स्वास्थ्य

पाठेघर सम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

फाल्गुन २९, २०७५ - बुधबार   | नारी खबर

बुटवल – रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् । महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार…

महिनावारी हुँदा एकजना नेपाली महिलाको खर्च २ लाख १० हजार रुपैयाँ

फाल्गुन २४, २०७५ - शुक्रबार   | नारी खबर

नेपाली महिलाहरूले औषतमा आफ्नो मासिक आयको तीन प्रतिशत रकम महिनावारी हुँदा प्रयोग हुने सामग्रीमा खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । यो एशियाकै राम्रो अर्थतन्त्र भएका देशहरू सिङ्गापुर ९०।२२५० र दक्षिण कोरिया ९०।३४५० भन्दा झन्डै दश गुणाले बढी खर्च हो। बीबीसीले एशियाका विभिन्न १८ देशबाट सङ्कलन गरेको तथ्याङ्क विश्लेषणमा यस्तो आंकडा आएको हो ।…

अब प्रियंका र आयुष्मानले बाड्ने भए स्यानेटरी प्याड

फाल्गुन १४, २०७५ - मङ्लबार   | नारी खबर

खानेपानी मन्त्रालयले महिनावारी हुँदा महिलाले भोग्नु पर्ने समस्यासम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ।  मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका र आयुष्मानबीच भएको सहमतिअनुसार उनीहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो। खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण…

स्वास्थ्य बिमा धनी र गरीबका लागि एउटै छ:एमाले नेतृ झाँक्री

फाल्गुन १४, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौं– हाल नेपालमा लागू गरिएको स्वास्थ्य बिमामाथि प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीले प्रश्न गरेकी छिन् । समाजवाद उन्मुख राज्यमा लागू भएको बिमा बजारिया मोडेलको रहेको बताउँदै उनले प्रश्न उठाएकी छिन्। पूर्व स्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले स्वास्थ्य बिमाका विषयमा राखेको जरुरी महत्वको प्रस्तावमाथि छलफल गर्ने क्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘स्वास्थ्य बिमा…

स्कूलमा सेनेटरी प्याड झर्ने मेसिन, ज्ञानोदयका छात्रालाई सहज

माघ २८, २०७५ - सोमवार   | नारी खबर

भित्तामा निला-सेता फूल भएको ठूलो बाकस छ। बाकसमा केही पुतली उडिरहेका छन्। चारवटा प्वाल छन्। प्वालभित्र रातो प्रकाश। तलपट्टि खुत्रुकेजस्तै सानो प्वाल। बाकसमाथि लेखिएको छ- महिला सशक्तीकरण। यो राजधानीको बाफलस्थित ज्ञानोदय उच्च माविको दृश्य हो। हामीले त्यहाँका विद्यार्थी सिम्रिका तामाङलाई सोध्यौं, ‘के हो यो?’ ‘भेन्डिङ मेसिन,’ उनले खुत्रुकेको जस्तो प्वालमा एक रूपैयाँको सिक्का खसालिन्। मेसिनभित्र…

छाउपडी गोठमा बसे सेवासुविधा नदिने

माघ २४, २०७५ - बिहिबार   | नारी खबर

मार्तडी -पछिल्लो समयमा बाजुरा जिल्लामा छाउगोठ हटाउन विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन हुन थालेका छन् । एक महीना पहिले बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा छाउगोठमा आमा र दुई छोराको मृत्यु भएपछि छाउपडी गोठ भत्काउनाका साथै गोठमा आउने खतराका बारेमा अभिमुखीकरण कार्यक्रम हुन थालेका हुन् । जिल्लाको बडिमालिका नगरपालिका–८ रापकमा बुधबार छाउपडी कुप्रथाका बारेमा स्थानीयवासीलाई जानकारी गराइएको छ ।…

अब गर्भवतीको उद्धार हेलिकोप्टरबाटै, सरकारले छुट्यायो ३० करोड

पुस २८, २०७५ - शनिबार   | सुशील दर्नाल

काठमाडौँ – दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दा भुजेलले गर्भवती भएको ३२ हप्तामा शिशु जन्माईन । सामान्यतया ३५ हप्तामा पुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या भयो । शिशुलाई सदरमुकाम चरीकोटमा उपचार गर्न कठिन हुने भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेलिकोप्टरको सहायतामा सुत्केरी भुजेल र बच्चालाई तत्काल काठमाडौँस्थित महाराजगञ्जस्थित कान्ति…

बच्चा फाल्ने कुरालाई राम्रो मान्दैनन् , सहज छैन सुरक्षित गर्भपतन

पुस १०, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौँ — अनिश्चित गर्भ बसेपछि सिन्धुलीकी २५ वर्षीया एक महिला खुब आत्तिइन् । काखमा अर्को दुध खाइरहेको बच्चा थियो । घरको आर्थिक अवस्था कमजोर भएकाले अर्को बच्चा जन्माउन सुरक्षित लागेको थिएन उनलाई । काखमा बच्चा हुँदाहुँदै उनलाई अर्को बच्चा जन्माउने रहर पनि थिएन । गर्भपतनबारे उनले घरमा भन्ने आँट पनि भएन । ‘पेटको बच्चा फाल्ने कुरालाई राम्रो मान्दैनन् । अरुकै गर्भ…

