स्वास्थ्य

रोल्पाका महिला आङखस्ने रोगबाट पीडित

मंसिर २९, २०७३ - बुधबार   | नारी खबर

रोल्पा, २९ मङ्सिर । रोल्पामा आङ खस्ने रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका महिलामध्ये अधिकांशमा सो समस्या देखिएको हो । अघिल्लो आवमा सो सङ्ख्या ५८ रहेकोमा गत आवमा एकसय आठ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ…

बाँझोपन हुन सक्ने ५ कारण

मंसिर १२, २०७३ - आइतवार   | नारी खबर

महिला र पुरुषमा दुवैका कारणले हुने समस्या हो बाँझोपन । तर, हाम्रो समाजमा धेरैजसो दोष महिलालाई दिने गरिन्छ । यसको कारण पत्ता लगाएर समयमै उपचार गर्न सकिए धेरै हदसम्म समाधान गर्न सकिन्छ । महिलामा हुने समस्या महिलामा बाझोपना हुनुको प्रमुख कारण भनेको डिम्ब उत्पादन नहुनु हो । त्यस्तै गर्भ नबस्नुमा पाठेघरको नली बन्द हुने,  महिलाको…

गाउँमै उत्पादित सेनेटरी प्याड प्रयोग गर्दा महिला दङ्ग

कार्तिक ११, २०७३ - बिहिबार   | नारी खबर

भूकम्पपछि घटेको मनोबललाई ऊर्जामा बदलेर आयआर्जनमा लगाउने कार्य जर्मन विकास सहयोग (जिआइजेट) को रिकभरी कार्यक्रमले गरेको हो । यो कार्यक्रमले गाविसको सेमजोङ साना किसान सहकारी संस्थामा रहेका महिलालाई समेटेर प्याड बनाउने तालिम दिई उत्पादनका लागि रु पाँच लाख पर्ने मेसिन पनि उपलब्ध गराएको छ ।

चिनमा डाक्टर पढ्न गएकी छोरीको पत्र : आमा ! कन्डम प्रयोग गरीसकेपछि विसर्जन गर्ने ज्ञान हुनपर्छ

कार्तिक ६, २०७३ - शनिबार   | नारी खबर

यो पत्रमा धेरै पहिलेदेखि मेरो दिमागमा खेलेको कुरा खोल्न खोज्दैछु । सायद यो पत्र पढ्दा तपाईं एकपल्ट झस्कनु हुन्छ होला छोरीले आमालाई कसरी यस्तो विषयसँग सम्बन्धित पत्र लेख्न सकेको होला भनेर । ममतामयी आमा नमस्कार ! लामो समयको अन्तराल पछि पत्र कोर्दैछु । आरामै छु र आरामको कामना गर्दछु । तपाईंसँग भेटघाट नभएको पनि झण्डै…

यसरी बच्न सकिन्छ स्तन क्यान्सरबाट

कार्तिक ५, २०७३ - शुक्रबार   | नारी खबर

अक्टोबर महिनालाई क्यान्सरविरुद्ध चेतना जगाउने महिनाको रूपमा विश्वभर मनाइने गरिन्छ । विश्वमा ठूलो संख्यामा महिला स्तन क्यान्सरबाट पीडित रहेको पाइन्छ । समयमा नै आफ्नो स्वास्थ्यको बारेमा सचेत भएमा स्तन क्यान्सरजस्तो रोगबाट पनि बच्न सकिन्छ । बेलाबेलामा आफ्नो स्तनको आफैं परीक्षण गर्नाले पनि यो रोगलाई प्रारम्भिक चरणमै पत्ता लगाउन सकिन्छ । जसले गर्दा उपचार पनि सजिलो…

अस्पत्तालमा गर्भवतीको मृत्यु, डाक्टरको लापरवाही भएको परिवारको दाबी

कार्तिक १, २०७३ - सोमवार   | नारी खबर

अत्यधिक रक्तश्राव भएर विरामीको अवस्था गम्भीर भए पनि डा.सिंह वेवास्ता गर्दै बाहिर निस्केको र त्यसको केहीबेर पछि नै मृत्यु भएहो उनको गुनासो छ । पटक पटक विरामीको स्वास्थ्य अवस्थाको विषयमा अस्पताललाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको र त्यहाँबाट अन्यत्र रेफरसमेत नगर्दा मृत्यु भएको परिवारको दावी छ ।

बैतडीमा सुरक्षित प्रसुति सेवा बढ्यो

अशोज १४, २०७३ - शुक्रबार   | नारी खबर

बैतडी, १४ असोज । जिल्लामा सुरक्षित प्रसूति सेवा केन्द्रको सङ्ख्या १२० पुगेको छ । बिहीवार बैतडीको सित्तड गाविसमा सुरक्षित प्रसूति सेवा केन्द्रको उद्घाटन गरिएको छ । बर्थिङ सेन्टर निर्माण गरिसकेपछी सित्तडको खौलाबजारमा एक कार्यक्रमको आयोजना गरी बर्थिङ सेन्टरको उद्घाटन गरिएको स्वास्थ्य चौकी इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिनुभयो । योसँगै बैतडीमा एक सय २० बर्थिङ सेन्टर…

