हिँसा/पिडा

छोरी र बालिका बलात्कार आराेपमा दुई जना पक्राउ

चैत्र २०, २०७५ - बुधबार   | नारी खबर

हेटौंडा – मकवानपुरमा प्रहरीले बलात्कार आरोपमा दुई जनालाई पक्राउ गरेको छ । आफ्नै छोरीलाई करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति र नाबालिकालाई त्रास देखाई करणी गरको आरोपमा थाहानगरपालिका ६ का राजु बस्नेत पक्राउ परेका हुन् । प्रहरीका अनुसार हेटौडाका व्यक्तिले आफ्नी १७ वर्षकी छोरीलाई चार वर्षदेखि बलात्कार गरिरहेको आरोप छ । बुवाले…

बलात्कार आरोपमा २ जना पक्राउ

चैत्र १६, २०७५ - शनिबार   | नारी खबर

झापा –  झापाको कमल गाउँपालिका समयगढकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शम्शेर तामाङलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार तामाङले युवतीलाई घरनजिकै रहेको मकैबारीमा लगेर जबर्जस्ती करणी गरेको पीडित युवतीले बताएपछि उनका बुबाले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको डिएसपी श्रेष्ठले…

बलात्कार गर्ने बाबुलाई जेल, छोरीले शिशु जन्माइन्

चैत्र १६, २०७५ - शनिबार   | नारी खबर

धनकुटा — छोरी बलात्कार गरी गर्भवती बनाएका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैद सुनाएको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ भराउनेसमेत फैसला भनिएको छ । चौबिसे गाउँपालिकाका ती व्यक्तिले ८ महिनादेखि छोरीलाई बलात्कार गरी गर्भवती बनाएपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले अनुसन्धानपछि मुद्दा दायर गरेको…

लुगा धुन गएकी महिला मृत फेला

चैत्र १६, २०७५ - शनिबार   | नारी खबर

कञ्चनपुर – लुगा धुन खोला गएकी कञ्चनपुरकी एक युवती मृत फेला परेकी छन् । बेदकोट नगरपालिका, १ चम्फापुरकी राधा राना शनिबार मृत फेला परेकी हुन् । बिहान नजिकैको खोलामा लुगा धुन गएकी २० वर्षीय रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले लुगा धुँदै गर्दा एक्कासी मुर्छा…

डाक्टर श्रीमानको कुटाइबाट श्रीमती सुनिताकाे मृत्यु

चैत्र १५, २०७५ - शुक्रबार   | नारी खबर

काठमाडौं – गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमतीको मृत्यू भएको छ । श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी ३६ वर्षीया सुनिताको शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। पर्साको वीरगञ्ज महानगरपालिका–२० स्थायी घर भएका यादवले गत चैत ६ गते सुनितालाई कुटेर टाउको र शरीरभरि चोटपटक…

काठमाडाैंबाट छाेरी लिएर हिँडेकी शर्मिला ३९ दिनसम्म पर्वत पुगिनन्

चैत्र ११, २०७५ - सोमवार   | नारी खबर

काठमाडौंबाट पर्वत जान भनेर हिँडेकी एक महिला चारवर्षीया छोरीसहित एक महिनादेखि बेपत्ता भएकी छन् । गत फागुन २ गते काठमाडौंबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर हिँडेकी फलेवास नगरपालिका–२ थापाठानाकी २४ वर्षीया शर्मिला थापा ३६ दिनसम्म बेखबर बनेकी हुन् । शर्मिलालाई कक्षा ७ मा पढ्दै गर्दा १६ वर्षकै उमेरमा स्थानीय प्रकाश थापाले विद्यालयबाटै भगाएर विवाह गरेका…

विवाहको आश्वासनमा धोका दिने बढे : महिला आयोगमा ‘लिभिङ टुगेदर’ का उजूरी धेरै

चैत्र ८, २०७५ - शुक्रबार   | नारी खबर

विवाह गर्ने आश्वासन दिएर संगै (लिभिङ टुगेदर) बस्ने तर पुरुषले अन्तै बिबाह गरेपछि न्याय माग्दै राष्ट्रिय महिला आयोग धाउने यूवतिहरुको संख्या बढेको छ । महिला आयोगमा न्याय माग्नेहरुले आर्थिक नभई सम्बन्ध स्थापित गरीपाउँ भनेर उजुरी दिने गरेका छन् । विवाह गर्ने आश्वसनमा यौन शोषण गरेर पुरुषले धोका दिनेको संख्या बढेको आयोगले जनाएको छ। “दुई जनाको…