छाउपडि मान्ने र मान्न लगाउनेलाई ६ महिना जेल र ३ हजार जरिवाना

पुस ९, २०७५ - सोमवार   | नारी खबर

अछाम – छाउपडि कुप्रथा न्युनिकरणका लागि बनेको कानुनको कार्यान्वन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । परम्परागत रुपमा मान्दै आएको कुप्रथा एउटाको मात्र समस्या नभएकाले यो कुप्रथालाई मान्ने र मान्न लगाउने ब्यक्तिलाई कानूनी कारबाहि गरे मात्र कम हुने बताएका हुन । सदरमुकाम मंगलसेनमा भएको छाउपडि सम्बन्धि राष्ट्रिय जाँचबुझ कार्यक्रममा अछामका न्यायधिश हरिप्रसाद कोईरालाले सरकारले…

यी नेपाली डाक्टर जसले दाँतबाटै मृतक र डोबबाट अपराधी पत्ता लगाउँछिन

पुस ४, २०७५ - बुधबार   | अञ्जु तामाङ

काठमाडौं – वि.सं. २०६९ असोज १२ गते मनोहरा खोलामा भएको सीता एयरको जहाज दुर्घटनामा १९ यात्रुको मृत्यू भयो । मृतक विदेशी नागरीक पनि भएकोले शवको सनाखत चाँडो गर्नुपर्ने थियो । तर शवहरु डढेर महिला पुरुष समेत छुट्याउन नसक्ने अवस्था थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पत्तालमा शवको सनाखत कसरी गर्ने भन्ने भईरहेको थियो । त्यो बेलाडा…

लोमान्थाङकी नर्स

मंसिर २८, २०७५ - शुक्रबार   | नारी खबर

लोमान्थाङ– ढुंगा र माटोले बनेका अग्ला पर्खालभित्र छ लोमान्थाङ वस्ती। अंग्रेजी एल आकारको उक्त वस्तीमा करिब १ सय २० घर छन्। कात्तिकको दोस्रो साता उक्त वस्तीमा पुग्दा केही घरमा ताला लगाइएको थियो भने केही घरमा ताला लगाइँदै गरेका दृश्य देखिन्थ्यो। चिसो मौसम सुरु भएका कारण त्यहाँका स्थानीय चिसो छल्न कोही पोखरा, कोही काठमाडौं त कोही…

क्यान्सरसँग लडिरहेकी यी दुई वर्षे बालिका, जसले खोजिरहेकी छिन् दुर्लभ रगत

मंसिर २८, २०७५ - शुक्रबार   | नारी खबर

दुई वर्षे जैनव मुघलको शरीरमा संसारकै दुर्लभ रगत छ। उनी अहिले क्यान्सरसँग लडिरहेकी छिन्। उनी बाँच्नको लागि ७ देखि १० रक्तदाताहरु तयार हुनुपर्छ। जुन अहिलेसम्म पाइएको छैन। किनकी जति उनी दुर्लभ छिन्, त्यति नै उनलाई चाहिने रगत पनि। उनलाई चाहिने रगत पाकिस्तानी, भारतीय र इरानी मूलका व्यक्तिहरुले दिन सक्छन्, जुन रगत जैनवसँग मिल्छ।विश्वको ४ प्रतिशतभन्दा कम…

फिजियोथेरापीको पढाइ छोडेकी नायिका

मंसिर २८, २०७५ - शुक्रबार   | नारी खबर

‘म एकदमै स्वस्थ छु।’ स्वास्थ्यसम्बन्धी कुरा गर्न आग्रह गरेपछि अभिनेत्री आश्मा गिरीको पहिलो प्रतिक्रिया थियो यो। न्यून रक्तचापबाट आफूलाई बेलाबेलामा समस्या उत्पन्न हुने विषय भने लुकाउन सकिनन् उनले। सुनाइन्, ‘म आफूलाई जहिल्लै स्वस्थ रहेको महसुस गर्छु। बाबा–ममीले बेलाबेलामा भन्नुहुन्छ, म शिशु अवस्थामा अलि रोगी थिएँ रे, तर अहिले तन्दुरुस्त छु। अहिले शारीरिक र मानसिक रुपमा…

सुन्दर देखिन चाहँदा यस्तो हाल, तीन गुणा ठूलो भयो ओठ

मंसिर २४, २०७५ - सोमवार   | नारी खबर

कृत्रिम सौन्दर्य उपचारका गुणभन्दा अवगुण धेरै हुन्छन् भन्नेबारे हामीमध्ये धेरैलाई थाहा छ तर हामी कहिलेकाँही बिर्सन्छौं कि यसको साइड इफेक्ट निकै भयानक पनि हुनसक्छ । यस्तै भएको छ ल्येइस्टेस्टरकी २९ वर्षे महिलालाई । राचेल न्याप्पियरले साथीको घरमा लिप फिलर इन्जेक्शन लगाएकी थिइन् । उनका अनुसार सुई लगाउँदा उनलाई यति दुख्यो कि उनी निकै चिच्याइन् ।…

नगरपालिकाकै महिलालाई बाटो र घरमै सुत्केरी हुनुपर्ने बाध्यता

भदौ १२, २०७५ - मङ्लबार   | प्रकाश सिंह

बैतडी – स्टेचरमा बोकेरै टाढाको स्वास्थ्यचौकी पु¥याउँदा पुर्चौडी नगरपालिका ९ तल्लादेहीकी २५ वर्षीया सिता ढुङगाना बाटैमा सुत्केरी भईन । बच्चा जन्मिएपनि साल अड्किएर बेहोस भएकी उनलाई स्वास्थ्यकर्मीले बाटोमै पुगेर उपचार गरे । तर अत्यधिक रक्तश्रावका कारण गम्भिर भएकी उनको स्वास्थ्यकर्मी बाटोमै नपुगेको भए अवस्था जोखिम थियो । ‘त्यही पुगेर सेवा नदिएको भए उनको अबस्था गम्भीर…

error: Content is protected !!