गृहिणी

श्रीमानहरु बाटोमै वेपत्ता भएपछि ………………….

फाल्गुन २३, २०७३ - सोमवार   | शिवराज खत्री

अछाम –  धन कमाउन भारत छिरेका श्रीमान् चार बर्षदेखि वेपत्ता भएपछि साँफेबगर नगरपालिका–९ का बसुन्धरा रावललाई घर ब्यवहार चलाउन साह्रै गाह्रो भएको छ । परिवारको लालनपालन गर्दै आएका श्रीमान् मीन बहादुर रावल बेपत्ता भएपछि बसुन्धरालाई श्रीमान गुमाउनुपरेको पिडा मात्र हैन, चार छोरा र दुई छोरीको जिम्मेबारीले पनि थिचेको छ । आयस्रोत केही नभएपछि उनले दुई…

स्कूल जान्छन आमाहरु भिडियो च्याट गर्न ?

फाल्गुन १५, २०७३ - आइतवार   | नारी खबर

विदेशमा रहेका छोराछोरी आफन्तसँग इन्टरनेटमा कुराकानी गर्न र हरहिसाब आफै राख्न सक्ने अनि बैंकबाट पैसा निकाल्न सक्ने हुनु उनीहरुको धोको छ । कक्षामा भर्ना भएका ४७ जनामध्ये अधिकांशका छोराछोरी विदेशमा छन् ।

पैँचोमा छ पैसा, गृहिणी मख्ख

फाल्गुन १४, २०७३ - शनिबार   | गगनशिला खड्का

जवानीमा घरायसी काम गर्दा गर्दै थाकेका बुढाबुढी देखी भर्खरका युवायुवती समेत पैँचोमा लोभिएका छन् ।

‘हैन, यो भाँडो कस्तो हो?’

पुस २३, २०७३ - शनिबार   | नारी खबर

सिन्धुपाल्चाेक – पहिलोपटक एउटा कार्यक्रममा माइक समातेर बोल्ने मौका पाएकी सिन्धुपाल्चोककी यी महिलाले हातमा माइक समात्न पाउने वित्तिकै हाँस्दै भनिन, हैन यो कस्तो भाँडो हो? उनको त्यो शव्दले वरिपरि बसेका अरु महिलाहरु पनि गलल्ल हाँसें । भिडको हाँसोले उनलाई केही बोल्ने प्रेरणा मिल्यो र आफ्ना कुरा सुनाउन थालिन् । त्यहाँ उनी जस्तै अन्य महिलाहरु पनि माइकमा…

बुहारी बनेको घरमा २३ वर्षपछि भित्रीइन राष्ट्रपति विद्या भण्डारी

पुस १०, २०७३ - आइतवार   | नारी खबर

१० पुस, विराटनगर – राष्ट्रपति विद्या भण्डारी राष्ट्र प्रुमख भएपछि पहिलो पटक मोरङको इटहरास्थित आफनो पुरानो घरमा पुगेकी छन् । जननेता मदन भण्डारीसँग विवाह वन्धनमा वाँधिएर कर्मथलो बनाएको घरमा राष्ट्रपति भण्डारीले शनिबार अपराहृन करिव २ घण्टा विताएकी छन् । यसको चाँजोपाँचो भने मदन भण्डारी स्मृति प्रतिष्ठनले ‘मदनग्राम प्रवर्द्धन कार्यक्रममार्फत मिलाएको थियो । राष्ट्रपति भण्डारीले घरमा…

महोत्तरीकी गृहिणीले जितिन् अमेरिकामा उपाधि

पुस १, २०७३ - शुक्रबार   | नारी खबर

एक दशकअगाडि जलेश्वर नगरपालिका–१५ सुगाका शम्भु ठाकुरसँग विवाह भएपछि मैथिल समुदायमा नवविवाहिता बुहारीलाई घर बाहिर निस्कनु र काम गर्नुलाई नकारात्मक दृष्टिकोणले हेर्दा उनलाई कला देखाउन निकै नै गाह्रो भएको उनले सुनाइन् ।

भगवान् ! मेरो सास रहुञ्जेल उहाँको दुःखद खवर सुन्नु नपरोस्

मंसिर १०, २०७३ - शुक्रबार   | शिरविन्दु

छि मान्छेको जात कति निष्ठुरी, ससुरा, देवर पालेर बस्छेस ? देवरले भोली बिबाह गरेपछि तँलाई हेर्दैनन, खुरुक्क पोईला जा सम्म भने । मान्छेले जे भनेपनि भनुन, मलाई अझैसम्म पनि उहाँ आउनुहुन्छ जस्तो लाग्छ । मैले बिबाह गर्दिन अहँ ।

