हिँसा/पिडा

कपिलवस्तुमा महिलाको हत्या

फाल्गुन ११, २०७५ - शनिबार   | नारी खबर

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गामा गए राति एक महिलाको हत्या भएको छ । वाणगङ्गा नगरपालिका–४ बस्दै आएकी ३२ वर्षीया अनिता पौडेलको हत्या भएको कपिलवस्तुको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए । स्थानीयले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । तर मृतकको शरीरको निधार र विभिन्न भागमा चोट देखिएकोले उनको गोली हानी हत्या गरिएको हो या…

बोल्न नसक्ने युवतीको सामुहिक बलात्कार

फाल्गुन ११, २०७५ - शनिबार   | नारी खबर

सप्तरी – सप्तरीमा बोल्न नसक्ने अपाङ्गता भएकी युवती बलात्कृत भएकी छन् । कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २० वर्षीया यूवतीलाई सोही ठाउँका २५ वर्षीय भीम मुखिया र ३५ वर्षीय भरत मुखियाले सामुहिक बलात्कार गरेका हुन् । उनीहरुले ललाइफकाइ कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको प्रहरीको आरोप छ । दुवैलाई पक्राउ गरि अनुसन्धान…

बलात्कारको आरोप लागेका वडा अध्यक्ष थुनामा

फाल्गुन १, २०७५ - बुधबार   | नारी खबर

नवलपुर – नवलपुरको एक महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका ४, का वडाअध्यक्ष झकबहादुर कुमालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । जिल्ला अदालत नवलपरासी पूर्वले सोमबार कुमाललाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो । गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली २, स्थित जंगलमा ती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा…

काठमाडौंमा यौन हिंसा : बसभित्रै अश्लील कृयाकलापको भिडियो

माघ १०, २०७५ - बिहिबार   | नारी खबर

काठमाडौं – काठमाडौंमा सार्वजनिक सवारी साधनभित्रै यौन हिँसा हुने गरेको प्रमाण सार्वजनिक भएको छ । डल्लु लगनखेल रुटमा चल्ने फोर्स गाडीभित्र अश्लिल कृयाकलाप गरी भिडियो खिचेर सार्वजनिक गर्ने व्यक्तिको प्रहरीले खोजी शुरु गरेको छ । के छ भिडियोमा ? भिडियोमा एकजना महिला सिटमा बसिरहेकी छन् । उनको पछाडीको सिटमा बसेको एक पुरुषले हस्तमैथुन गरी वीर्य…

मन्दिर प्रवेश गर्ने महिलालाई पतिले निकाले घरबाट

माघ ९, २०७५ - बुधबार   | नारी खबर

काठमाडौं – भारत केरलाको सबरीमला मन्दिरमा प्रवेश गरेर इतिहास रचेकी महिला कनकदुर्गालाई उनको पतिले घरनिकाला गरेका छन् । उनी ५० वर्षभन्दा कम उमेरकी एक महिलालाई लिएर सबरीमलामा अवस्थित स्वामी अयप्पाको मन्दिरमा प्रवेश गरेकी थिइन् । उनीमाथि स्वामी अयप्पाको मन्दिरमा प्रार्थना गरेर प्राचीन परम्परा तोडेको आरोप लागेको छ । रजस्वला हुने उमेरका महिलाहरुलाई सबरीमला मन्दिरमा प्रवेश…

बच्चा नजन्माएको भन्दै महिलालाई जिउँदै जलाउने प्रयास

माघ ८, २०७५ - मङ्लबार   | नारी खबर

विहार – भारतको विहारमा सोमबार साँझ चितामा राखेर एक महिलालाई जिउँदै जलाउने प्रयास भएको छ । महिलाका भाइका अनुसार उनकी दिदीको कोखबाट बच्चा नजन्मेको आरोपमा घरका मान्छेले जिउँदै जलाउने प्रयास गरेका हुन् । यो घटना स्थानीय भोजपुर जिल्लाको सारीपुर गाउँमा भएको हो । सोन नदीको किनारामा पहिला महिलामाथि कुटपिट भएको थियो भने पछि जलाउने प्रयास…

कुबेतमा बेचिएकी छोरीले ‘मम्मी म त मर्छु होला’ भन्ने म्यासेज पठाएपछि बाबु आमाको गुहार

पुस २८, २०७५ - शनिबार   | उमा पौडेल

सिन्धुली – एक वर्षदेखि काठमाडौंमा बसीरहेकी छोरी कुवेत पुगेको थाहा पाएपछि सिन्धुलीको मरिण गाउँपालिका ४ का कृष्णबहादुर भित्राकोटी खुसी नै थिए । १८ वर्षिया यूनिकाले त्यहाँ पुगेर फोन गरेपछि उनलाई लागेको थियो ‘छोरी कानुन अनुसार जान मिल्ने ठाउँमै पुगेकी होलिन् ।’ तर छोरी कुबेत पुगेको ९ महिनापछि आएको एउटा भ्वाईस म्यासेजले भने उनि छाँगाबाट खसेजस्तै…

पति विदेशमा, घरमा पत्नीलाई काटेर विभत्स हत्या

पुस १४, २०७५ - शनिबार   | नारी खबर

राजविराज – सप्तरीको सप्तकोशी नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ  । सप्तकोशी नगरपालिका–१० सन्तपुरका रमेश श्रेष्ठकी पत्नी २६ वर्षीया पदिकी शेर्पा श्रेष्ठको शव रक्ताम्य अवस्थामा शुक्रबार फेला परेको सप्तरी प्रहरीले जनाएको छ । जेठाजु सुजन श्रेष्ठका अनुसार धारिलो हतियारले मृतकको टाउकोमा दशौं पटक प्रहार गरेर हत्या गरिएको अवस्थामा चन्द्र नहरको शाखा रहेको…

