व्यवसाय

कपडा तथा सिलाइ व्यावसायी महासघको संयोजकमा श्रेष्ठ

बैशाख १३, २०७६ - शुक्रबार   | नारी खबर

नेपाल कपडा तथा सिलाइ व्यावसायी महासघको राष्ट्रिय महिला उद्यमि सीप बिकास समितिको संयोजकमा हेटौंडाकी युवा व्यावसायी मेनका श्रेष्ठ चयन भएकी छन । नेपाल कपडा तथा सिलाइ ब्यावसायी महासघको कार्यसमिति सदस्य समेत रहेकी श्रेष्ठ लामो समय देखि हेटौंडामा सिलाइ व्यावसाय गर्दै आएकी छन । उधोग मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमि सम्मानवाट सम्मानित भइसकेकी महिला उद्यमी श्रेष्ठले नेपाल…

चितवन महिला चेम्बर अर्फ कर्मस अध्यक्षमा अनुष्का

चैत्र २६, २०७५ - मङ्लबार   | नारी खबर

चितवन – चितवन चेम्बर अफ कमर्सले आफ्नो संगठन विस्तारको क्रममा चितवन महिला चेम्बर अफ कमर्सको अध्यक्षमा अनुष्का पाठक मनोनित गरेको छ । चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले संस्थाको विधानले अध्यक्षलाई दिएको अधिकार प्रयोग गर्दै पाठकलाई महिला चेम्बरको अध्यक्षमा चयन गरेको जानकारी दिए । चितवन जिल्लाभित्रका महिला उद्योगी व्यवसायीहरूलाई समेट्दै यथाशीघ्र आफ्नो नेतृत्वमा कार्यसमति…

हाइटेक प्रविधिको तरकारी खेतीमा महिला उत्साहित

चैत्र १६, २०७५ - शनिबार   | नारी खबर

जिल्लाको त्रिवेणी नगरपालिकाले आधुनिक तरिकाले तरकारी खेती गर्न सिकाउने उद्देश्यले हाइटेक प्रविधि प्रदर्शन तथा कृषि पाठशाला शुरुआत गरेको छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि यो प्रविधि धेरै उपयुक्त भएकाले यहाँका कृषकलाई सो सम्बन्धी सीप सिकाउने र उनीहरुको आर्थिक वृद्धि विकासमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले प्रर्दशीनी गरेका शाखा प्रमुख मनबहादुर…

ललितपुरमा अन्तर्राष्ट्रिय महिला व्यापार मेला सुरु, आधा दर्जन देश सहभागी

चैत्र १५, २०७५ - शुक्रबार   | नारी खबर

ललितपुरको हेरिटेज प्लाजामा ‘अन्तराष्ट्रिय महिला व्यापार मेला’ सुरु भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बिहीबार एक कार्यक्रमका बीच सो मेलाको उद्घाटन गरेकी हुन्। नेपाली महिला उद्यमीहरुले उत्पादन गरेका गुणस्तरीय बस्तुहरुको बजारीकरण गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको महिला उद्यमी महासंघ, नेपालका अध्यक्ष शारदा रिजालले जानकारी दिइन्।  मेलामा नेपाली हस्तकलाका बस्तुहरु, चाँदीका…

खानेपानीकाे दीगो व्यवस्थापनका लागि महिला प्लम्बर तयार

चैत्र १५, २०७५ - शुक्रबार   | धनवीर दाहाल

रुकुम पश्चिममा महिलाहरुलाई खानेपानी योजनाहरुको मर्मत गर्ने प्लम्बर तालिम दिइएको छ । पुरुषहरु प्रायः रोजगारीका लागि बाहिर जाँदा खानेपनी योजनाहरु मर्मत नभएर अलपत्र परेको भन्दै दीगो व्यवस्थापनका महिलालाई पनि तालिम दिइएको हो । युएसएआडीको स्वच्छता परियोजनाले १६ जना मर्मत सम्भार कार्यकर्ताहरुलाई दिएको तालिममा सात जना महिला छन् । स्वच्छता परियोजनाले रुकुम पश्चिमका १० वटा स्वास्थ्य…

नेपाली महिलाकाे लघुवित्तलाई १ लाख लाख अमेरिकी डलरकाे ग्लोवल अवार्ड

चैत्र ८, २०७५ - शुक्रबार   | नारी खबर

काठमाडौं – महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्था “राजकुमारी सविकाविन्त अब्राहिम अल–खालिफा ग्लोवल अवार्ड” द्वारा सम्मानित भएको छ।  सार्वजनिक संस्था, निजी, गैर सरकारी र स्वतन्त्र गरि चार विधामा विभिन्न मुलुकका १८ सय ८७ प्रतिस्पर्धिहरुलाई उछिन्दै महिला सहयात्रा पुरस्कृत भएको हो। कम्पीले एक लाख अमेरिकी डलरसहित ग्लोवल अवार्ड प्राप्त गरेको छ। देशभरका २८ हजारभन्दा बढि महिलाहरुकाबीच लघुवित्त…

पन्ध्र विगाहमा महिला समूहको नमुना लसुन खेती

चैत्र ४, २०७५ - सोमवार   | नारी खबर

दाङमा एक महिला समूहले नुमनाकै रुपमा व्यवसायिक लसुन खेती गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित मघैमा स्थानीय कोपिला महिला समूहले १५ विगाह क्षेत्रफलमा व्यवसायिक रुपमा प्याज तथा लसुन खेती गरेको हो । समूहको ९ लाख ९७ हजार ९९ रुपैयाँ र साना तथा सझौला कृषक आयस्तर बृद्धि परियोजनाको ११ लाख ५५ हजार ५…

