हिँसा/पिडा

रक्सीले श्रीमति नचिनेपछि

कार्तिक ७, २०७४ - मङ्लबार   | नारी खबर

उदयपुर – ताप्लिगाउँपालिका–४ खोलागाउँ बस्ने ३२ वर्षीया ज्ञानकुमारी मगर पतिको कुटाइबाट गम्भीर घाइते भएकी छिन्। घरायसी विवावादको कारण सोमबार झम्पबहादुर मगरले ज्ञानकुमारीलाई निर्घात कुटेको प्रहरी चौकी रूपाटारले जनाएको छ। स्थानीय विद्यालयका शिक्षक मोहन बुढाथोकीका अनुसार झम्पबहादुरले मादक पर्दाथ खाई श्रीमतीसँग विवाद गरेका थिए। कुटपिटबाट शरीरको विभिन्न भागमा गहिरो चोट लागेकाले ज्ञानकुमारीलाई उपचारका लागि विराटनगर लगिएको…

ससुराको सेक्स अफर नमानेपछि…

कार्तिक ६, २०७४ - सोमवार   | नारी खबर

बैदेशिक रोजगारीमा रहेका शोभाका श्रीमान् एक महिना अगाडी मात्र घर आएको शोभाले बताइन् । श्रीमान् बिदेशमा हुँदा ससुराले विभिन्न कारणले पटक–पटक मानसिक यातना र दुःख दिंदै आएकोे शोभाले बताईन् ।श्रीमान बैदेशिक रोजगारीमा गएका बेला ससुराले शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र नमान्दा कुटपीट गर्ने गरेको उनले प्रहरीलाई बयान दिएकी छन् ।

ओमनमा अलपत्र १७ दिदीबहिनी तिहार सम्झेर रुँदै

कार्तिक ४, २०७४ - शनिबार   | नारी खबर

मस्कट – धेरै दिदीबहिनी दाजुभाईलाई टिका लगाउन फूलमाला र रोटी बोकेर तँछाड मछाड गर्दै काम गरीरहेका छन्, भाईटिका लगाईदिन भ्याईनभ्याई छ । तर सिन्धुपाल्चोकी रीता वाईवा ओमन राजदुतावासमा शरण नेपालको त्यो रमाईलो सँझदै बसीरहेकी छन् । ‘‘मलाई त १२ हजार दिर्हाममा बेचेको रे’  वाईवाले भनिन ‘नेपाल जान्छु भन्दा १२ हजार दिराम माग्छ ।’ झन्डै ५०…

एक वर्षमा हजार बलात्कारका घटना

कार्तिक १, २०७४ - बुधबार   | नारी खबर

काठमाडौं  – एकवर्षको अवधिमा देशभर १ हजार जवर्जस्ती करणीका घटना घटेका छन् । आर्थिक बर्ष २०७३–०७४ मा एक हजार १ वटा जवरजस्ती करणीका घटना घटेको नेपाल प्रहरीले जनाएको छ । जवर्जस्ती करणीको घटना गत आर्थिकवर्षको भन्दा ३८ वटा बढी हो । आर्थिक वर्ष ०७२–७३ मा ९ सय ६३ वटा घट्ना घटेका थिए । त्यस्तै ०७१–७२…

‘कतिधेरै बोल्न मन लाग्थ्यो, बुढासंग, छोराछोरीसंग। तर उनीहरू फोन गर्नै दिँदैनथे’

साउन १४, २०७४ - शनिबार   | मनोज खतिवडा

हप्तामा जम्माजम्मी एकदिन घरमा फोन गर्थेँ। सुतेको बेला फोन गरेको थाहा पाएपछि मध्यराति उठेर पनि ताराले गाली गर्थी। पहिला कराउँथी र झापड हान्थी।

छोरीको ईज्जतका लागि चर्पि बनाउँदा यूएईमा बेचिईन नेपाली चेली

साउन २, २०७४ - सोमवार   | उमाकान्त पाण्डे

‘हुर्केका छोरी छन् कति दिन खेतको आलीमा दिसापिसाव गर्नु भनेर घर फुसको भएपनि पक्कि चर्पी बनाएको ’ ‘खातुनले आँशु झार्दै भनिन एक त विदेश गएको भनेपछि गाउँलेले राम्रो नजरले हेर्दैनन्, झन मलाई के आइलाग्यो ।’

एउटा पत्रकार महिलाको पिडा – ‘समाचार लेखिस् भने जिउँदो रहन्नस्’

असार २, २०७४ - शुक्रबार   | लीला श्रेष्ठ 

सूर्यविनायक–३ र मध्यपुर थिमि नगरपालिका–३ को सिमानामा पर्ने हनुमन्ते खोला फर्काइँदै छ भन्ने खबर शुक्रबार मध्यरातमा थाहा भयो । तत्कालै भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (एसपी), डीएसपी, नगरपालिकाका नवर्निवाचित प्रमुख लगायतलाई फोन गरेर बुझ्न खोजेंँ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठबाहेक कसैले पनि फोन उठाएनन् । प्रमुख जिल्ला अधिकारी र एसपीको त फोन…

