग गरिएको हो ।…

यौन व्यवसायका लागि लैजान लागिएका ६ सय १९ जना चेलिबेटीको उद्धार

पुस १७, २०७४ - सोमवार   | नारी खबर

नेपालगञ्ज – माईती नेपालले एउटा नाकाबाट मात्र ६ सय १९ जना चेलिबेटीको उद्धार गरेको छ । विगत १६ वर्षको अवधिमा माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जले बेचविखनका लागि लैजान लागेका ति चेलीको उद्धार गरेको हो । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार विगत १६ वर्षको अवधिमा चार हजार ३१८ जनाले आप्mना चेलीबेटी खोजी दिन संस्थामा…

बुहारीले दिईन सासूलाई दागबत्ती

पुस १६, २०७४ - आइतवार   | नारी खबर

लमजुङ – छोरा नातीले मात्र दागबत्ती दिने परम्परालाई तोड्दै लमजुङमा बुहारीले सासुलाई दागबत्ती दिएकी छन्। दोर्दी गाउँपालिका २ अर्चलबाट कुँवर गाउँ निवासी सोविता कुवँरले आफ्नो सासुआमालाई शुक्रबार दागबत्ती दिएकी हुन्। मृतक वुद्धिमायाको एक मात्र छोरा रहेको र उसको पनि यसअघि नै मृत्यु भइसकेकोले बुहारी सोविताले नै दागबत्ती दिइ किरिया गरेकी हुन्। अझै पनि हाम्रो समाजमा महिलाले…

दिनेश डिसीले धुन्छन घरका कपडा, महिला मैत्री नयाँ प्रयोग

पुस १५, २०७४ - शनिबार   | नारी खबर

काठमाडौं – तपाइँ कुनै विज्ञापनमा पुरुषले घाँसदाउरा, मेलापात गरेको, लुगा धोएको, खाना पकाउने, घरको सरफाई गर्ने गरेको देख्नुभएको छ ? वा कुनै टेलिभिजन, फिल्म, टेलिफल्ममा पुरुषले त्यस्ता काम गरेको देखाईएका हेर्नुभएको छ ? सकारात्मक सूचना प्रवाहको जीम्मेवारी बोकेका भनेर परीभाषित गरीएका सञ्चारमाध्यमले अहिलेसम्म सायदै गरेका छैनन् । तर अव विज्ञापनमा त्यस्ता कुरा देख्न पाईएको छ…

२७ वर्षिया सिर्जना मजदुर किसानकी साँसद

पुस १३, २०७४ - बिहिबार   | नारी खबर

काठमाडौं – नेपाल मजदुर किसान पार्टीले २७ वर्षिया सिर्जना सैंजुलाई समानुपातिक साँसद सिफारीस गरेको छ । प्रदेश नम्बर ३ मा समानुपातिकतर्फ पाएको एक मात्र सिटमा विद्यार्थी नेतृ सैंजुलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको हो । पार्टीको भातृ संगठन क्रान्तिकारी विदार्थी संघ र आस्था सांस्कृतिक परिवारमा आबद्ध सैंजु पार्टीको सामान्य कार्यकर्ता हुन् । नेमकिपाले समानुपातिकबाट…

रात परेपछिको काठमाडौं:जहाँ किशोरीहरु सपनाका लागि शरिर बेचिरहेछन !

मंसिर १९, २०७४ - मङ्लबार   | लक्ष्मी बस्नेत

काठमाडौ-अनगिन्ती सपना बोकेर दिनहुँ देशका कुनाकाप्चाबाट थुप्रै मानिस राजधानी पस्छन् । त्यो पंक्तिमा कलिला बालिका र किशोरीको संख्या पनि त्यत्तिकै हुन्छ । औपचारिक शैक्षिक योग्यता र हातमा सीप नभएका थुप्रैलाई काठमाडौं शहरले यस्तो जञ्जालमा पारिदिन्छ, उनीहरू कलिलैमा देह बेचेर गुजारा चलाउन बाध्य हुन्छन् । अनि, विस्तारै पेशेवर यौनकर्मी बन्छन् । खाजाघर, चियापसल, स–साना रेस्टुरेन्टदेखि बास…

प्रिय,पर्खिएरै १४ बर्ष बिते,तिमी आएनौ!‘तिमी हराइरहनू,म पर्खिरहनेछु’

मंसिर १७, २०७४ - आइतवार   | नारी खबर

काठमाडौ-पर्खदा पर्खदै दिनहरू बिते, महिनाहरू बिते, बर्षहरू बिते तर तिमि आएनौ ‘आज मंसिर १७,१४ बर्ष भयो, खै त ? पर्खाईको दूरी जतिसूकै लामो होस्‘गौरबका साथ पर्खिरहनेछू‘तिमि र तिमि जस्तै वेपत्ता भईदिइरहदा आज धेरैलाई फाईदा र काईदा भइरहेको छ‘‘।अनि तिम्लाई कस्ले खोज्न चाहन्छ र ?  त्यसैले तिमि हराइरहनू र मैले पर्खिरहनूको बिकल्प रहेन।’ यो भावेत्तेजक भनाई कुनै…

