हिँसा/पिडा

तीन युवती एकसाता देखि बेपत्ता

जेष्ठ १५, २०७६ - बुधबार   | नारी खबर

बर्दिया – मधुवन नगरपालिका–५ गाउँ नं ११ बाट तीन महिला एकसातादेखि बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित…

गाउँपालिका उपाध्यक्षबाट कुटिए प्रशासकीय अधिकृत

जेष्ठ ११, २०७६ - शनिबार   | नारी खबर

नुवाकोटको तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालले प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाललाई कुटपिट गरेकी छन् । आफूले सिफारिस गरेका योजनाको लागि बजेट दिन नमानेको भन्दै उपाध्यक्ष रिमालले कुटपिट गरेकाे दाहालले बताए । आफूमाथि कुटपिट र दुर्व्यबहार भएकाे भन्दै दाहालले प्रहरीमा जाहेरी दिएका छन् । रिमाल नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित उपाध्यक्ष हुन् । आफ्नै कार्यकक्षमा सेवाग्राहीका काम…

विदेश श्रीमान भएकी महिलालाई ५ वर्षसम्म बन्धक बनाएर बलात्कार

जेष्ठ ३, २०७६ - शुक्रबार   | नारी खबर

काठमाडौं – श्रीमान् विदेश रहेका बेला एक महिलालाई घरमै आएर जबर्जस्ती गरि आफ्नै घरमा लगेर ५ वर्षसम्म बन्दी बनाएर राखेको खुलाशा भएको छ । यो घटना विराटनगर रानीकी ३६ वर्षीया (नाम नखुलाएकी) एक महिलाको हो । २०५७ सालमा सर्लाहीको मलंगवामा विवाह भएको उनको २ वर्षपछि छोरा र उनलाई छाडेर श्रीमान् विदशे गए पश्चात श्रीमान् विदेश…

सहयाेग गर्ने बहानामा दिल्लीमा नेपाली महिलामाथि सामूहिक बलात्कार

जेष्ठ ३, २०७६ - शुक्रबार   | नारी खबर

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीय नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकामा आइतबार राति चारजनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती महिला मुम्बई पुगेपछि मात्र घटना बाहिर आएको हो । घटनालाई लिएर मुम्बईको ओसिवारा पुलिस थानामा एफआईआर दर्ता भएको छ । प्रहरी अनुसन्धानमा ती महिला मुम्बईमा रहेका आफ्ना दाजुलाई भेट्न भन्दै…

फेरी पर्सामा दुई महिला मृत फेला

बैशाख ३०, २०७६ - सोमवार   | नारी खबर

वीरगञ्ज – पर्साको छिपहरमाई गाउँपालिकामा एकै दिन दुईजना युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । छिपहरमाई गाउपालिका वडा नम्बर ३ बस्ने रमेश मुखिया बिनकी २२ वर्षीया श्रीमती बिन्दा देवी मुखिया र सोही गाउँपालिका वडा नम्बर २ का विलास महतोकी श्रीमती २० वर्षीया सन्तोषी महतो भुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ । आइतबार…

किशोरीहरुलाई यौन दुर्व्यवहार गरेर शिक्षक फरार

बैशाख २८, २०७६ - शनिबार   | नारी खबर

सिन्धुलीमाढी — सिन्धुलीको फिक्कल गाउँपालिका–३ सालघारीस्थित चण्डिका मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले सुतिरहेका किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेकाे खुलेकाे छ । ७ देखि ९ कक्षामासम्म अध्ययनरत चार किशोरीहरूलाई वैशाख १३ राती यौन दुर्व्यवहार गरेकाे पीडित किशोरीहरूले बताएका छन् । ‘हामी दिदीबहिनी सुतिरहेका थियौं । ढोका ढकढक गरेको आवाज आयो, को हो ? भन्दाभन्दै सरले लात्तिले हानेर ढोका खोलिसक्नुभएछ ।’ उनीहरूले…