रोग लुकाएर बस्छन् जाजरकोटका महिला

कार्तिक ५, २०७३ - शुक्रबार   | नारी खबर

५ कार्तिक, काठमाडाैं – जाजरकोटको भुर–९ की विर्मी पुनले पनि १३ वर्षदेखि पाठेघर खस्ने रोगका कारण धेरै दुःख पाईन्। १६ वर्षकै उमेरमा बिहे गरेर बर्सेनि सन्तान जन्माएर पाठेघर खस्ने समस्याबाट पीडित बनेकी उनले समयमै गतिलो उपचार नपाउँदा १३ वर्षसम्म कष्टपूर्ण जीवन बिताउनुपर्‍यो। पाठेघर खस्ने समस्याका कारण आफूले सजिलोसँग दिन काट्न पनि नपाएको र घरायसी काम…

तिहार खर्च ‘सालैको पात’

कार्तिक ५, २०७३ - शुक्रबार   | नारी खबर

५ कार्तिक, कपिलवस्तु – धेरै ठाउँमा सालको पात जंगलमा त्यसै खेर गईरहेको छ तर कपिलबस्तुको विपन्न थारु समुदायका महलिाका लागि भने तिहार खर्च जोहो गर्ने साधन बनेको छ । तिहारका लागि खर्च नभएपछि जिल्लाको उत्री भेकका बिपन्न थारु महिलाले सालको पातबाट टपरी खुटेर विक्रि गर्न थालेका छन् ।तिहारमा हुने खर्च धान्नका लागि उक्त क्षेत्रका धैरै…

गड्यौला मल बनाएर तरकारी फलाउने महिलालाई अन्तराष्ट्रिय पुरस्कार

कार्तिक १, २०७३ - सोमवार   | नारी खबर

ज्ञवालीले घरबाट निस्कने फोहर छुट्याएर कुहिने फोहरलाई गड्यौले मल बनाई कसेराबारी या घरको कौसीमै तरकारी फलाउने सफल प्रयोग गरेकी छन् । अहिले यहाँका गाउँका कौसीमा यही विधिबाट तरकारी फल्दै आएको छ । पुनः प्रयोग गर्न मिल्ने फोहर बिस्कुट चाउचाउका खोल तथा सुतली डोरीहरूबाट आकर्षक ढकी, पैसा ब्याग, टोपी, चप्पल, कलम राख्ने भाँडो, चकटी, झोला, कपसेट, हातेब्याग बनेका छन् । उनी अहिले गाउँगाउँमा यो सीप सिकाउँदै हिँड्छिन ।

व्यावसायिक तरकारी खेतीमा बैतडीका महिला

अशोज १३, २०७३ - बिहिबार   | नारी खबर

१३ असोज , बैतडी – गुरुखोला गाविस–८ सतबाँझका महिला व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । तरकारीबाट फाइदा हुने भएकाले उनीहरु महिला कृषक समूह गठन गरेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । परम्परागत रुपमा लगाइने धान, मकै, गहुँलगायत बालीबाट खासै उत्पादन लिन नसकेपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै…

अछामका महिला व्यवसायतिर

अशोज १३, २०७३ - बिहिबार   | नारी खबर

 १३ असाेज, अछाम –  अछाम जनालिकोटकी रुपादेवी विक कुखुरा पालेर छाेराछाेरी पढाउँछिन् । १ वर्षअघि कुखुरा पाल्न थालेकी उनले अहिले राम्रै आम्दानी भइरहेको बताइन् ।  त्यसैले उनी महिलाहरू आफ्नै क्षेत्रमा व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण हुन् ।  ‘श्रीमानको कमाइले मात्र नपुगेपछि सानोतिनो व्यवसाय सुरु गरेकी हुँ ’  उनी भन्छिन् । नवठाना  वडा १ मा २७ महिलाकै…

गहना बेचेर महिलाले बनाए चर्पी

अशोज २, २०७३ - आइतवार   | नारी खबर

यमुना खनाल २ असाेज, सिरहा – ‘बैठकमे आयल सर सवके बात सुइनक हम लज्जित भ शोकमे डुइव गेली’ (बैठकमा आएका सरहरूको कुरा सुनेर आफू लज्जित र शोक मग्न भएँ ) भोजनी मल्लिकले भनिन्, ‘शोकमे डुवल देखलाक बाद हमरा घरके लोक सव पुछलक जे कि भेलौ? आनदिन जेहन नैबाजै छे कियाक ? (शोक मग्न देख्दा मेरो घरका…

खसमकाे बाटाे कुर्दा-कुर्दै वर्ष बित्यो, थाकेकी छैनन् मैया

भदौ २३, २०७३ - बिहिबार   | नारी खबर

हाेम कार्की भाद्र २३, – मैया तामाङ बेडमा आराम गरिरहेकी थिइन् । उनकी दाई सुकुमान तामाङ कोठाभित्र प्रवेश गरेपछि बिस्तारै उठिन् । दाईलाई ढोग गरिन् । फेरी बेडमै गएर बसिन् । ‘मेरो ढाडले काम देला जस्तो छैन,’ उनले भनिन्, ‘एकदमै दुख्छ । घुँडा पनि दुख्न थालेको छ । अहिले त कामै गर्न सकेको छैनँ ।’…

error: Content is protected !!