कला

मायामा कुपोषण

चैत्र ७, २०७३ - सोमवार   | सरला गौतम

नाकको डाँडीमा चस्मा अड्याँउदै मास्टर्नीले बिल्याक बोर्डमा लेखिन्ः ‘मायामा कुपोषण।’ ‘तोइट! टाइटल बबाल! अगाडि बेन्चमा चिँउडोमा हात अड्याएर बसेको चारआँखे (चस्मे) ले सटाइलमा कमेन्ट गरो। बन्द गर्या ढोका चुइयाँ करायो। हैट झक्स ब्रोले इन्ट्री मार्यो। उसका बाजेका पालामा जसरी कापी बटारेर कागजबाट तेल निकाल्छ कि जस्तो गरी हातमा समात्या छ। अन्डरवेयरको कलर र प्यान्टको कलर…

बलिउडकी जुही चावला नेपाली फिल्ममा

माघ २६, २०७३ - बुधबार   | नारी खबर

नेपाली फिल्म ‘मेरो पैसा खोइ?’मा बलिउडका कलाकारहरु जुही चावला र राजपाल यादवको समेत अभिनय देख्न पाइने भएको छ। रोज राणाको निर्माण गर्ने सो फिल्मको निर्देशक विवेक शर्मा पनि भारतीय नै हुन्। उनको निर्देशनको हिन्दी फिल्म ‘भूतनाथ’ले चर्चित छ। ‘मेरो पैसा खोइ?’ को छायाङ्कन मङ्लबारदेखि राजधानीमा सुरु भएको हो। जुही र राजपाल अतिथिको भूमिकामा देखिने यस फिल्ममा सौगात…

अब चाही बस्ने भो रेखा र आर्यनको माया

माघ २६, २०७३ - बुधबार   | नारी खबर

काठमाडौं- सबिर श्रेष्ठले नायिका रेखा थापा र नायक आर्यन अधिकारी लिएर फिल्म को ‘कसो कसो माया बस्यो’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । लभ स्टोरी फिल्ममा रेखा र आर्यनको मुख्य भूमिका रहनेछ । फिल्मको छायाँकन आउँदो बैशाखदेखि सुरु हुने निर्देशक तथा निर्माता श्रेष्ठले जानकारी दिएका छन् । काईट्स् ईन्टटेन्मेण्टको ब्यानरमा रामहरी धितालसँगको सहकार्यमा सविरले…

‘नेपालकी तेरिया भनेर चिनिन चाहन्छु’

माघ २६, २०७३ - बुधबार   | नारी खबर

काठमाडौं- भारतीय सिनियर डान्स स्टारबीचको ठूलो प्रतियोगिता ‘झलक दिखला जा’ जितेकी तेरिया फौजामगरले आफू नेपालकी तेरिया बन्न चाहेको बताएकी छन् । यसका लागि केही समय भारतमै बसेर करिअर बनाउने पनि उनको योजना छ । ‘नेपालीको साथ र माया लिएर त्यहाँ काम गर्नेछु,’ मंगलबार यहाँ आयोजित सम्मान कार्यक्रममा उनले भनिन्, ‘किनभने म तेरिया मात्र नभई नेपालकी…

गायिका अरुणा लामाको सम्झना अलग आर्टमा

माघ २३, २०७३ - आइतवार   | नारी खबर

ललितपुर – अलग आर्ट हबले गायिका अरुणा लामाको १९ औं स्मृति दिवसको अवसर पारेर शनिबार साङ्गीतिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गायक, गायिका तथा वाद्यवादक गरी ३५ जनाको समूहले लामाका चर्चित गीतहरु प्रस्तुत गरेका थिए। कलाकारहरुमा एन्जिला सिं श्रेष्ठ, पार्वती राई आभा मुकारुङ, झुमा निरौला, कुवेर नेपाली, रेवत राई, कर्ण लामा, सङ्गीतकार मण्डल साम्पाङ, गायिका…

उत्तर बाहिनी मन्दिरमा रेखाले गरिन् ‘बिबाह’

माघ १७, २०७३ - सोमवार   | नारी खबर

काठमाडौं – बेहुली बन्ने रहर पाल्दै आएकी अभिनेत्री रेखा थापाको सो रहर पनि पुरा भएको छ । अर्थात उनी बेहुली बनेकी छन् । रेखा रियल लाइफका लागि नभएर रिल लाइर्फका लागि बेहुली बनेकी हुन् । सोमबार उत्तरबाहिनी मन्दिरमा चलचित्र ‘हिरो रिटन्र्स’ अभिनयका लागि उनी बेहुली बनेकी हुन् । बेहुली भेषमा राम्ररी सजिएकी उनले सोही भेषमा…

तेरियाले जितिन् झलक दिखला जाको ताज

माघ ७, २०७३ - शुक्रबार   | नारी खबर

भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि नेपाली चेली तेरिया मगरले जितेकी छिन् ।अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकाे बलिउड अनलाइन ‘बलिउड लाइफ’ ले जनाएकाे छ । तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् । विशेषगरि, तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको…

अर्घाखाँचीमा नाचेर नथाक्ने अमृता हलिउडमा जम्दै

माघ ३, २०७३ - सोमवार   | नारी खबर

नर्वे- झन्डै अढाई दशकअघि पश्चिम अर्घाखाँचीको खाँचिकोट र कपिलवस्तुस्थित पुख्र्यौली घर गाउँका स्थानीय भाकामा नाचेर नथाक्ने अमृता आचार्य यतिबेला पश्चिमी दुनियाँमा आफ्नो शानदार अभिनयको चमत्कार देखाउँदै छिन्। युरोपमा कहलाएका नेपाली मुलका चिकित्सक प्रो. डा. गणेश आचार्य र युक्रेनी मुलकी आर्किटेक्ट आमा लारिसा आचार्यको कोखबाट २९ वर्षअघि जन्मिएकी अमृताको बाल्यकाल नेपालमै बित्यो। म अहिले आफ्नो कर्मभूमी अमेरिका,…

