व्यवसाय

ढाकाको तानमा भविष्य खोज्दै महिला

अशोज ५, २०७४ - बिहिबार   | गोपालप्रसाद पोखरेल

मोरङ :  मोरङको उर्लाबारी–४ की निरु चौहानले ‘निरु घरेलु ढाका उद्योग’ सञ्चालनमा ल्याएपछि निरुजस्ता थुप्रै उद्यमशील महिलाले काममात्र पाएका छैनन् ढाका कपडा, जहाँ जुन भूगोलमा बुनेपनि गुणस्तरीय भए बजारको अभाव नहुने पनि प्रष्ट भएको छ । गत मंसिरमा उद्योग दर्ता गर्नुभएकी चौहानले हाल पाँचवटा तानबाट ढाका उत्पादन गरिरहेकी छिन्  । पाँचवटा तानमा दैनिक पाँचजना उद्यमशील…

महिला सहकारीको बचत रु ९१ लाख

अशोज १, २०७४ - आइतवार   | नारी खबर

पोखरा लेखनाथ नगरपालिका वडा नं ३३ मा क्रियाशील मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था, खैरेनी, भरतपोखरीले आफ्नो बचत रु ९१ लाख पु¥याएको छ । संस्थाको छैटौँ वार्षिक साधारणसभामा अध्यक्ष कमलादेवी आचार्यले उद्यमशीलताका आधारमा आर्थिक समृद्धितर्फ महिलालाई उन्मुख गराउने उद्देश्यका साथ क्रियाशील सहकारी संस्थामा २०६८ साल यता ६७६ जना महिला शेयर सदस्य बनिसकेकोे बताइन।  छरिएको महिलाको सानो…

आइएनजीओको जागिर छाडेर कवाडीवाली !

साउन २, २०७४ - सोमवार   | खिलक बुढाथोकी

काठमाडौ – परिवारको चाहनाले हुन्थ्यो भने आयुसी केसी यतिबेला कुनै कार्यालयमा काम गरिहेकी हुन्थिन्। उनको अभिभावकको चाहना थियो, आयुसीले पढेर कुनै कार्यालयमा जागिर गरून्। आयुसीले जागिर नखाएकी पनि होइनन्, मात्र रमाउन नसकेकी हुन्। कहिले उद्योग वाणिज्य महासंघमा काम गरिन्, कहिले गोर्खा ब्रुअरीमा। पछिल्लो समय उनी युएसएडको प्रोजेक्टमा काम गरिरहेकी थिइन्। तैपनि उनी रमाउन सकिनन्। जागिरले…

सीप सिकेर जीवन बदल्ने प्रयास गर्दैछन् रोल्पाका यी एकल महिला

चैत्र १३, २०७३ - आइतवार   | उमा केसी

सँगै बाँच्ने, सँगै मर्ने कसम खाएका श्रीमान् श्रीमतीमा आएको खटपटले सम्बन्ध विच्छेद गरेका अधिकांश रोल्पाली महिलाको अवस्था निकै पीडादायी भए पनि उनीहरु कसैको नजरमा पर्ने नगरेको नागरिक समाजका अगुवा बिना मल्लले बताइन्।

महिलाले हाँकेका अब्बल स्कुल

चैत्र ९, २०७३ - बुधबार   | रुबी रौनियार

राजधानीको सार्वजनिक विद्यालय एउटा यस्तो क्षेत्र हो जहाँ महिलाले नेतृत्व लिएपछि काँचुली फेरेका विद्यालय छन्, व्यवस्थापन र गुणस्तरमै उल्लेखनीय सुधारसहित।