दलहरुले टिकट नदिएपछि एक चौथाइ महिला उम्मेदवार स्वतन्त्र

कार्तिक २७, २०७४ - सोमवार   | नारी खबर

बिबिसी – प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फका महिला उम्मेदवार मध्ये एक चौथाइ भन्दा बढीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। संघीय र प्रादेशिक चुनावअन्तर्गत पहिलो हुनेले जित्ने प्रत्यक्ष प्रणालीतर्फ महिला उम्मेदवारको कुल संख्या १४६ छ। निर्वाचन आयोगको आंकडा अनुसार ३८ जना महिला स्वतन्त्र उम्मेदवारका रुपमा उठेका छन् भने बाँकी दलहरुले उठाएका हुन्। सानो दल राष्ट्रिय…

अधिकारकर्मी नर्बदा क्षेत्रीलाई अमेरिकी ‘क्वीन्स एम्बासडर अवार्ड’

कार्तिक २४, २०७४ - शुक्रबार   | नारी खबर

काठामाडौं – अमेरिकामा चर्चित नेपाली अधिकारकर्मी नर्बदा क्षेत्री क्वीन्स एम्बासडर अवार्ड २०१७ बाट सम्मानित भएकी छन् । न्युयोर्कमा सन् १९१९ देखि प्रकाशित प्रतिस्ठित टाइम्स लेजर पत्रिकाले क्षेत्रीलाई सम्मानित गरेको हो । यस अघि पनि सन् २०१२ मा न्युयोर्क शहर डिस्ट्रिक्ट २५ काउन्सिल सदस्य डानियल ड्रमले इमिग्रेन्ट हेरिटेज अवार्डद्वारा सम्मान गरेका थिए भने युएसनेपालअनलाईनले सन् २०११ मा गेस्ट…

मतपत्र च्यातिएको भरतपुरमा मतगणना गर्न महिला प्रतिनिधि पठाउन आग्रह

कार्तिक २२, २०७४ - बुधबार   | नारी खबर

चितवन – मतगणनाको क्रममा मतपत्र च्यातेर विवाद भएको चितवनमा महिलालाई मात्र मतगणना प्रतिनिधीका रुपमा पठाउन मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले आग्रह गरेका छन् । महिला स्वभावतः शालीन र भद्र हुने भएकोले निर्वाचनको विश्वासनियताका लागि उम्मेदवारका प्रतिनिधिका रुपमा महिलालाई मात्र समावेश गर्न उनले आग्रह गरेका हुन् । ‘महिला प्रतिनिधी भएमा एउटा फरक संस्कृतिको विकास गर्न पनि…

धरधरी रुवाउने दिपालाई १३ वर्षपछि सम्झे प्रचण्डले(भिडियो सहित)

कार्तिक २१, २०७४ - मङ्लबार   | नारी खबर

त्यो नृत्यमा जनमुक्ति सेनाका योद्धा चित्रबहादुर घर्तीसंग प्रेम विवाह गरेपनि केही समयमै लडाईमा श्रीमान गुमाएकी दिलमायाले बिबाहको आफ्नै वास्तविक कथामा आधारीत नृत्यमा आफ्नी टुहुरी दुधे बालिकालाई बोकेर अभिनय गरेर सबैलाई रुवाएकी थिईन् ।

कर्णालीमा महिला मन्त्री नहुने, २१ पद महिला विहीन

कार्तिक ७, २०७४ - मङ्लबार   | जनक नेपाल

नेपालगन्ज  – प्रदेश ६ को कर्णाली क्षेत्रसहितका सात जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतवार गरिएको मनोनयनमा एक जना पनि महिला परेनन् । मुख्य प्रतिस्प्रर्धी वाम गठबन्धन र कांग्रेस मात्र हैन, साना दल र बागी (विद्रोही) बाट समेत महिलाको उम्मेदवारी दर्ता भएन । त्यसले प्रतिनिधि र प्रदेश सभाका प्रत्यक्ष तर्फमा २१ पद महिला विहीन…

संविधानमा ३३ , व्यवहारमा ५ : एमाले शून्य, काँग्रेस नगन्य, माओवादी पूरा नगर्ने

कार्तिक ७, २०७४ - मङ्लबार   | नारी खबर

काठमाडौं – प्रदेश र प्रतिनिधी सभाको पहिलो चरणको निर्वाचनमा महिलालाई प्रतिस्पर्धाबाट राज्यको कार्यकारी निकायमा पुग्न दलहरुले रोकेका छन् । प्रतिस्पधी महिला हुँदाहुँदै पनि दलहरुले न्यूनमात्र महिला उम्मेदवार खडा गरेर प्रतिस्पर्धाट रोकेका हुन् ।   पहिलो चरणमा निर्वाचन हुने ३७ प्रतिनिधिसभाको सिटमा  जम्मा ३ जना र प्रदेश सभामा ७४ सिटमा जम्मा ५ जना उम्मेदवार खडा गरेका छन्।…

लोकसेवा लडेर खाएको जागिर जाला हैँ । ख्याल गर्नुस ।

अशोज २७, २०७४ - शुक्रबार   | नारी खबर

काठमान्डौँ ।  सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन, २०७४ ’अनुसार निजामती कर्मचारीले बहुबिबाह गरे जागीरबाट बर्खास्त हुनुपर्ने छ ।  बहुबिबाह गरेमा, जासुसीसम्वन्धी कसुर गरेमा, उमेर र योग्यता ढाँटेर जागीर खाएमा, भ्रष्टाचार गरेमा, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा, विदेशको स्थायी अनुमतिपत्र लिएमा वा लिनको लागि आवेदन दिएमा जागीरबाट बर्खास्त गर्ने…

error: Content is protected !!