स्वास्थ्य

मरेपछि जाने स्वर्गकाे आशामा महिलालाई ‘जीउँदै नर्क’ धकेल्दै

बैशाख ९, २०७६ - सोमवार   | विमलबहादुर विष्ट

“मरेपिछ स्वर्ग हुन्छ हुँदैन, तर पटक पटक गर्भपतन गराएर जीउँदै महिलाको जीवन नर्क बनाएका छन् ”,

भरतपुरका दुई अस्पत्तालमा महिलाका लागि निःशुल्क टिकट

चैत्र २९, २०७५ - शुक्रबार   | नारी खबर

भरतपुर _ चितवनका दुई अस्पत्तालले महिलाहरुका लागि ओपिडी टिकट निःशुल्क गरेका छन् । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजले स्वास्थ्य जाँचका लागि जाने महिलाहरुका लागि ओपीडी टिकट निःशुल्क गरेका हुन् । महानगरपालिकाको संयोजनमा भरतपुर अस्पत्तालले महिलाहरुका लागि निःशुल्क टिकटको व्यवस्था गरेको थियो । महानरपालिका प्रमुख दाहालले निजी अस्पत्तालहरुले पनि महिला तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क…

बीस वर्षमुनिका चार सय किशोरी गर्भवती

चैत्र २६, २०७५ - मङ्लबार   | नारी खबर

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा एक वर्षमा तीन सय ७५ जना किशोरी बिबाह गर्ने उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क सार्वजनिक भएको छ । कानुनले महिलाको विवाह गर्ने उमेर २० वर्ष तोकेपनि त्यो भन्दा कम उमेरमा गर्भवती हुने किशोरी धेरै रहेको तथ्यांक महानगरपालिकाले सार्वजनिक गरेको हो । यो तथ्यांकले बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन…

स्वास्थ्य बिमा गराउने महिला बढी

चैत्र २६, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौं– नेपालमा स्वास्थ्य बिमा सुरु भएको तीन वर्षमा सेवा लिने बढी महिला देखिएका छन् । यो अवधिमा ५८ प्रतिशत महिला र ४२ प्रतिशत पुरुषले सेवा लिएका हुन् । सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास बोर्डमार्फत २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बमा कार्यक्रम सुरु गरेको थियो। बोर्डको तथ्याङ्क अनुसार तीन वर्षमा १५ लाख ७१ हजार ४…

अनौठो महिला, जसलाई कहिल्यै दुख्दैन

चैत्र २६, २०७५ - मङ्लबार   | नारी खबर

कुनै पनि मानिसको शल्यक्रिया गर्दा डाक्टरले पहिला दुखाइ कम गर्न पेन किलर दिन्छन् । तर ६५ वर्षकी एकजना महिलालाई जटिल शल्याक्रिया गर्ने क्रममा पनि कुनै पनि पेन किलर औषधि दिनुनपरेपछि डाक्टरहरु चकित भए । दाँया हातको शल्यक्रिया गर्ने क्रममा कुनै पीडा महशुस नभएपछि उनका ऐस्थिटिस्ट डाक्टर देवजित श्रीवास्तवले परीक्षणका लागि युनिभर्सिटी अफ कलेज लन्डन (युसिएल)…

महिलाका लागि मात्रै जिमहल : धेरै मोटाएपछि टिभि हेर्ने महिला जिम

चैत्र १९, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौं – ‘जिम जानुस्, जिउलाई राम्रो आकारमा ल्याउनुहोस्, खुसीसँग बाँच्नुहोस्’ पोष्टमा लेखिएको छ ‘पुरुषलाई अनुमति छैन ।’ यो टर्कीको इस्तानबुलस्थित उम्रानियको मा खोलिएको देशकै ठूलो बी–फिट जिमबाहिरको पोस्टर हो । त्यहाँ एकजना महलिा बेड्रिए ह्युल्यले महिलाको लागि मात्रै भनेर देशको सबैभन्दा ठूलो जिम हल बनाएकी छन् । उक्त जिम हहलमा महिला मात्रैको स्वामित्व छ भने…

रोग मन्त्रालय कि स्वास्थ्य मन्त्रालय ?

चैत्र १६, २०७५ - शनिबार   | डा. अरुण उप्रेती

स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययन २०७० ले नेपालमा मुटु रोग, क्यान्सर, मधुमेह जस्ता नसर्ने रोग बढेको देखाएको छ। अर्को एक अध्ययनले ४२ प्रतिशत मृत्यु नसर्ने रोगबाट भइरहेको देखाएको थियो। तर, यो ४२ प्रतिशतमा पर्नेको मृत्यु समाचारको विषय बनेको छैन। खराब जीवनशैली र बढी चिल्लो भएका पत्रु खाना नै यस्ता नसर्ने रोगको प्रमुख कारण भएकाले हरेकले…

आमा र बच्चाको ज्यान बचाउन आकस्मिक कोषको स्थापना

चैत्र ११, २०७५ - सोमवार   | नारी खबर

आमा र नवजातशिशुको मृत्युदर घटाउन बैतडीको दोगडाकेदार गाउँपालिकाले आकस्मिक कोषको स्थापना गरेको छ । गरीब, विपन्न तथा आर्थिक अभावले ज्यान जोखिममा रहेका महिला तथा शिशुको स्याहारसुसार र ज्यान जोगाउनको लागि कोषको स्थापना गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन् । “आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर कोष खडा गरेका होऔँ” उनले भनिन् “गरीब विपन्न…