अस्मिता, २५ वर्षमै छाडेपछि यमबुद्धले

माघ ३, २०७३ - सोमवार   | नारी खबर

काठमाडौं – मञ्चमा यमबुद्ध भनेर चिनिने अनिल अधिकारीकी श्रीमती अस्मिता सेढाईंको २५ वर्षको उमेरमा नै वैवाहिक जीवन उजाडिएको छ । उनको फेसबुक प्रोफाइलले उनी हाल लण्डनमा सिभिल इन्जिनियरिङ गरिरहेको बताउँछ । अंग्रेजी नयाँ वर्षमा अन्तिम पटक फेसबुक स्टेटस अपडेट गरेकी उनले फेसबुकमा विभिन्न तस्बिरहरु अपलोड गरेकी छिन् । उनले डिसेम्बर १७ तारिखमा आफूले २५ वसन्त…

कथा : छोडपत्र

माघ १, २०७३ - शनिबार   | नारी खबर

सागर न्यौपाने ‘बिहे गरेको पाँच वर्ष पछि उसले आज धोका दियो,’ जावलाखेलको एउटा रेष्टुरेन्टको कुनाको सीटमा बसेर उसले भनी। उसँगै दोहोरो माया गाँसिएपछि उसकै प्रभावमा म पनि नेपाली जनतालाई मुक्ति दिने ‘नयाँ जनवादी राज्यव्यवस्था’ ल्याउन हिडेको थिएँ, अध्यारो बाटो अदृश्य भएर। वेटरले टेवलमा राखिदिएको कफीको चुस्की लिँदै ऊ आफ्नो विगत सुनाउन थाली। ‘तर ! बिहे…

हरेक नारीलाई ‘हिम्मतवाली’बनाउँछु: नायिका रेखा थापा

पुस २२, २०७३ - शुक्रबार   | नारी खबर

दाङ–माओवादी  केन्द्र त्यागेर राप्रपा राजनीतिमा प्रवेश गरेकी नायिका रेखा थापाले प्रत्यक नारीलाई ‘हिम्मतवाली’ बनाउने आफ्नो राजनीतिक मिशन भएको बताएकी छिन्। हिम्मतवाली नायिका थापाले घोराहीमा जागरण अनलाई मिडियाले शनिबार गरेको पत्रकार सम्मेलनमा भनिन्, ‘म जस्तै हरेक नारीलाई हिम्मतवाली बनाउने मेरो राजनीतिक मिशन हो।’ चलचित्रमा मात्रै महिलाका सवालमा देखाएको शक्ति अब बास्तविक जीवनमै देखाउने उनको प्रण छ।…

सरिता लामिछाने कांग्रेस प्रवेश गर्दै

पुस ६, २०७३ - बुधबार   | नारी खबर

६ पुस, काठमाडौं— रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेको चर्चा सेलाउन नपाउँदै चर्चित कलाकारहरुले नेपाली कांग्रेस प्रवेशको तयारी गरेका छन्। सरिता लामिछाने एक बेलाकी चर्चित हिरोइन हुन्। पछिल्लो समय फिल्मको पर्दाबाट हराउँदै गएकी उनी राजनीतिक मञ्चमा देखिन लागेकी हुन्। रामकेशर बोगटी, नायिका सरिता लामिछाने र रिस्ता बस्नेत तथा कलाकार प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको…

मनिषा कोईराला काँशी गईन

पुस २, २०७३ - शनिबार   | नारी खबर

२   पुस,   एजेन्सी – एक कार्यक्रमका लागि कासी पुगेकी नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पत्रकारसँग कुरा गर्न अस्विकार गरेकी छिन् । गंगा घाटमा डुङ्गा चढ्ने क्रममा जब पत्रकारले उनलाई प्रश्न सोधे तब उनले एउटै जवाफ दिइन्, ‘मलाई मेरो व्यक्तिगत जीवन बाँच्न दिनुहोस् ।’ डुङ्गा चढ्दै गर्दा मनिषाले साथीहरुसँग सेल्फी लिइन् र पुजाआजा गरिन् ।…

पूर्व आइजीपीसँग बिहे गरेपछि हराएकी मिथिला ‘आमा’

पुस १, २०७३ - शुक्रबार   | नारी खबर

१ पुस, काठमाडौ – पुर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरासँग बिबाह गरेपछि अभिनयबाट हराएकी अभिनेत्री मिथिला शर्मा अहिले म्युजिक भिडिया अभिनयमा देखिएकी छन् । गायक राजा केसीको आमा प्रर्ति सर्मपित ‘आमा..’बोलको गीत माथी बनेको म्युजिक भिडियोमा उनी देखिएकी हुन् । गायक केसी राजाको उक्त गीतको भिडियोमा आमा प्रतिको प्रेम देखाइएको छ । भिडियोमा मिथिला आमाको भुमिकामा देखिएकी…

महोत्तरीकी गृहिणीले जितिन् अमेरिकामा उपाधि

पुस १, २०७३ - शुक्रबार   | नारी खबर

एक दशकअगाडि जलेश्वर नगरपालिका–१५ सुगाका शम्भु ठाकुरसँग विवाह भएपछि मैथिल समुदायमा नवविवाहिता बुहारीलाई घर बाहिर निस्कनु र काम गर्नुलाई नकारात्मक दृष्टिकोणले हेर्दा उनलाई कला देखाउन निकै नै गाह्रो भएको उनले सुनाइन् ।

error: Content is protected !!