गृहिणी

सासु-ससुरा होइन बुवामुवा भन, बुहारी होइन छोरी मान !

असार २९, २०७६ - आइतवार   | नारी खबर

काठमाडौं – कुनै जमाना थियो, सासुले बुहारीलाई हेयको व्यबहार गर्ने र बुहारीले सासुलाई दुस्मनलाई जस्तै देख्ने । तर अचेल जमाना फेरिएको छ, जाजरकोटको बारेकोटमा सासुबुहारी आमाछोरी जस्तै व्यवहार गर्छन् । सासुले बुहारी संग र बुहारीले सासुसंग खुलेर आफ्ना समस्या, दुखसुखका कुरा गर्छन् । सासुबुहारीको समस्यालाई अझ प्रगाढ र मजबुत बनाउनका लागि गाउँपालिकाले सासुबुहारी कार्यक्रम नै…

महिलालाले जिम्मेवारी लिन्छन् तर घरमूली मान्दैनन्

बैशाख ८, २०७६ - आइतवार   | नारी खबर

जाजरकाेट – बारेकोट ७ कि मनिकला बस्नेत घरव्यवहार सबै आफै धान्छिन् । ऋणधन गर्नेदेखि परिवारको सबै जिम्मेबारी उनकै काँधमा छ । घरको आय व्यय र सम्पूर्ण जिम्मेबारी सबै उनी सम्हाल्छिन् । तर तर आधिकारीक रुपमा उनको घरका घरमूलि भने उनका ससुरा हुन् । बारेकोट गाउँपालिकाभरी त्यस्ता १ सय २ जना महिला छन् जो मनिकलाले जस्तै…

पाहुनाको पर्खाइमा मानेभञ्ज्याङ्गका महिला

चैत्र १६, २०७५ - शनिबार   | नारी खबर

धरान – छिप्पिँदै गरेको रात, चिसिँदै गरेको मौसम । तर मानेभञ्ज्याङ्गको माहोल भने तात्दै छ, तामाङसेलोको रमाइलोले । महिलाहरुलाई पाहुनाको स्वागत गर्न भ्याईनभ्याई छ, फूलमाला र तामाङ परीकारले । कोही नाच्दै छन् छमछमी, कोही खाने सुरसारमा छन् । एक दिनको रमाईलोमात्र होइन, त्यहाँ पुग्ने जो कोहीलाई पनि पाहुनाहरु यसरी नै स्वागत गर्छन । धरानको मंगलबारे…

उपमेयरसँग महिला कार्यक्रमको ऋण प्रवाह

चैत्र १५, २०७५ - शुक्रबार   | नारी खबर

पोखरा – महिलाहरुलाई आर्थिक रुपमा सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले पोखरा महानगरको ‘उपमेयरसँग महिला कार्यक्रम’ को ऋण लगानीका लागि रकम हस्तान्तरण गरिएको छ। पोखरा–२३, घाँटीछिनाको प्रभाकारी महिला विकास बचत तथा ऋण सहकारी संस्था मार्फत उपलब्ध गराइएको रकम वितरण गरिएको हो। सहकारीको सहकार्यअन्तर्गत ऋण लगानी गरिएको उक्त रकम उपमेयसँग महिला कार्यक्रमका संयोजक उपमेयर मञ्जुदेवी गुरुङले ११…

श्रीमान्लाई रक्सी छुटाउन २२ वर्ष लामो सङ्घर्ष

चैत्र ११, २०७५ - सोमवार   | होम साउद

“आठ वर्षदेखि श्रीमान्ले रक्सि छोडेर मलाई डटेर साथ दिनुभएपछि मेरो विगतको सङ्घर्षको परिणाम स्वरुप आजभोलि सबैबाट प्रशंसा पाइरहेकी छु” उनले भनिन् “मेरो काममा सफलताले झनै हौसला बढेको छ ।”

१५ दिने सुत्केरी देखि गाउँपालिका उपाध्यक्ष सम्म परीक्षामा

चैत्र १०, २०७५ - आइतवार   | नारी खबर

दाङ – आजदेखि शुरु एसइइ परीक्षामा दाङमा १५ दिने सुत्केरी सहभागी भएकी छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडर निवासी सुशीला भण्डारी १५ दिनको बच्चा कोखिलामा च्यापेर परीक्षामा सहभागी भएकी हुन् । बच्चा हेर्न उनका आफन्त पनि सँगै परीक्षा केन्द्रमा पुगेका छन् । महेन्द्र माध्यामिक विद्यालय तुलसीपुर बाट खुल्ला विद्यालयमा अध्ययन गरेकी भण्डारी माध्यामिक…

जीर्ण घरमा बसेका आमाछोरीलाई नगरपालिकाले घर बनाइदिने

चैत्र ८, २०७५ - शुक्रबार   | नारी खबर

गुल्मी – जीर्ण घरमा कष्टकर जीवन विताउँदै आएका बृद्ध महिला र अपाङ्गता भएकी छोरीका लागि रेसुङ्गा नगरपालिकाले घर बनाइदिने भएको छ । रेसुंगा नगरपालिका ७ अर्घाखाँची जिपपार्कमा बस्दै आएकी ७६ वर्षीया देउरूपा पन्थी र अपाङ्गता भएकी छोरी ३४ वर्षीया सिता पन्थीका लागि घर निर्माण गरीदिने भएको हो । परिवारमा आम्दानी गर्ने अरू कोही नहुँदा उनीहरू…

कठै ! कसो गरी बस्दै होलान सिरियामा ५ सयभन्दा बढी नेपाली चेली

फाल्गुन २६, २०७४ - शनिबार   | चन्द्रशेखर अधिकारी

काठमाडौँ — द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवारिस छ । *** ८ महिनाअघि पनि सिन्धुपाल्चोककी माया…

के गर्छन् नेताका श्रीमती ?