रसुवामा दलित महिलाका ६ पद खाली, दलले उम्मेदवार नै उठाएनन

जेष्ठ ४, २०७४ - बिहिबार   | नारी खबर

रसुवा – स्थानीय तहको निर्वाचनअन्तर्गत रसुवाको तीनवटा गाउँपालिकाका ६ वटा वडामा दलित महिला सदस्य पद रीक्त रहेको छ । ति पदहरुमा दलित महिला सदस्यको कोटामा मनोनयनपत्र नै दर्ता नहुँदा छवटा सदस्य पद रिक्त हुन पुगेको हो । गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ , ४, कालिका गापाको वडा नं १ र नौकुण्ड गापाको वडा…

लुम्बिनी अस्पतालमा गर्भवतीको मृत्यु

चैत्र २२, २०७३ - मङ्लबार   | नारी खबर

बुटवल-  सुत्केरी हुन भर्ना भएकी महिलाको मृत्यु भएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा तनाव भएको छ । बुटवल-११ न्यु दर्गानगरकी २७ वर्षीय मीना बुढामगरको मृत्युपछि उनका आफन्तहरु विरोधमा उत्रिएका हुन् । उपचारमा भएको बेवास्ता र लापरबाहीले गर्भवती महिलाको मृत्यु भएको आफन्तहरुको आरोप छ । दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आफन्तहरुले अहिले अस्पताल परिसरमा धर्ना दिएका…

आफ्नै प्रेमीबाट मारीईन प्रेमीको लागि ब्यापारी अपहरण गरीदिने यूवति

चैत्र १०, २०७३ - बिहिबार   | नारी खबर

काठमाडौं – व्यापारी अपहरण प्रकरणमा पोल खुल्ने डरले अपहरणकारीले आफ्नै प्रेमिकाको गरेको पाइएको छ ।  हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने अपहरण र हत्याका मुख्य अभियुक्त अझै फरार छन् । महानगरीय प्रहरी अपराध महाशाखाले विहिबार पत्रकार सम्मेलन गरी व्यापारी श्यामसुन्दर अग्रवालको अपहरणमा संलग्न राधिका श्रेष्ठको हत्या उनकै प्रेमी तथा अपहरणका योजनाकार प्रकाश…

यूएई पुगेका अधिकाँस महिला तस्करको फेला परेको खुलासा, ज्यान बचाउन भाग्दै दुतावास पुग्दै

चैत्र १०, २०७३ - बिहिबार   | उमाकान्त पाण्डे

दलालमार्फत अवैधानिक रुपमा कतिपय नेपालबाटै र कतिपय भारत हुँदै श्रीलंका तथा युएई र यहाँबाट ओमान सम्म पुग्ने गरेका छन् । ओमान पुर्‍याइएका महिलालाई केही दिन घरमा काम गराउने र फेरि युएईमै फर्काएर अलपत्र पार्ने गरेका छन् ।

नेपाली महिलाको छाला तस्करी गरेर लिङ्ग र स्तनमा प्लाष्टिक सर्जरी

चैत्र ७, २०७३ - सोमवार   | सोमा बसु

अमेरिकामा छाला तन्तुबाट एल्लडर्म तथा अन्य यस्तैखाले वस्तु उत्पादन गरिन्छ। यी उत्पादन पुरुष लिङ्गको साइज बढाउने, महिलाको स्तन साइज बढाउने, ओठ समायोजन गर्ने, आगोले डढेको भाग छोप्नेजस्ता काममा प्रयोग गरिन्छ।

उपसेनानीले नै श्रीमतीलाई बोक्सीको आरोपमा घरनिकाला गरे

फाल्गुन २६, २०७३ - बिहिबार   | नारी खबर

गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम ल्याएको निहुँमा बोक्सीको आरोप लगाई घर निकाला गरेको आरोप छ ।

ग्रामिण क्षेत्रका अपांग महिला र बालिकाहरु विभेदको दोहोरो चपेटामा

फाल्गुन २४, २०७३ - मङ्लबार   | नारी खबर

काठमाडाैँ – ग्रामिण क्षेत्रका अपांग महिला र बालिकाहरु विभेदको दोहोरो चपेटामा परेको तथ्याँक सार्वजनिक भएको छ । अपांगताको क्षेत्रमा काम गर्ने व्यक्तिहरुले यस्तो विवरण सार्वजनिक गर्दै उनीहरुको समस्याप्रति दातृ निकाय र सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताएका छन् । १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अष्ट्रेलियन दुतावास, अपांग महिला संघ र संचारिका समूहद्धारा आज काठमाडौंमा…

जिम्मेवारी दोब्बर तर ज्याला न्यूनतम किन ?

फाल्गुन २४, २०७३ - मङ्लबार   | नारी खबर

दोलखा – ज्याला मजदुरी गर्ने श्रीमान लडेर घाईते भएपछि अपाङ्ग श्रीमान र ४ छोराछोरी पाल्ने जिम्मा आलम्पु गाविसकी देवी थामी आफैमाथी आईप¥यो । अरु महिलाले जस्तै सामान्य काम गर्दा कम ज्याला होला भनेर उनले मेहनेतका साथ घर ढलानको काम पनि सिकिन् । अहिले उनी संगै काम गर्ने पुरषहरुजस्तै उनीपनि घर ढलान, टाईपिङ र डण्डी बाँध्ने…

error: Content is protected !!