स्थानीय सरकारले सकेनन लैंगिममैत्री बजेट कार्यान्वयन गर्न

चैत्र ४, २०७५ - सोमवार   | नारी खबर

सुनसरी – गाउँ गाउँमा सिंहदरबारको अधिकार दिने गरी आएका स्थानीय सरकारले पनि लैंगिकमैत्री बजेट ल्याउन नसकेको सरोकारवालाहरुले बताएका छन् । सुनसरीको इनरुवामा आयोजीत लैगिंक मैत्री नीति र बजेट तर्जुमा सम्बन्धी अन्तर सम्वाद कार्यक्रममा बजेट आएको ठाउँमा पनि कार्यान्वयनमा समस्या भएको उनीहरुले औंल्याएका छन् । आरेक नेपाल सुनसरीको आयोजनामा भएको कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख कमला मगरले…

आत्म निरभरको बाटो अंगाल्दै ग्रामीण महिला

चैत्र ३, २०७५ - आइतवार   | ललित सिंह

बझाङ – परम्परागत गुजरामुखी खेतीपाती गर्ने प्रचलनले बर्षभरी खान नपुग्ने र सानोतिनो खर्चका लागी पनि अरुकै मुखताक्नु पर्ने अवस्थावाट यहाँका ग्रामिणभेगका गृहणी महिलाहरु मुक्तहुन खोजी रहेका छन् । अहिले जिल्लाका प्रायजसो ठाँउका सर्वसाधारण महिलाहरु घरमै केहिन केहि सानोतिनो व्यवसाय गरेर स्वरोजगार हुन खोज्दै छन् । जिल्लामा सरकारी तथा गैर सरकारी निकायहरुले व्यावसाय मुखी खेतीगर्नका लागी…

पाँच रुपैयाँले बनायो उद्यमी

माघ २४, २०७५ - बिहिबार   | काशीराम शर्मा

बाँके-करीब सात वर्षअघि रु पाँचबाट शुरु गरेको बचतले राप्तीसोनारीका अधिकांश महिला अहिले उद्यमी बनेका छन् । अहिले यहाँ महिला आफ्नै मेहनतमा रु १० लाख बढीको करोवार एक्लै गर्न सफल देखिएका छन् । घरखर्चमा समेत श्रीमान्कै भर पर्नुपर्ने विगतको बाध्यता अहिले अन्त्य भएको छ । अब श्रीमान् श्रीमतिको आम्दानीमा रमाउन थालेका छन् । सहकारीमा आबद्ध भएर…

महिलालाई साढे २ प्रतिशत व्याजमा १५ लाखसम्म ऋण

माघ ८, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौं – बाँके, खजुराकी लक्ष्मीकुमारी केसीले एक महिनाअघि सहुलियत व्याजको ऋण लिन राष्ट्रिय वाणिज्य बैंकमा आवेदन दिइन्। महिलालाई व्यवसाय गर्न सस्तो व्याजमा ऋण पाइने थाहा पाएपछि उनले आफूले सञ्चालन गर्दै आएको लक्ष्मी टेलर्स एन्ड ब्युटीपार्लरमै लगानी थप्ने निधो गरेकी हुन्। आवेदन दिएको केही सातामै उनको आठ लाख रुपैयाँ ऋण स्वीकृत भयो। उक्त रकमबाट अन्य महिलाहरूलाई…

क्याम्पस पढ्ने छात्रा रात्रिबसमा परिचारिका : मुस्कान सहित स्वागत

पुस १०, २०७५ - मङ्लबार   | नारी खबर

म्याग्दी — रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो ! बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो वर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेस्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली । सार्वजनिक यातायातमा थोत्रा गाडी र फोहोरी गालीमा…

एमएड गरेकी युवती कुखुरापालनमा

माघ १४, २०७४ - आइतवार   | नारी खबर

काठमाडौं-स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाणपत्र बोकेर त्रिभुवन विश्वविद्यालय कीर्तिपुर गेटबाट बाहिरिँदै गरेका विद्यार्थीले योग्यताअनुसारको अवसर खोजी गर्छु भनेर सोच्नु अस्वाभाविक होइन । तर, एमएड गरेको प्रमाणपत्र बोकेर त्रिभुवन विश्वविद्यालय कीर्तिपुर गेटबाट बाहिरिँदै गर्दा र त्यसअघि तारा राईले कहिल्यै केही पनि सोचिनन् । शिक्षा संकायअन्तर्गत नेपाली विषयमा स्नातकोत्तर गरेकी राईले पढेपछि जागिर खानैपर्छ भन्ने मान्यता कहिल्यै राखिनन्…

नेपालको बैकिङ इतिहास सामान साट्ने देखी आधुनिक बैकिङ सम्म

माघ ५, २०७४ - शुक्रबार   | नारी खबर

ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको नेपाली समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन । यद्यपी समयकाल बित्दै जाँदा जब खेतिपाती गर्ने…

राइफल चलाएका हात सिलाई मेसिनमा

अशोज १२, २०७४ - बिहिबार   | गगनशिला खड्का

गुल्मी– जनयुद्धकालमा बन्दुक बोकेर लडेकी गुल्मी वाग्लाकी पुर्ब लडाकु सिता भण्डारी आजभोली काखमा नानी च्यापेर मेसिन चलाउँछिन् । नानीलाई काखमा च्यापेर मेसिनको टुप्पोमा रहेको सियोमा धागो राख्ने कोशिस गरीरहँदा काखमा रहेको बच्चा भोकाएर रोईरहेको थियो । ‘के गर्नु बच्चाको स्याहार गर्ने समय त हो तर घरव्यवाहार चलाउनै प¥यो ।’ उनले भनिन । २०६२ सालमा जनमुक्ती…

error: Content is protected !!