बाणगङ्गा किनारमा भेटियो सुनिताको शव, श्रीमान पक्राउ

बैशाख १६, २०७६ - सोमवार   | नारी खबर

तौलिहवा – कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए…

धादिङ्गमा महिलाको दाइजोको निहुँमा हत्या आशंका

बैशाख १६, २०७६ - सोमवार   | मनीष दुवाडी

धादिङ – दाइजोको कारण महिलाको हत्या हुने घटना तराइमा मात्र सार्वजनिक भइरहेको बेला धादिङ्गको त्रिपुरासुन्दरीमा पनि त्यस्तै घटना घटेको छ । त्रिपुरासुन्दरी गाउँपालिका – ४, कार्की गाउँकी मेनुका न्यौपानेको दाइजोका कारण परिवारले हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । उनले ७ वैशाखमा विष पिएर मृत्यू भएको भन्दै परिवारले माइतीलाई खबर गरेका थिए ।…

शिक्षिका आफ्नै घरभित्रै मृत भेटिइन्, श्रीमान् फरार

बैशाख १५, २०७६ - आइतवार   | नारी खबर

काभ्रेको मण्डनदेउपुर–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको घरभित्रै शंकास्पद मृत्यु भएको छ। स्थानीय महादेव प्राविकी शिक्षिका सरिताको बिहीबार राति घरभित्रै ‘शंकास्पद’ मृत्यु भएको हो। शुक्रबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले शंका लागि प्रहरीलाई खबर गरेका थिए। घरभित्र उत्तानो अवस्थामा मृत भेटिएकी सरिताको शरीरभरी निलडाम भएको प्रहरीले जनाएको छ। स्थानीयले घरपरिवारबाटै उनको हत्या भएको आशंका…

दाइजाे नल्याएकाे भन्दै ३७ दिनमा दुई महिलाकाे हत्या, आगाे लगाएकी एक घाइते

बैशाख १४, २०७६ - शनिबार   | नारी खबर

सिराहाकी कञ्चन मण्डलकाे जीउँदै आगाे लगाएर र विरगन्जकी सुनिता यादवकाे कुटेर हत्या गरेका हुन् । मट्टीतेल खन्याएर आगो लगाइएकी धनुषाकी निर्मला यादवकाे ज्यान भने जोगिएको थियो।

प्रदेश पाँचमा ९ महिनामा २७९ महिला बलात्कृत, १५ सय घरेलु हिंसा

बैशाख ९, २०७६ - सोमवार   | नारी खबर

बुटवल- प्रदेश पाँचमा ९ महिनामा २७९ महिला बलात्कृत भएका छन् । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ती घटना भएको प्रदेश पाँच प्रहरी कार्यालय दाङले जनाएको छ । बलात्कारका घटना सबैभन्दा बढी दाङमा घटेका छन् । साउन १ गते देखि चैत्र मसान्तसम्म त्यस जिल्लामा ५२ जना महिला बलात्कारको शिकार भएका छन् । जसमा ४५ जना…

रहरमा शहर पसेकाहरु मानव बेचबिखनको उच्च जोखिममा

बैशाख ९, २०७६ - सोमवार   | नारी खबर

सुर्खेत – मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताइन् । “मानव बेचबिखन धेरै प्रकारले हुने गर्छ”, उपप्रमुख ढकालले भनिन्, “यसको अन्त्यका…

किशोरीलाई इन्जेक्सन लगाएर ७ जनाद्वारा सामुहिक बलात्कार

बैशाख ९, २०७६ - सोमवार   | नारी खबर

कैलालीको घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले सामूहिक बलात्कार गरेको छ। बलात्कारमा संलग्न सातमध्ये ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही पक्राउ परेका हुन्। अर्का एक जना…

बालविवाह : सर्लाहीको चुनौती

चैत्र २६, २०७५ - मङ्लबार   | नारी खबर

सर्लाही – सर्लाहीको गोडैता नगरपालिका र चन्द्रनगर गाउँपालिकामा बाल विवाह रोक्ने अभियान सुरु भएको छ । स्थानीय तहले अभियान चलाएर नगरपालिकामा बाल विवाह रोक्न थालेपछि अभिभावकहरु आफ्नो बालबालिकाको भारत बिहार प्रान्तको सितामढीमा गई विभिन्न विवाह मण्डपमा विवाह गर्न थालेपछि गोडैता नगरपालिका प्रमुखलाई बाल विवाह अभियान सञ्चालन गर्न समस्या भएको जनाइएको छ । बाल विवाह न्यूनिकरण…

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चैत्र २०, २०७५ - बुधबार   | नारी खबर

१३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी पक्राउ परेका हुन् । विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुर्व्यवहार…

error: Content is protected !!