हिँसा/पिडा

हिंसा नियन्त्रणका लागि विद्यालयबाट अभियान थाल्नुपर्छ:उपप्रमुख खड्गी

मंसिर २४, २०७५ - सोमवार   | नारी खबर

लैङ्गिक हिंसा अन्त्यका लागि व्यापकरुपमा चेतनामूलक कार्यक्रम गर्नुपर्छ”, हिंसाविरुद्धको १६ दिने अभियानमा कडीकडाउसँग लाग्नुपर्छ ।”

एक महिनामा १ सय ८० महिलामाथि हिंसा, ४३ बलात्कृत

भदौ १२, २०७५ - मङ्लबार   | नारी खबर

ललितपुर – गएको साउन महिनामा मात्रै एक सय ८० महिला हिंसामा परेका छन् । ओरेकका अनुसार २०७५ साउन महिनामा मात्रै १ सय ८० महिला हिंसामा परेका हुन् । त्यी मध्ये ४३ जना किशोरी तथा महिलाहरु बलात्कृत भएका छन् । जसमा २५ जना १८ वर्ष भन्दा कम उमेरका बालिका तथा किशोरी छन् । ६ जनामाथि बलात्कारको…

सप्तरीमा युवतीमाथि सामूहिक बलात्कार

भदौ १२, २०७५ - मङ्लबार   | नारी खबर

सप्तरी – सप्तरीमा मेला हेरेर फर्केकी एक युवती सामूहिक बलात्कारमा परेकी छन् । रक्षाबन्धनको दिन खड्ग नगरपालिकाको अर्नाहामा लागेको मेला हेरेर घर फर्किने क्रममा ६/७ जनाले सामूहिक बलात्कार गरेको भन्दै शम्भुनाथ नगरपालिकाकी २० वर्षकी युवतीले प्रहरीमा उजुरी दिएकी हुन् । मेला चलिरहेका बेला एक्कासी पानी पर्न थालेपछि साथीहरुसँग छुटेकी उनी ९ बजेतिर घर जाने क्रममा…

सुन्धाराको डान्सबारमा काम गर्ने यूवतीको प्रेमीसंगै रहेको बेला रहस्यमय मृत्यू

भदौ ११, २०७५ - सोमवार   | नारी खबर

काठमाडौं – काठमाडौंको सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने एक युवतीको रहस्यमय मृत्यु भएको छ । तारकेश्वर नगरपालिकाको शेषमतीमा डेरा गरी बस्दै आएकी २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको आइतबार राति मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा प्रेमी सागर कार्कीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले…

कानुनी बिहे गरेको ३ वर्षसम्म घरमा नलगेपछि युवती समस्यामा

भदौ ६, २०७५ - बुधबार   | नारी खबर

सप्तरी – विवाह गरेपछि पनि परिवारले स्वीकार नगर्दा राजविराज नगरपालिकाकी एक युवती समस्यामा परेकी छन् । राजविराज नगरपालिका ७ हटिया निवासी राजीव दासले स्थानीय कविताकुमारी साहसँग विवाह गरे पनि घर लैजान नमान्दा उनी समस्यामा परेकी हुन् । राजीवले २०७२ साल पुस २४ गते सप्तरी जिल्ला अदालतमा कवितासँग कानुनी विवाह गरेका थिए । विवाह गरे पनि…

दुई किशोरी बलात्कार गरिएको आरोपमा सात जना पक्राउ

भदौ ६, २०७५ - बुधबार   | नारी खबर

चितवन – दुई किशोरी बलात्कार गरिएको आरोपमा चितवन प्रहरीले सात जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका ११ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पाँच र माडी नगरपालिका ३ की १५ वर्षीया किशोरी बलात्कारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। भरतपुर ११ की किशोरी ३० गते बलात्कृत भएकी थिइन्। दुई दिन खोजी गरेपछि उक्त घटनामा संलग्न…

देशमा तीन महिनामा ३२ बालबालिकाको हत्या, २३ बालबालिका बेचिए

भदौ ६, २०७५ - बुधबार   | नारी खबर

काठमाडौं –   बितेका तीन महिनाको अवधिमा नेपालमा  ३२ बालबालिकाको हत्या भएको छ । गत चैतदेखि असारसम्म उनीहरूको हत्या हुनु डरलाग्दो भएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ । उनीहरूमध्ये ७ जनाको अपहरणपछि हत्या भएको छ । अवैध सम्बन्धका कारण ९ जनाको, सौतेनी आमाबाबुबाट १० जनाको र घरायसी कलहका कारण ६ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३८ प्रतिशत बालक,…

तीन महिनामा १ सय २० बालबालिका बलात्कारजन्य घटनाबाट पीडित

भदौ ६, २०७५ - बुधबार   | सन्तोष भट्टराई

काठमाडौं – बालबालिकामाथि हुने यौनदुर्व्यबहार , बलात्कारलगायत हिंसाले विकराल रूप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म (३ महिनाको अवधिमा) १ सय २० जना बालबालिका यौन दुव्र्यवहार र बलात्कारजन्य घटनाबाट पीडित भएका छन् । केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनअनुसार ५७ जना बालबालिका चैत महिनामा मात्रै पीडित भएका छन् । दुईजना बालक जर्मन नागरिकबाट यौन दुर्व्यबहारमा परेका छन् भने…