अर्घाखाँचीमा १२ सय ६४ महिला घरमै सुत्केरी

अशोज १३, २०७३ - बिहिबार   | नारी खबर

१३ असाेज, अर्घाखाँची – अर्घाखाँचीमा एक बर्षमा १२ सय ६४ महिला घरमै सुत्केरी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ  । २०७२ साउनदेखि २०७३ असार मसान्तस १२ सय ६४ जना महिला घरमै सुत्केरी भएका हुन् । सो अवधिमा २७ सय २२ बच्चा जन्मिएकोमा १४ सय ५८ जनाले मात्र स्वास्थ्य संस्थाबाट प्रसूती सेवा लिएको जिल्ला…

वार्षिक ८० हजारले सुरक्षित गर्भपतन गराउँछन्

अशोज १२, २०७३ - बुधबार   | नारी खबर

काठमाडौँ, १२ असोज । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मङ्गलबार प्रसूतिगृहमा आयोजना गरेको पत्रकारसम्मेलनमा वार्षिक ६ लाख गर्भवती हुनेमा ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको जानकारी दिइयो । प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमले सो…

महिनावारी हुदा विद्यालयमा अनुपस्थित

अशोज १०, २०७३ - सोमवार   | नारी खबर

  १० असोज भाेजपुर – भोजपुरको सानोदुम्मा माविले किशोरीबीच गरेको अध्ययनले ९० प्रतिशत किशोरीलाई महिनावारीले पढाइमा प्रतिकूल असर पर्ने गरेको देखाएको छ । भर्ना र हाजिरी खातामा छात्रको तुलनामा छात्रा सङ्ख्या बढी रहेको तर, विद्यालयमा छात्राहरुको उपस्थिति भने दोब्बर कम रहेको देखिएपछि विद्यालयले यस्तो अध्ययन गरेको हो । भोजपुरमा किशोरीहरुलाई विद्यालयमा सेनेटरी प्याड वितरणको योजना ल्याएपछि…

हस्पिटलले मृत्युको पुर्जा दिँदा उन्नाईस बर्षे कलिलो मन कस्तो भयो होला ?

अशोज ९, २०७३ - आइतवार   | नारी खबर

९ असाेज काठमाडौ –  जन्मेपछि मर्छु भन्ने सत्य कुरा भएपनि अाफ्नाे मृत्यूकाे समय विज्ञानले किटान गर्याे भने मान्छेले कस्ताे अनुभुति गर्ला । त्याे बेला अत्ताहस, पिडा, छटपटि कस्ताे हाेला ? धेरैले कल्पना गर्न नसक्ने कुरा हाे याे । बुढेसकालमा त बुढाबुढिले अाफै भन्ने गर्छन्, जीवन भन्दा मृत्यू प्याराे । तर किशाेरावस्था, यूवा अवस्था वा बयस्कअवस्थामा…

गहना बेचेर महिलाले बनाए चर्पी

अशोज २, २०७३ - आइतवार   | नारी खबर

यमुना खनाल २ असाेज, सिरहा – ‘बैठकमे आयल सर सवके बात सुइनक हम लज्जित भ शोकमे डुइव गेली’ (बैठकमा आएका सरहरूको कुरा सुनेर आफू लज्जित र शोक मग्न भएँ ) भोजनी मल्लिकले भनिन्, ‘शोकमे डुवल देखलाक बाद हमरा घरके लोक सव पुछलक जे कि भेलौ? आनदिन जेहन नैबाजै छे कियाक ? (शोक मग्न देख्दा मेरो घरका…

महिनावारी हुँदा यी खानेकुरा खानुस्, कम हुनेछ दुखाई

अशोज २, २०७३ - आइतवार   | नारी खबर

महिनावारीको क्रममा महिलाहरुलाई दुखाईका साथै थुप्रै प्रकारको शारिरिक र मानसिक समस्या झेल्नुपर्ने हुन्छ । यदि यी दिनहरुमा खानेकुरामा ख्याल राख्ने हो भने यी समस्याबाट बच्न सकिन्छ । महिनावारी भएका बेला के खानुपर्छ वा श्रीमती र प्रेमिकालाई कस्तो खानेकुरा ख्वाउनुपर्छ भन्ने बारे यहाँ जानकारी दिइएको छ । १. चकलेटः चकलेटमा म्याग्नेसियम र एन्र्डोफिन्सका साथै क्याफिन र…

error: Content is protected !!