स्थानीय सरकारको राजश्वको श्रोत मदिरा : गुल्मीमा बलात्कार हत्याको कारक

चैत्र ६, २०७५ - बुधबार   | तिलाचन पाण्डे

गुल्मी– २६ पुस २०७५ मा गुल्मीको मालिका गाँउपालिका ७ का ७० वर्षीय हजुर बुवाले १३ वर्षीया नातिनीलाई बलात्कार गरि फरार भए। पटक–पटक बलात्कारमा पर्दै आएकी बालिकाले आफ्नो बुवालाई घटना बताएपछि बल्ल १३ माघमा प्रहरीकहाँ उजुरी पर्‍यो। बलात्कारपछि भागेर भारतको आसाममा बस्दै आएका उनलाई आफन्तको सुराकीको आधारमा घर फर्कदै गर्दा प्रहरीले २४ माघमा तम्घासबाट गिरफ्तार गर्‍यो…

गर्भ देखि नेता हुँदासम्म महिला हिँसा : भिरबाट घचेट्नेदेखि टिकट नदिनेसम्म

चैत्र ३, २०७५ - आइतवार   | नारी खबर

सन्तोषी (नामपरिवर्तन) वाग्लुङको पहाडी गाउँमा हुर्किइन । सात कक्षामा पढ्दा पढ्दै गाउँमा बाल विवाह भयो । १४ वर्षमै छोरी जन्माइन् । तर त्यसपछि दाइजो नल्याएको र छोरी जन्माएको निहुमा उनीमाथि पति र परिवारका सदस्यले कुटपिट शुरुगरे । यो त उनको देखिने हिँसा हो, आन्तरीक पिडा सुन्दा त आङ सिरीङ्ग हुन्छ । “ओछ्यान पर्दाको पीडा त…

रोजगारीमा गएका २० महिला विदेशका जेलमा, तीन जना अचेत

चैत्र १, २०७५ - शुक्रबार   | नारी खबर

विभिन्न चार देशका कारागारमा उनीहरु रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

३४ महिनामा १२५ बलात्कार, २ को हत्या

फाल्गुन ३०, २०७५ - बिहिबार   | ईश्वर दत्त बडू

बालिका, किशोरी र महिलामाथि हुने बलात्कार तथा हत्याका घट्ना बढ्दै गएको प्रहरीका भनाई छ ।

निर्मला हत्या प्रकरणः ६ प्रहरी धरौटीमा रिहा

फाल्गुन ३०, २०७५ - बिहिबार   | नारी खबर

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा पक्राउ ६ जना प्रहरी धरौटीमा रिहा भएका छन् । बिहीबार जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई रु पाँच/पाँच लाख धरौटीमा रिहाइको आदेश दिएको छ…

११ बर्षीया बालिका बलात्कार गरी हत्या गर्ने युवकलाई जन्म कैद

फाल्गुन २९, २०७५ - बुधबार   | नारी खबर

भोजपुर – जिल्ला अदालत भोजपुरले बालिका बलात्कार गरी हत्या गरेको अभियोगमा एक युवकलाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले साल्पासिलिछो गाउँपालिका – ५ दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला गरेको हो । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले गरेको फैसला अनुसार पीडक राईबाट मृतक बालिकाको…

चार महिनामा ५६ जनाको बालविवाह

फाल्गुन २४, २०७५ - शुक्रबार   | नारी खबर

केन्द्रीय बालकल्याण समितिले चार महिनामा ५६ जना बालबालिकाको उमेर नपुग्दै विवाह भएको तथ्यांक सार्वजनिक गरेको छ ।  तथ्यांक अनुसार गएको असार देखि कार्तिक महीनासम्म कालीकोट, बाँके, सुनसरी र झापालगायतका नौ जिल्लामा १० जना बालक र ४६ जना बालिकाको बालविवाह भएको हो । कालीकोटमा सबैभन्दा बढी २६ जना बालबालिकाको बालविवाह भएको छ ।  विभिन्न सञ्चारमाध्यममा प्रकाशित…

जङ्गलमा दाउरा, घाँस गर्न गएकी महिला बलात्कृत

फाल्गुन ११, २०७५ - शनिबार   | नारी खबर

बाजुरा – बाजुरामा जंगलमा दाउरा, घाँस गर्न गएकी महिला बलात्कारमा परेकी छन् । त्रिवेणी नगरपालिका–८ कालापनीमा शारीरिक तथा मानसिक अवस्था कमजोर भएकी राम्रोसँग बोल्नसमेत नसक्ने ४५ वर्षीया महिला बलात्कारमा परेकी हुन् । उनलाई जङ्गलमा दाउरा, घाँस गर्न गएको समयमा कालापनीका ५८ वर्षीय राम गिरीले बलात्कार गरेको प्रहरीले जनाएको छ । अभियुक्त गिरी पक्राउ परीसकेका छन्…

error: Content is protected !!