सानीमालाई मसान चढेपछि, शरीरभरी तातो पन्यू

पुस १४, २०७५ - शनिबार   | नारी खबर

सुर्खेत – ‘म आन्टीको घरमा बस्थेँ। उहाँकी सानी छोरी बिरामी भई। आइतबार राति आन्टीले आमालाई बोलाउनुभयो। आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्नुभयो। आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो। मैले हारगुहार गरेँ। आमाले पनि केही भन्नुभएन। मलाई कसैले बचाएनन्।’ यो कुनै कथाकी पात्रको भनाइ होइन। सुर्खेत वीरेन्द्रनगर-२ की १८ वर्षीया अमृता बुढाको पीडा हो।…

कहाँ हराईन् विष्णु माझी ? ११ वर्षदेखि बाबुले छोरी भेट्न पाएनन्

पुस १४, २०७५ - शनिबार   | प्रतीक्षा काफ्ले

स्याङ्जा – कालीगण्डकी नदी किनारको पुरानो बस्ती । बस्तीभित्र पुग्ने जो कोही नयाँ मान्छेलाई लठ्ठीको सहारामा, हिँडडुलगर्ने एक होँचो कदको मान्छेले सोध्छन् – ‘‘कता हिँड्नुभो? आउनुस् न एकछिन बसौं। राष्ट्रिय कलाकार विष्णु माझीको घर आउनुभएको छ, बसौं न।’ अनि गुन्गुनाउँछन् – ताराबोटे बाटैमा लोटे, खस्यो टोपी टिपिदेऊ चाउकोटे …… गीतका ताराबोटे हुन उमेरले ५८ पुगेका…

बहुविवाह बदर हुने कानुनले ‘महिलालाई नै हानि’ : कसरी ?

पुस ११, २०७५ - बुधबार   | नारी खबर

काठमाडौं – बहुविवाह स्वतः बदर गराइदिने कानुनी प्रावधानले घुमाउरो तरिकाले महिलाहरू नै थप पीडित हुने जोखिम बढाएको अधिकारकर्मीहरूले बताएका छन्। नेपाली समाजमा रहेको एउटा कुरीति बहुविवाहलाई निरुत्साहित गर्ने भन्दै गत भदौदेखि लागु भएको देवानी संहितामा दोस्रो विवाह स्वतः बदर हुने व्यवस्था गरिएको छ। झुक्याएर दोस्रो विवाह गरिएकी महिलाको विवाह बदर हुँदा उनले फेरि विवाह गर्ने…

विवाह मण्डपमै पूर्वप्रेमीले कुटे बेहुली र परीवार , बेहुली गम्भीर

पुस १०, २०७५ - मङ्लबार   | नारी खबर

तेह्रथुम — तेह्रथुमको फेदाप गाउँपालिका ३ जलजलेमा पूर्व प्रेमी पक्षका युवाहरुद्वारा विवाह मण्डपमै बेहुली माथी सामूहिक कुटपिट भएको छ । कुटपिटबाट २२ वर्षीया बेहुली प्रतिक्षा सम्बाहाम्फे गम्भीर घाइते भएकी छिन् । झडपमा परी अन्य ३ जना पनि घाइते भएका छन् । गएराति भव्यरुपमा वैवाहीक समारोह भैरहेका बेला समूहमा आएका युवाहरुले विवाह मण्डपमै बेहुली माथी आक्रमण…

६ वटी छोरी जन्माएको भन्दै महिला घर निकाला

पुस ८, २०७५ - आइतवार   | नारी खबर

जुम्ला – लगातार ६ वटी छोरी जन्माएको भन्दै जुम्लाकी एक महिलालाई घरबाट निकालिएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–६, लुड्कीकी झनमाया रोकाया गत कात्तिक महिनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महिनाको गर्भवती अवस्थामा श्रीमान् गंगाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् । श्रीमानले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते…

विदेश पठाउने प्रलोभनमा महिलालाई भारत लैजाने पक्राउ

पुस ४, २०७५ - बुधबार   | नारी खबर

नवलपरासी –  नवलपरासी प्रहरीले महिला बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्वको गैडाकोट नगरपालिका १७ बस्ने निसा बोटे र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ६ बस्ने जिवन बिकलाई   जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेकाे हाे ।  पक्राउ गरिएका दुवै जनामाथि मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका…

निर्मला हत्या प्रकरणमा थप प्रहरीमाथी कारबाही हुने

पुस २, २०७५ - सोमवार   | नारी खबर

काठमाडौँ — निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रहरीको भूमिकाबारे अध्ययन गर्न बनेको समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रतिवेदन बुझाएको छ । एआईजी धिरु बस्न्यातको नेतृत्वमा बनेको समितिले सात सय पृष्ठको प्रतिवेदन बुझाएको हो । प्रहरी प्रधान कार्यालयका एसपी रामदत्त जोशीले समितिले प्रतिवेदन बुझाएको र त्यसको अध्ययन पछि प्रहरी प्रधान कार्यालयले आगामी कदम चाल्ने बताए…

error: Content is protected !!