विदेशमा बेचिएका चेली भन्छन – विदेशमा मर्न चाहन्नौँ, तर बाँच्ने आशा छैन

बैशाख २७, २०७५ - बिहिबार   | गगनशिला खड्का

‘कहिलेकाहीँ त सोँच्छु जीउँदो फर्किन नपाएपनि मरेपछि त मलाई नेपाल पु¥याउँछकि जस्तो लाग्छ,’ भारतको बाटो हुँदै २८ महिना अघि सिरीयामा पुगेकी बुढाले रुदै भन्छिन ‘कहिले सोच्छु जीउँदो फर्किएँ भने आमा र छोरीलाई भेट्न पाउँछु कि भन्ने पनि लाग्छ ।’

ट्राफिक प्रहरीले सेक्सका लागि जंगल पुर्‍याएकी युवतीको बाटोमै मृत्यु

चैत्र १४, २०७४ - बुधबार   | नारी खबर

सुर्खेत–अन्यायमा परेको व्यक्ति सबैभन्दा पहिले न्याय पाउने आशमा प्रहरीकहाँ पुग्छ । जाहेरी दिन्छ र न्याय नपाए अदालतको ढोका ढकढकाउन पुग्छ । तर सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरमा एसइई परीक्षा दिइरहेकी छात्रा गोरीकला रोकायाको हकमा त्यसको ठीक विपरित भयो । उनले सुरक्षित हुने महसुस गरे पनि प्रहरीका कर्मचारी नै उनको मृत्युको कारक बनेका छन् । जिल्ला प्रहरी…

बलात्कारबाट गर्भवती भएकी महिलाको झुण्डाएर हत्या प्रयास

चैत्र ५, २०७४ - सोमवार   | नारी खबर

धरान- बलात्कारबाट गर्भवती भएकी एक महिलालाई दुई युवकले झुण्ड्याएर हत्या गर्ने प्रयास गरेका छन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुति विभागमा उपचार भइरहेको छ । वेहोस अवस्थामा प्रतिष्ठानको प्रसुति विभागमा फागुन २८ गते पुर्‍याइएकी ति महिलाको गर्भबाट चिकित्सकले करिव नौ महिनाको मृत बच्चा निकालेका थिए । बच्चा जम्मा एक किलो चार…

नारी दिवसकै दिन बोक्सीको आरोपमा बाबाले मच्चाए वितण्डा,रमिते गाउँले (भिडियो सहित)

फाल्गुन २५, २०७४ - शुक्रबार   | नारी खबर

काठमाडौ-बिहीबार देशभर धुमधामसँग अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थिए । पुरुषहरुले पनि महिलालाई समान व्यवहार गर्ने मात्र होइन, महिला हिंसाविरुद्ध हातमा हात मिलाएर लड्ने प्रतिवद्धता जनाए । तर, कैलालीको घोडाघाडी नगरपालिका(५ देउकलीमा भने २० वर्षीया एक युवती भने लगातार ६ घन्टासम्म कुटपिटमा परिन् । आफूलाई भोले बाबा बताउनले ताण्डव नृत्य देखाइरहँदा सिंगो वस्तीका मानिस घेरा हालेर…

सुन्धाराको होटलमा युवती मृत फेला

फाल्गुन १३, २०७४ - आइतवार   | नारी खबर

काठमाडौँ – सुन्धाराको एक होटलमा शनिबार बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मृतक शर्मिला राउतका प्रेमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरु विपिन मैनाली र असव सेवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राति ३ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा होटलमा पुगेका उनीहरुमध्ये युवती र खड्का एउटै कोठामा…

ल्याण्डमार्क बलात्कारकाण्डका नार्इके डिएसपीकै साथी

माघ २३, २०७४ - मङ्लबार   | नारी खबर

काठमाडौं – कमलादीस्थित ल्याण्डमार्क होटल एण्ड अपार्टमेन्टमा भएको बहुचर्चित सामूहिक बलात्कार घटनाका अभियुक्तहरु महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन इन्चार्ज डिएसपी तिलक भारतीकै साथी भएको खुलेको छ । घटनाका मुख्य नाइके विकास गौतम र दीपक श्रेष्ठ डिएसपी भारतीकै पुराना साथी भएको अनुसन्धानमा खुलेको छ ।आफ्नो पुरानो साथी भएकै कारण बलात्कार जस्तो गम्भीर घटनामा मिलापत्र गराउन डिएसपी…

भक्तपुरमा ५ वर्षीया बालिका बलात्कृत

माघ २३, २०७४ - मङ्लबार   | नारी खबर

काठमाडौं – भक्तपुरमा एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । चाँगुनारायण नगरपालिका–४ घर भई भक्तपुर नगरपालिका–६ कमलबिनायक बस्ने ५ वर्षीया बालिका गत पुष ३० गते बलात्कृत भएकी हुन् । ललितपुर बुङमति घर भई हाल भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने १८ वर्षीय बसन्त तामाङले बलात्कार गरेको पीडित बालिकाका अभिभावकले बताएका छन् । अभिभावकले प्रहरीमा निवेदन दिएसँगै…

error: Content is protected !!