विचार/अन्तरवार्ता

तीन तलाकको त्रास

चैत्र १६, २०७५ - शनिबार   | लीला लुइँटेल

हरेक राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थनीति, चालचलन, गीत, नृत्य, वाद्यवादन, चाडबाड, जात्रा, कला आदिमा प्रतिविम्बित हुने तथा तिनका कलाकौशल, बौद्धिक विकास आदि झल्काउने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूपलाई संस्कार भन्ने गरिन्छ । चीर कालदेखि देशकाल सापेक्ष भई आन्तरिक, वैचारिक एवं परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको तथा जीवनशैलीमा पचिसकेको रहन–सहन, आचार–विचार सम्बन्धी भावना र तिनका…

सूचनाको हक र महिला शक्तीकरण

चैत्र १५, २०७५ - शुक्रबार   | कृष्णहरि बास्कोटा

संविधानको धारा २७ मा नागरिक सबैलाई सार्वजनिक निकायसँग सूचना माग्ने र पाउने ‘सूचनाको हक’ को व्यवस्था गरिएको छ । धारा ३८ मा प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हकको व्यवस्था गरिएको छ । सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक,…

समाज विघटन भए होस्, महिलाले समान अधिकार पाउनैपर्छः आहुति

चैत्र ५, २०७५ - मङ्लबार   | नारी खबर

पूर्वसभासद तथा स्वतन्त्र लेखक आहुतिले समाज र संसारै विघटन हुन्छ भने पनि नागरिकतामा महिला पुरूषको समान हक कायम हुनैपर्ने बताएका छन्।  नागरिकता सम्बन्धी कानुनलाई संशोधन गरि नयाँ संविधान अनुकुल बनाउन ल्याइएको विधेयकमाथि संसदको राज्य व्यवस्था समितिमा छलफल चलिरहेको छ। यही छलफलको सन्दर्भमा सेतोपाटी अनलाइन सँग कुरा गर्दै आहुतिले त्यसो भनेका हुन्। संविधान र संसदमा विचाराधीन…

‘समृद्ध समाजका लागि धर्मको नाममा हुने विभेद र हिंसाबारे बोलौं’

चैत्र ४, २०७५ - सोमवार   | डा.अरुणा उप्रेती

धर्म र परम्पराका नाममा हुने सबै खाले विभेदलाई अस्वीकार गर्न सके मात्र समाज अगाडि बढ्न सक्छ। यसका लागि महत्वपूर्ण भूमिका सम्बन्धित धर्मका अगुवाहरूले नै निर्वाह गर्नुपर्छ। १७ वर्षअघि अफगानिस्तानमा छँदा शक्तिमा रहेका वा सत्ता प्राप्तिका लागि प्रयत्नशीलहरूले धर्मलाई आफू अनुकूल व्याख्या गरी आम मानिसको जीवन कष्टकर बनाएको देखेकी थिएँ । समाजका शक्तिशालीहरूले धर्मका आडमा आफ्ना…

नारी ! तिमी अर्धआका़श हौ । अघि बढ़ !

फाल्गुन ३०, २०७५ - बिहिबार   | प्रा. डा. दुर्गा दाहाल

संसारको आधाभन्दा बढी भूभाग र आकाश ढाकेका नारीहरूका बारेमा जति बखान र प्रशंसा गरेता पनि थोरनै हुन्छ तथापि नारी दिवसको अवसरमा समस्त महिलाहरू प्रति माया  र श्रद्धाका  केहि शब्दसुमनहरू चढाउँदै आफ्ना धारणाहरू राख्न मन  लाग्यो । पुरूषमा नहुने कतिपय विशिष्ट र जन्मजात गुणहरू प्रत्येक नारीमा विद्यमान रहन्छन । यिनै गुणगरूका कारणले गर्दा महिलाहरूलाई कतिपय अवस्था…

प्रजातन्त्रको सार्थकता

फाल्गुन ७, २०७५ - मङ्लबार   | नारी खबर

नेपालमा सामाजिक न्यायको आन्दोलन भएको शताव्दी वितेको छ । वि.सं. १९७३ मा पुर्वी नेपालको भोजपुरवाट योगमाया न्यौपानेको नेतृत्वमा शुरु भएको सामाजिक अभियान नेपालको इतिहासमा नागरिक तहवाट उठेको पहिलो संगठित आन्दोलन हो भन्ने कुरा इतिहासका लिखतहरुमा पाइन्छ । राणा शासन कालमा धमृ राज्यको नाममा स)गठित उक्त अभियान नै नेपाली लोकतान्त्रिक आन्दोलनको जग पनि हो । जसको…

जीवनसाथी भनेको जवानीमा मोज मस्ती र बच्चा जन्माउने मात्र हो ?

