स्वास्थ्य

विद्यालयमा सेनेटरी प्याड राखेपछि छात्राको उपस्थिती बढ्यो

जेष्ठ ९, २०७६ - बिहिबार   | शान्ता कमली

सेनेटरी प्याडको व्यवस्था गरेपछि लमजुङकाे गंगामिलन माविमा छात्राकाे उपस्थिती नियमित भएकाे छ । मर्स्याङदी गाउँपालिका ५ घेर्मुमा रहेको गंगामिलन मावि महिनावारी भएकाे समयमा पनि छात्राहरू कक्षाकाेठामा उपस्थित हुने क्रम बढेकाे हाे । विद्यालयमै सेनेटरी प्याड उपलब्ध भएपछि महिनावारी भएको अवस्थामा पनि विद्यालयमा बस्न समस्या नभएकाे छात्राहरूले बताएका छन् । विद्यालयमा सेनेटरी प्याड राखिएपछि रजस्वला हुँदा…

धौली, धनी र पुनीको कथा : ‘यस्तै हुँदो हो त दर्जनौं सन्तान गोठमै मर्ने थिएनन्’

जेष्ठ ३, २०७६ - शुक्रबार   | अच्युतराज भण्डारी

मुगु – गोठमा १० सन्तान जन्माएकी सोरु गाउँपालिका– ७ सिप गाउँकी धनसरा विष्टका चार जना छाेराछाेरी मात्र बाँचे । सुरक्षित प्रसूति सेवाको व्यवस्था नहुँदा सन्तान गुमाएकाे पीडा सम्झेर उनी भक्कानिन्छिन् । धनसरकाे भन्दा अझ ठूलाे पीडा छ साेही गाउँकी ५५ वर्षीया धौली कामीकाे । उनले गोठमै ११ सन्तान जन्माइन् । नौजनाको मृत्यु भयो, जम्मा दुई…

अझै हुन्छ असुरक्षित गर्भपतन

बैशाख २८, २०७६ - शनिबार   | नारी खबर

इलाम — गर्भपतनलाई कानुनी मान्यता प्रदान गरिए पनि सुरक्षित हिसाबले सेवा नलिँदा कतिपयको ज्यान जोखिममा पर्ने गरेको छ । अनधिकृत रूपमा गर्भपतन गराउँदा गम्भीर समस्या भोग्नुपर्ने अवस्था इलाम नगरपालिकामै देखिएको छ । जिल्ला अस्पतालसहित इलामका २१ स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतनको सेवा पाइन्छ । परिवार नियोजन संघ र मेरी स्टोप सेन्टरले पनि सेवा दिंदै आएका छन्…

अब छात्राहरु ‘लेडिज प्रोब्लम्’ भन्दै कक्षा छाडेर जानु पर्दैन

बैशाख २८, २०७६ - शनिबार   | नारी खबर

सुनसरी — कक्षामा पढिरहेको बेला महिनावारी भयो भने अधिकांस विद्यालयका छात्राहरु ‘लेडिज प्रोव्लम’ भन्दै शिक्षकसँग विदा मागेर घर दौडनुपर्छ । तर सुनसरीकाे धरान –१२ चतरालाईनस्थित पव्लिक हाइस्कुलका छात्राहरुलाई भने त्यो समस्या छैन । विद्यालयमै भएको डिजिटल बक्साको स्वीच थिचेर पाँच रुपैयाँको सिक्का छिराउँन् । प्याड आफै झर्छ । उक्त विद्यालयले विद्यालयकै प्रशासनिक प्रवेशद्वारसँगैको भित्तामा ‘सेनेटरी…

सरकारले छात्राहरूलाई निः शुल्क सेनिटरी प्याड उपलब्ध गराउने

बैशाख २०, २०७६ - शुक्रबार   | नारी खबर

सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क ‘सेनिटरी प्याड’ उपलब्ध गराउने घोषणा गरको छ। संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै विद्यालयमा नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउने घाेषणा गरेकी हुन् । महिनावारी भएका बेला छात्राहरुलाई विद्यालय जान प्रोत्साहित गर्न यो व्यवस्था गर्न लागिएको हो । सेनेटरी प्याड…

श्वेताको जिन्दगीले फेरी अर्को खेल खेल्यो

बैशाख १६, २०७६ - सोमवार   | नारी खबर

नयाँ चलचित्र ‘हेलो जीन्दगी’ छायाँकन भइरहेको थियो लण्डनमा । अभिनेत्री श्वेता खड्काको एकाएकै घाँटीमा असह्य पीडा भयो । हतारहतार डाक्टरलाई देखाउँदा उनलाई झनै पिडा भयो किनकी डाक्टरले उनलाई तत्काल अप्रेशन गर्नुपर्न सल्लाह दिए । कारण थियो च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर । यो जानकारी उनले आफै सामाजिक सञ्जालमा पोष्ट गरिन जतिबेला उनको अप्रेसन…

हुम्लामा अज्ञात रोगबाट तीन महिलासहित ९ जनाको मृत्यू

बैशाख १५, २०७६ - आइतवार   | नारी खबर

काठमाडौं – हुम्लाको बिकट गाउँपालिका ताजाकोटमा पहिचान हुन नसकेको रोगबाट तीन महिलासहित ९ जनाको मृत्यू भएको छ । ताँजाकोट वडानं. १, २ र ३ मा २६ चैत्रदेखि फैलिएको रोगले दुई सय भन्दा बढी बिरामी छन् । गाउँपालिकाका स्वास्थ शाखा प्रमुख धनराज ढकालका अनुसार मृत्यू हुनेमा ताँजाकोट गाउँपालिकाकी ७५ वर्षीया कुसुकली रिठाल, ६० वर्षीय सुरजित खड्का,…