विपन्नको सूचीमा राखेका महिला आयआर्जनमा लागेर सम्पन्न बन्दै

फाल्गुन २१, २०७३ - शनिबार   | नारी खबर

बुटवल – रूपन्देहीको पोखरभिन्डी २, खुरहुरियाकी उषादेवी कोइरीले १५ सय कुखुरा पालेकी छिन् । साँझबिहान चुलोचौकोबाट फुर्सद मिल्नेबित्तिकै कुखुराको स्याहारसुसारमा जुट्छिन् । ‘एकजनाले मात्रै कमाउँदा घरपरिवार चलाउन समस्या भयो । सधैं गरिब भयौं,’ उनले भनिन्, ‘त्यसैले कुखुरा पाल्न थालकी हुँ ।’ घरछेउ आफैं लागेर खोर बनाएकी उषाले अझै ठूलो बनाएर कुखुरा थप्ने योजना बनाएकी छिन्…

सुन्तला फलाएर धनी बन्दै म्याग्दीका महिला

पुस २२, २०७३ - शुक्रबार   | नारी खबर

म्याग्दी – भकिम्ली २ मरेककी एकल महिला जमुना थापाले यसबर्ष साढे ३ लाखको सुन्तला उत्पादन गरिन् । अविवाहित थापाले सुन्तला अधिकांस समय सुन्तला बगैँचामै दिन विताउँछिन् । गाउँकै कर्ण कुमारी पुर्जाले बारीबाटै ३ लाख बराबरको सुन्तला विक्री गरिन् । करिव २२ घरधुरी रहेको मरेकमा थापा र पुर्जाले सबैभन्दा धेरै सुन्तलाबाट आम्दानी गरेका छन् । पछिल्लो…

महिलाहरुले तालिम लिएपछि गाउँका दिन फर्के

पुस २२, २०७३ - शुक्रबार   | नारी खबर

इलामः इलामको महमाईमा पुग्न कठोर यात्रा पूरा गर्नुपर्छ । माइखोलाको भेलले कतिबेला कसलाई बगाउने हो थाहा नै हुँदैन । हाट बजार गर्न पनि माइको पीर खपिनसक्नु छ । उब्जाएको तरकारी बेच्ने ठाउँ छैन । बर्खा लागेपछि अरुसँगको सम्बन्ध बिच्छेद हुने महमाईकी विष्णेटारकी बिमला लोक्तामको खाली समय ढाका बुनेर बित्न थालेको छ । उनको हातमा सानोतिनो…

जुत्ता सिएर करोडपति बनिन् महिला

पुस २, २०७३ - शनिबार   | नारी खबर

भक्तपुर, २ मंसिर – भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिका दधिकोटकी बिनु श्रेष्ठ जुत्ता मात्रै बनाउँदिनन्, त्यसको डिजाइनसमेत गर्छिन् । उनी जुत्ता बनाएरै अहिले करोडपति भएकी छन् । केही हजार रुपैयाँबाटै सुरु गरेको व्यवसाय सफल भएपछि त्यसको लागत अहिले एक करोड रुपैयाँभन्दा बढी पुगेको छ । बिनु हस्तकला तथा तालिम केन्द्र सञ्चालन गरेर त्यहाँबाट बनाइएका जुत्ता अहिले धेरै…

आफै ऋण, आफ्नै व्यवसाय

मंसिर ३०, २०७३ - बिहिबार   | नारी खबर

रामपुर (पाल्पा): घरायसी काममा मात्र सीमित रहने पाल्पाका ग्रामीण भेगका महिला हिजोआज विभिन्न व्यवसाय चलाएर आत्मनिर्भर बन्दै गएका छन् । सधैँ घरायसी कामले बाहिर निस्कन नपाउने महिला गाउँगाउँमा सहकारी खुलेसँगै आयआर्जनका निम्ति सक्रिय बन्न थालेका छन् । सहकारीले विभिन्न व्यवसायका लागि बिनाधितो सहुलियत दरमा ऋण उपलब्ध गराउन थालेपछि महिलाको परनिर्भरता अन्त्य हुँदै गएको छ ।…