पुस १४, २०७५ - शनिबार   | विष्णु सापकोटा

हुन त हाम्रो समाजमा केहि महिलाहरू चाकडि गरेर, नभए आफ्नो शरिर बेचेर भए पनि समाजमा प्रतिष्ठित पद, फाइदा र राजनीतिक सामाजिक तथा अन्य पद कब्जा गर्ने महिलाहरु पनि छन् । यस्ता नग्न प्रबृत्तिका केहि नगन्य महिलाहरू नै हामी नेपाली महिलाका लागि दुषित र कलंक बनेका छन् ।

महिला आयोगमा पदाधिकारी नियुक्ति कहिले ? 

पुस ४, २०७५ - बुधबार   | नारी खबर

काठमाडौँ — कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना बितिसक्यो । बलात्कारी र हत्यारा पत्ता लगाउन दबाब दिँदै नागरिक समाजले सडकमा आवाज उठाइरहेका छन् । आआफ्नो तरिकाले सरकारी र गैरसरकारी क्षेत्रबाट अनुगमन गरी प्रतिवेदन ल्याउने क्रम जारी छ । तिनले अपराधी पत्ता लगाउन सघाएका छैनन् । अनुमानका भरमा निर्दोषलाई पक्राउ गर्दै बयान लिने र छाड्ने क्रम…

नेतृत्वमा महिलालाई पछाडि पार्ने प्रवृत्ति हाबी छ

भदौ ६, २०७५ - बुधबार   | नयाँ पत्रिका

करिब चार दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय अष्टलक्ष्मी शाक्य नेकपाको स्थायी समिति सदस्य हुन् । दुई ठूला कम्युनिस्ट पार्टी एकीकरणपश्चात् बनेको प्रदेश सरकारमा पूर्वएमाले उपाध्यक्षसमेत रहेकी शाक्य पहिलो महिला मुख्यमन्त्रीका रूपमा चर्चामा रहेर पनि निर्वाचित हुन सकिनन् । कम्युनिस्ट आन्दोलनमा सक्रिय व्यक्तित्वका लागि पदीय अवसर ठूलो विषय नभएको बताउने शाक्यसँग नेकपाको सरकार, महिला आन्दोलन, नेकपाको आन्तरिक राजनीति र…

भ्रष्टाचारको मूल-प्रवाहीकरण भएको छ

बैशाख १५, २०७५ - शनिबार   | सरु जोशी श्रेष्ठ

सरु जोशी श्रेष्ठ महिला र विकासको क्षेत्रमा विगत लामो समयदेखि कार्यरत हुनुहुन्छ । सरकारी सेवामा उपसचिवसम्म तथा संयुक्त राष्ट्रसङ्घीय निकायमा विभिन्न तह हुँदै साझेदारी रणनीतिक विज्ञका रूपमा समेत काम गरिसक्नुभएकी उहाँ ‘एउटा सिन्को भाँचिहेर्दा’ पुस्तककी लेखक हुनुहुन्छ । प्रस्तुत छ, विभिन्न विषयमा घटना र विचारले उहाँसँग गरेको कुराकानी । ० तपाईंलाई कुन–कुन बेला आफू महिला हुँ…

आमा हुनुको दुःख

चैत्र १०, २०७४ - शनिबार   | बिनु सुवेदी

अहिले १ कक्षामा भर्ना गर्नुपर्ने बेला भएका छोराछोरीका अभिभावकलाई स्कुल खोज्ने जुन हुटहुटी छ, त्यो स्वाभाविक रूपमा ममा पनि छ । यही हुटहुटीले पोलेपछि म काठमाडौं उपत्यकाका केही स्कुलहरूमा पुगेँ । यसअघि विभिन्न कारणले मेरो मनमा निजी स्कुलबारे फरक धारणा बनेको थियो । ती धारणा ‘भेरिफाई’ गर्न यसपटक मात्रै साइत जु¥यो । सोधपुछ कक्षमा बसेकाहरूलाई…