फाल्गुन १२, २०७४ - शनिबार   | नारी खबर

काठमाडौ-राजनीति मुलुक निर्माणको मूल आधार हो । देशको उन्नति एवं प्रगतिको मेरुदण्ड राजनीतिको बागडोर हाँक्ने नेतृत्व सबल र सक्षम हुनुपर्छ भन्ने कुरामा दुईमत हुन सक्दैन । राजनीतिमा लाग्नेहरूले व्यक्तिगत एवं पारिवारिक स्वार्थभन्दा माथि उठेर मुलुकका लागि आफ्नो समय, श्रम र सीप खर्चिनुपर्छ भन्ने मान्यता पनि छ । विगतका कतिपय निष्ठावान् नेता पारिवारिक दायित्व र कर्तव्यभन्दा…

छि ! मान्छेको जात, पोईला जा सम्म भने !

माघ २, २०७४ - मङ्लबार   | भरत पाण्डेय

छि मान्छेको जात कति निष्ठुरी, ससुरा, देवर पालेर बस्छेस ? देवरले भोली बिबाह गरेपछि तँलाई हेर्दैनन, खुरुक्क पोईला जा सम्म भने । मान्छेले जे भनेपनि भनुन, मलाई अझैसम्म पनि उहाँ आउनुहुन्छ जस्तो लाग्छ । मैले बिबाह गर्दिन अहँ ।

न्यायाधीशका श्रीमतीहरुले दिए गरिब तथा जेहेन्दारलार्इ छात्रवृत्ति

पुस २४, २०७४ - सोमवार   | नारी खबर

धुलिखेल – न्यायाधीश श्रीमतीहरुको समूहले देशभरीबाट चार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन् । न्यायाधीशका श्रीमती मिलेर विसं २०५६ मा स्थापना गरिएको न्यायाधीश श्रीमती समूहले हरेक वर्ष वितरण गर्दै आएको ‘गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत यस वर्ष प्रवेशिका परीक्षा २०७३ मा उत्कृष्टमध्येका चार जना विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरीएको हो । छात्रवृत्ति पाउनेमा काभ्रेपलाञ्चोकका…

गाउँका महिला अझै सुत्केरी हुन अस्पतालमा जानुपर्छ भन्ने ठान्दैनन्

पुस २०, २०७४ - बिहिबार   | केशर रोका

प्युठान – आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले वर्षौंदेखि ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ। अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप एक हजार र यातायात खर्चबापत चार सय रुपैयाँ सुत्केरी महिलाले पाउने गर्छन् तर प्युठानमा अझै स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूति सेवा लिई सन्तान जन्माउने महिला थोरै छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार ५५ प्रतिशत महिला मात्र…

घरमै डेढ दुईलाख कमाउने भए धुर्कोटका महिला

जेष्ठ ८, २०७४ - सोमवार   | नारी खबर

गाविसभरी ६ वटा मूल समूह गठन गरी १ सय ४५ घरपरीवार र २२ वटा उपहार समूहमार्फत ५ सय ३० घरपरीवारलाई सेवा दिईएको स्थानीय साझेदार संस्था जनविकास केन्द्रका कार्यकारी निर्देशक भुपाल पोखरेलले बताए ।

४६ वर्षीय श्रृजना कक्षा १ मा भर्ना

चैत्र ९, २०७३ - बुधबार   | भगवती पाण्डे

रुपन्देही – बुटवल १४ की ४६ वर्षिय श्रृजना गौतम आफूले पढ्न नपाए पनि आफ्ना सन्तानहरुले धेरै पढुन् भन्ने चाहन्छिन्। त्यति मात्र होईन बिभिन्न कारणले पढ्ने अवसरबाट बञ्चित भएकाहरुले पनि पढ्ने बातावरण पाए पढ्न सक्छन् भन्ने सोचाई राख्छीन् । उनीहरूका लागि हाम्रो समाजले उपयुक्त बातावरण तयार गर्नुपर्छ भन्ने सोचाईका साथ  सावित्रा अर्यालको नेतृत्वमा सञ्चालनमा आएको साधना…

कहाँ जाने हो बुढेसकालमा झोला बोकेर ? रहर एसएलसी दिनलाई

चैत्र १, २०७३ - मङ्लबार   | जीवन पराजुली

काभ्रे  – उमेरले ४० कटेकी चण्डेनी गाविसकी देवी सापकोटा प्रवेशिका परिक्षा कसरी दिन सकिन्छ भन्ने चिन्तामा छिन् । कसैले नियमित पढाइदिने वातावरण बनाइदिए आफू एसएलसी दिने सोचमा रहेको सापकोटा बताउँछिन् ।  “गाउँभरिका पुरुष पढेलेखेका छन् । हातहातमा मोबाइल बोकेर संसारभरिका मान्छेसँग कुराकानी गर्छन् तर आफूलाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात झैं हुन्थ्यो ।”…

error: Content is protected !!