छाउपडी अन्त्यका लागि पुरोहित र पुजारीलाई तालीम

चैत्र ११, २०७५ - सोमवार   | प्रेम रौले

छाउपडी प्रथा अन्त्यका लागि बाजुराकाे मा बडीमालिका नगरपालिकाले धाँमी, झाँक्री, पुरोहित र पुजारीलाई तालीम दिएकाे छ । समाजमा व्याप्त कुरीति, कुसंस्कार र अन्धविश्वास मानिँदै आएको छाउप्रथालाई हटाउन नगरपालिकाले सञ्चालन गरेकाे विशेष अभियान अन्तर्रगत तालिम दिइएकाे नगरपालिकाका उपप्रमुख कविता विष्टले बताइन् । समाजमा रहेका धाँमी, झाँक्री र पुरोहितले छाउपडी प्रथालाई कायम राख्न सहयोगीको भूमिका निर्वाह गर्ने…

सबैको रोजाइँ भरतपुर अस्पताल, एक वर्षमा १६ हजार सुत्केरी

चैत्र ११, २०७५ - सोमवार   | नारायण अधिकारी

चितवन – सरकारी अस्पताल भन्ने वित्तिकै प्रायः सबैको मनमस्तिष्कमा ढिलासुस्ती र प्रभावकारी सेवा उपलब्ध गराउन नसक्ने छाप परेको पाइन्छ । तर भरतपुरको सरकारी भरतपुर अस्पताल प्रसूति सेवाका लागि सबैको पहिलो रोजाइँ बन्ने गरेको छ । जिल्लाका ठूला वडामात्रै होइन, अन्य अस्पतालका चिकित्सकको पनि प्रसूति सेवाका लागि यो अस्पताल पहिलो रोजाइँमा पर्ने गरेको छ । काठमाडौंको…

एसईई दिने छात्रा परिक्षार्थीलाई सेनेटरी प्याड

चैत्र ८, २०७५ - शुक्रबार   | नारी खबर

स्याङ्जा – एसईई परिक्षा नजिकिँदै गर्दा गण्डकी प्रदेश सरकारले स्याङ्जाका छात्राहरुलाई सेनेटरी प्याडका लागि रकम उपलव्ध गराएको छ । परिक्षालाई लक्षित गरेर छात्रा परिक्षार्थीलाई गण्डकी प्रदेश सरकारले सेनेटरी प्याड खरिदका लागि ४० हजार रुपैंया उपलब्ध गराएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सेनेटरी प्याड खरिदका लागि सो रकम प्रदान गरेको थियो । स्याङजामा आयोजित…

बालविवाह र छोराको आश : महिलामा स्वास्थ्यमा गम्भिर समस्या

चैत्र ४, २०७५ - सोमवार   | नारी खबर

जाजरकोट – उमेर नपुग्दै आमा बन्दा र छोरा पाउने आशामा धेरै सन्तान जन्माउँदा बारेकोट गाउँपालिकाका महिलाका स्वास्थ्यमा बढी समस्या देखिएको छ । विवाह गर्ने उमेरसम्म दुईभन्दा बढी सन्तान जन्मदा महिलाको स्वास्थ्यमा विकराल समस्या आएको बारेकोट गाउँपालिका स्वास्थ्य तथा सरसफाइ उपशाखाका प्रमुख वीरराज सिंहले जानकारी दिए । उपशाखाले गाउँपालिकाको लिम्सामा गरेको स्वास्थ्य शिविरमा ९९ महिलामध्ये २३…

उपचार खर्च अभावमा जीवनप्रति माया मार्दै ७ वर्षिया छोरीकी आमा

चैत्र १, २०७५ - शुक्रबार   | नारी खबर

मिर्गौला प्रत्यारोपण गर्न पैसा नभएपछि जीवनप्रति माया मार्दै ७ वर्षिया छोरीकी आमा पाँचथर – दुवै मिर्गौला फेल भएपछि उपचार गर्ने रकम अभाव हुँद पाँचथरको हिलिहाङ गाउँपालिका–७ माझीटारकी २२ वर्षीया सरिता माझीको परिवार पीडामा परेको छ । उनलाई बचाउन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएको भएपनि कमजोर आर्थिक अवस्थाका कारण प्रत्यारोपण गरेर बचाउन सक्ने अवस्था नभएको उनका…

ती देवता कहाँ छन् ? जो महिनाबारीमा भित्र पस्दा रिसाउँछन!

फाल्गुन २९, २०७५ - बुधबार   | नरबहादुर रिजाल

तुलसी शाहीकी आमा धिर्जा शाहीको रजस्वला भएका बेला वर्षौदेखि छाउगोठमै बसेर अंध्यारो रात बिताउनुपरेको फरक अनुभव छ । छोरीलाई सम्झदै गहभरी आँसु पारेर धिर्जा भन्छिन्, “देवतालाई सन्तुष्ट बनाउने नाममा छाउगोठमा बस्छौँ, देवता खुशी बनाउने नाममा छोरीको मृत्यु भयो ।

पाठेघर सम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

फाल्गुन २९, २०७५ - बुधबार   | नारी खबर

बुटवल – रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् । महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार…

error: Content is protected !!