‘अरूले आफूलाई सहज बनाउँदैनन्,आफूले आफैंलाई सहज बनाउनुपर्छ’

फाल्गुन २४, २०७४ - बिहिबार   | नारी खबर

सबैभन्दा ठूलो कुरा इच्छाशक्ति र संघर्ष रहेछ । अरूले आफूलाई सहज बनाउँदैनन्, आफूले आफैंलाई सहज बनाउनुपर्छ । तपाईंलाई धेरै प्रोत्साहन गर्ने मान्छे नहुन सक्छन् । त्यस्तो बेला आफ्ना लागि आफैंले पहल थाल्नुपर्छ । आफ्नो खुट्टामा आफैं उभिनुको महत्त्व यो संसारमा छुट्टै छ ।
परिवारको सहयोग पनि महत्त्वपूर्ण हुन्छ । पुरुषहरू बाहिर निस्कन वा सफल हुन कहिलेकाहीँ परिवारको महत्त्व नहुन पनि सक्छ । तर महिलाका लागि यसले निकै महत्त्व राख्छ । एउटा महिला महत्त्वपूर्ण पदमा पुगेर पनि उसले परिवारमा सन्तुलन कायम गर्नुपर्ने हुन्छ ।

त्यसैले महिला आफैँले आफूलाई पनि परिवर्तन गर्न सक्नुपर्छ । कतिपय महिला पुरुषमा निर्भर हुन रुचाउँछन् । तर आफैं सक्षम छौँ भनेर एउटा उद्देश्य बोकेर हिँड्न तयार हुनुपर्छ । तर पुरुषका तुलनामा महिलालाई केही गर्नलाई निकै कठिनाइ छन् ।

पटक-पटक महिला हुनुको परिक्षा दिइरहनुपर्छ !

फाल्गुन २४, २०७४ - बिहिबार   | संगिता खड्का

चौतर्फी प्रतिकुलतारुपि बादल छाउँदा , कहिले काँही उठ्नै नसक्ने गरि ढल्ने गर्छु ।
तरपनि मलाई मेरा सपनाहरुले ढल्न दिदैन ।
पटक पटक मरेर पनि फेरी म मेरा सपनाका लागि बाँँचेको मान्छे ।

सञ्चार क्षेत्रमा लैगिक समानता र अवसर

फाल्गुन १६, २०७४ - बुधबार   | गगनशिला खड्का

२०७२ असोज ३ गते संविधानसभा बाट संविधान बनाउने नेपाली जनताको ६ दशक पुरानो सपना पूरा भएसंगै सबैले पूर्ण अधिकार सम्पन्न भएको महसुस गरे । लामो शसस्त्र युद्ध र जनआन्दोलनको बलले बनेको सोही संविधानले २० वर्षदेखि हुन नसकेको स्थानीय निर्वाचनमा महिला प्रतिनिधीत्वलाई सुनिश्चित गर्दै स्थानीय तह निर्वाचन भयो । ति निर्वाचनहरुमा महिलाहरुले मतदाताको मन जितेर जनप्रतिनिधीको…

सँधै गोप्य राख्नुपर्ने छ कुरा के के हुन्, मनोविद् करुणा कुँवरको जवाफ

माघ २०, २०७४ - शनिबार   | नारी खबर

मनोविद करुणाजी, नमस्कार मेरो नाम सतीश हो । काठमाडौंको बासिन्दा हुँ । सम्पन्न पनि छु । अहिले ४७ वर्षको भएँ । यो उमेरसम्म आइपुग्दा मेरो अनौठो अनुभव छ । त्यो के भने मसँग लामो समय मानिस संगत गर्न चाहँदैनन् । रुप, गुण, सम्पन्नता भएर पनि किन मानिसहरुसँग लामो सम्बन्ध कायम रहँदैन ? गुण भन्नुस् वा…

error: Content is protected !!