गाउँमै पुगेर गर्भवतीको भिडियो एक्स-रे

बैशाख १३, २०७६ - शुक्रबार   | नारी खबर

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिकाले गाउँमै स्वास्थ्यकर्मी पुगेर गर्भवतीको जाँच गर्ने व्यवस्था मिलाएको छ । गर्भवतीले नियममित स्वास्थ्य परिक्षण गराउनुपर्ने भएपनि स्वास्थ्य संस्था टाढा भएका कारण जान नसकेका महिलाहरुका लागि गाउँमै पुगेर गर्भ परीक्षण गराउने व्यवस्था मिलाएको हो । जाँचका लागि अस्पतालका डा. टसी लामाको टोलीसहित स्वास्थ्यकर्मी गाउँमा पुगेको थियो । जिल्ला अस्पतालसम्म गर्भ जाँच…

गाउँका महिलामा पाठेघर समस्या

बैशाख १३, २०७६ - शुक्रबार   | नारी खबर

जुम्ला – हत्तपत्त उपचारका लागि स्वास्थ्य संस्था नजाने पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढालाई गाउँमै आएको शिविरमा जँचाउँदा पाठेघरको समस्या देखियो । “ढाड दुख्ने सँधै हुन्थ्यो, तर जँचाएको थिइन्, अहिले पाठेघरमा समस्या देखियो ”, उनले भनिन् । त्यस्तै अर्का स्थानीय ६५ वर्षीया काली बुढाको पनि स्वास्थ्य परीक्षणमा पाठेघरकै समस्या देखियो । गाउँमै सञ्चालन…

श्रीमतीको नाममा अस्पताल बनाउन तीन करोड

बैशाख १३, २०७६ - शुक्रबार   | नारी खबर

चितवन — भरतपुरका एक व्यवसायीले आफ्नी श्रीमतीको नाममा मेरुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) अस्पत्ताल निर्माणको रु ३ करोड सहयोग गरेका छन् । भरतपुर महानगरपालिकाका ९१ वर्षीय उदयकुमार पियाले श्रीमती चमेलीदेवी पियाको नाममा अस्पताल निर्माण गर्न सहयोग गरेका हुन् । भरतपुर–३ नगरवन क्षेत्र नारायणगढमा स्पाइनल इन्ज्योरी अस्पताल तथा पुनस्र्थापना केन्द्र स्थापना हुँदैछ । मेरुदण्डमा चोटपटक लागे पक्षाघात भएर…

प्रजनन स्वास्थ्य तथा सचेतना तालिम

बैशाख १३, २०७६ - शुक्रबार   | नारी खबर

रुकुमपूर्व भूमे गाउँपालिमा प्रजनन स्वास्थ्य तथा सचेतना तालिम सञ्चालन गरिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई भूमे गाउँपालिका शाखा कार्यालयको आयोजनामा पाँच दिने तालिम सञ्चालन भएकोे छ । पालिका स्तरीय सञ्चालन तालिममा २७ जनाको सहभागीता रहेको छ । प्रत्येक वडामा महिला विकास समिति गठन गरिएको छ । उक्त समितिबाट प्रतिनिधित्वको रुपमा तीन/तीन जनाको…

मरेपछि जाने स्वर्गकाे आशामा महिलालाई ‘जीउँदै नर्क’ धकेल्दै

बैशाख ९, २०७६ - सोमवार   | विमलबहादुर विष्ट

“मरेपिछ स्वर्ग हुन्छ हुँदैन, तर पटक पटक गर्भपतन गराएर जीउँदै महिलाको जीवन नर्क बनाएका छन् ”,

भरतपुरका दुई अस्पत्तालमा महिलाका लागि निःशुल्क टिकट

चैत्र २९, २०७५ - शुक्रबार   | नारी खबर

भरतपुर _ चितवनका दुई अस्पत्तालले महिलाहरुका लागि ओपिडी टिकट निःशुल्क गरेका छन् । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजले स्वास्थ्य जाँचका लागि जाने महिलाहरुका लागि ओपीडी टिकट निःशुल्क गरेका हुन् । महानगरपालिकाको संयोजनमा भरतपुर अस्पत्तालले महिलाहरुका लागि निःशुल्क टिकटको व्यवस्था गरेको थियो । महानरपालिका प्रमुख दाहालले निजी अस्पत्तालहरुले पनि महिला तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क…

बीस वर्षमुनिका चार सय किशोरी गर्भवती

चैत्र २६, २०७५ - मङ्लबार   | नारी खबर

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा एक वर्षमा तीन सय ७५ जना किशोरी बिबाह गर्ने उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क सार्वजनिक भएको छ । कानुनले महिलाको विवाह गर्ने उमेर २० वर्ष तोकेपनि त्यो भन्दा कम उमेरमा गर्भवती हुने किशोरी धेरै रहेको तथ्यांक महानगरपालिकाले सार्वजनिक गरेको हो । यो तथ्यांकले बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन…

स्वास्थ्य बिमा गराउने महिला बढी

चैत्र २६, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौं– नेपालमा स्वास्थ्य बिमा सुरु भएको तीन वर्षमा सेवा लिने बढी महिला देखिएका छन् । यो अवधिमा ५८ प्रतिशत महिला र ४२ प्रतिशत पुरुषले सेवा लिएका हुन् । सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास बोर्डमार्फत २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बमा कार्यक्रम सुरु गरेको थियो। बोर्डको तथ्याङ्क अनुसार तीन वर्षमा १५ लाख ७१ हजार ४…

error: Content is protected !!