चाल्ने सिस्नो, भयो पैसा टिप्ने लिस्नो

मंसिर १०, २०७३ - शुक्रबार   | नारी खबर

माया अधिकारी, कुश्मा १० मंसिर – २०७३चाल्ने सिस्नो, दशक अघिसम्म वनपाखामै कुहिएर सकिन्थ्यो  । त्यसलाई प्रशोधन गरेर कपडा उत्पादन हुन थालेपछि अहिले जापान, कोरिया, बेलायतलगायत मुलुकमा निर्यात हुन्छ  । वार्षिक लाखौं रुपैया“ गाउँमा भित्रिन्छ ।   रेसाबाट बनाइने कपडा र त्यसका सामग्री युरोपेली र अमेरिकी समाजमा लोकप्रियताको शिखरमा छन् । पर्वतको उत्तरी भेगका सात वटा गाविसका सामुदायिक वनको एक प्रमुख…

उद्योग वाणिज्य महासंघको अबको अध्यक्ष भवानी राणा

कार्तिक ५, २०७३ - शुक्रबार   | नारी खबर

४ कार्तिक, काठमाडौं ( नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) आगामी अध्यक्ष भवानी राणा हुने निश्चित भएको छ । महासंघको बिहबिार भएको विशेष साधारणासभाले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः भावि अध्यक्ष हुने व्यवस्था ल्याए पनि राणा अहुने निश्चित भएको हो । विशेष साधारणसभामा उपस्थित ९० प्रतिशतभन्दमा बढी प्रतिनिधिले महासंघले पेश गरेको विधान संशोधन पारित भएसँगै…

सौन्दर्य कला व्यवसायमा राम्रो कमाई छ

कार्तिक ५, २०७३ - शुक्रबार   | नारी खबर

अहिले सौन्दर्य कला व्यवसायको अवस्था कस्तो छ ? नेपालमा सौन्दर्य कला व्यवसाय ०३५ देखि सुरु भएको हो । मैले थाइल्यान्डको बैंककबाट तालिम लिई नेपालमा व्यवसाय सुरु गरेकी हुँ । त्यतिवेला काठमाडौंमा चारवटा र ललितपुरमा एउटा ब्युटिपार्लर थिए । चार दशकपछि आज मुलुकभर सौन्दर्य कला व्यवसायको संख्या ३ लाखभन्दा बढी पुगिसकेको छ । हाम्रो संघ नै…

गड्यौला मल बनाएर तरकारी फलाउने महिलालाई अन्तराष्ट्रिय पुरस्कार

कार्तिक १, २०७३ - सोमवार   | नारी खबर

ज्ञवालीले घरबाट निस्कने फोहर छुट्याएर कुहिने फोहरलाई गड्यौले मल बनाई कसेराबारी या घरको कौसीमै तरकारी फलाउने सफल प्रयोग गरेकी छन् । अहिले यहाँका गाउँका कौसीमा यही विधिबाट तरकारी फल्दै आएको छ । पुनः प्रयोग गर्न मिल्ने फोहर बिस्कुट चाउचाउका खोल तथा सुतली डोरीहरूबाट आकर्षक ढकी, पैसा ब्याग, टोपी, चप्पल, कलम राख्ने भाँडो, चकटी, झोला, कपसेट, हातेब्याग बनेका छन् । उनी अहिले गाउँगाउँमा यो सीप सिकाउँदै हिँड्छिन ।

घुम्टोभित्रबाट तरकारीसम्म

कार्तिक १, २०७३ - सोमवार   | नारी खबर

घरको आर्थिक अवस्था कमजोर रहेकाले उनीहरु श्रीमान् कामविशेषले बाहिर रहेको समयमा उनीहरु स्वयम् दिनरात मेहनत गरी बेमौसमी तथा मौसमी तरकारी खेती गर्दै आएका छन्। सामूहिकरुपमा सातदिने तालिम लिएका उनीहरुले मासिक रुपमा एक सय रुपैँयाका दरले रकम जम्मा गर्दै वचत गर्ने बानी पनि बसालेका छन्।

error: Content is protected !!