समाचार

परिक्षा दिएर फर्कँदै गरेकी छात्राको बाटैमा करेन्ट लागेर मृत्यु,

जेष्ठ ९, २०७६ - बिहिबार   | नारी खबर

गुल्मी – गुल्मीको मालिका गाउँपालिकामा करेण्ट लागेर कक्षा ११ को परिक्षा दिएर फर्कदै गरेकी एक छात्राको मृत्यु भएको छ । मालिमा -१ नेटा, भलखाँडाकी विनिता रसाइलीको मालिमा ५ छापहिलेकाे रँग भन्ने ठाउँमा करेण्ट लागेर मृत्यु भएको इश्मा प्रहरी चौकीले जनाएको छ । उनी सँगै रहेकी मालिका गाउँपालिका ६ अर्जेकी जुना विक गम्भिर घाइते भएकी छन् ।…

विद्यालय हिँडेकी छात्रा चारदिनदेखि बेपत्ता

जेष्ठ ९, २०७६ - बिहिबार   | नारी खबर

काठमाडौं – काठमाडाैंकाे बसुन्धराबाट विद्यालय हिँडेकी छात्रा चारदिनदेखि हराएकी छन् । इलामकाे सुर्योदय नगरपालिका १ गोर्खे घर भइ काठमााडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा कक्षा ९ मा अध्ययनरत  १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि हराएकी हुन्। मामा टेकराज खत्रीको घरमा बस्दै आएकी श्रेया सोमबार बिहान ६ बजे ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया घर नफर्किएको दिदी अनिता…

भरतपुरमा महिला पोलिटेक्निक कलेज खुल्ने

जेष्ठ ८, २०७६ - बुधबार   | नारी खबर

चितवन – भरतपुरमा महिलाका लागि मात्रै अध्ययन लक्षित गरी पोलिटेक्निक कलेज स्थापना हुने भएकाे छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले भरतपुर महानगरपालिका–२३ जगतपुरमा कलेज सञ्चालन गर्ने भएकाे हाे । कलेजका लागि महानगरपालिकाले सरस्वती माध्यमिक विद्यालय पछाडि पाँच बिघा जमीन महिला पोलिटेक्निकका लागि उपलब्ध गराएको छ । महानगर प्रमुख रेनु दाहालले आउँदो शैक्षिक…

दुई महिने छाेरी हत्या अभियोगमा आमा पक्राउ

जेष्ठ ३, २०७६ - शुक्रबार   | नारी खबर

गुल्मी – दुई महिनाकी नवजात शिशुको हत्या अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीया जुना विक रहेको प्रहरीले जनाएको छ ।  आमाकै काखमा मृत्यु भएकाे शिशुलाई हत्या गरेको हुन सक्ने आशङ्कामा परिवारले खबर गरेपछि जुनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी…

राष्ट्रपतिद्वारा ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा

बैशाख ३०, २०७६ - सोमवार   | नारी खबर

जनकपुरधाम – प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले खुलेरै प्रशंसा गरेकी छन् । राष्ट्रपति भण्डारीले सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी पुगेकी छन् । जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘यो अभियान सही ढँगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’ यो अभियानलाई सामाजिक चेतना र…

यौन व्यवसायमा संलग्न १ सय २५ जना पक्राउ

बैशाख ३०, २०७६ - सोमवार   | नारी खबर

काठमाडौं – नेपाल प्रहरीले काठमाडौंका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर अनैतिक क्रियाकलाप गर्न खोज्ने १२५ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी…

पूर्वसांसद गायत्री साह पतिसहित पक्राउ

बैशाख २२, २०७६ - आइतवार   | नारी खबर

काठमाडौं – पूर्व सांसद् गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा बच्चा छाडेको भन्दै मेडिसिटी अस्पतालले दिएको किटानी जाहेरीका आधारमा उनीसहित उनका पति राजेश महताेलाई पनि पक्राउ गरेकाे ललितपुर प्रहरीका डिएसपी रवीन्द्र सिंह धानुकले बताए। अस्पतालको लापरबाहीका कारण डाउन सिण्ड्रोम भएको बच्चा जन्मिएको भन्दै उपचारको सम्पूर्ण जिम्‍मा अस्पतालले नै लिनु पर्ने पूर्वसांसद शाहले माग…

एएफसी छनोट : नेपाली महिला टोली बाहिबाहिरियो

बैशाख १६, २०७६ - सोमवार   | नारी खबर

काठमाडौं नेपाली यू–१९ महिला राष्ट्रिय फुटबल टोली म्यानमारमा जारी एएफसी यू–१९ च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएको छ । एएफसी कपका लागि पहिलो चरण पार गरे पनि नेपाली टोलीले दोस्रो चरणको छनोटमा उल्लेख्य प्रदर्शन गर्न नसक्दा छनोट चरणबाटै बाहिरिन पुग्यो । दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ४–० ले पराजित भएसँग नेपाल बाहिरिएको…

समावेशीताको सबैभन्दा धेरै वकालत गर्ने (नेकपा) मा जम्मा तीन जना महिला अध्यक्ष

बैशाख १५, २०७६ - आइतवार   | नारी खबर

समावेशीताको सबैभन्दा धेरै वकालत गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्लामा जम्मा तीन जना मात्र महिलालाई अध्यक्षको जिम्मेवारी दिएको छ । गत सोमबार सार्वजनिक गरेको जिल्ला अध्यक्षहरुमध्ये मकवानपुर, काभ्रे र लमजुङमा मात्रै महिला अध्यक्ष बनेका छन् । तिनमा मकवानपुरकी मुनु सिग्देल, काभ्रेकी रुकु चौलागाई र लमजुङकी मधु अधिकारी छन्। तीन मध्ये मकवानपुरकी सिग्देलले पूर्व एमालेको…

जग्गा देखाएर १५ जनाबाट ३३ लाख ठग्ने महिला पक्राउ

बैशाख १४, २०७६ - शनिबार   | नारी खबर

स्याङ्जा – स्याङ्जामा ३३ लाख ठगी आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। जग्गा बेच्ने भन्दै १५ व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले पुतलीबजार नगरपालिकाकी सुनीता थापालाई पक्राउ गरेको हो। थापाका नाममा पुतलीबजार नगरपालिका–३, आम्बोटमा सडकले छोएको मूल्यवान घरसहितको जग्गा दिउँला भनी विभिन्न समयमा रकम लिएको आरोपमा यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका थिए।…

कपडा किन्न गएकी किशोरी एकसातादेखि बेपत्ता

बैशाख १३, २०७६ - शुक्रबार   | नारी खबर

सप्तरी – कपडा किन्न भनेर घरबाट निस्केकी किशोरी एकसातादेखि बेपत्ता भएकी छन् । सप्तरीको रुपनी गाउँपालिकाका विष्णुदेव सरदारको १६ वर्षीया छोरी आरती सरदार गत चैत्र ३० गतेदेखि बेपत्ता भएकी हुन् । छोरी घर नआएपछि आमा, बुबा र आफान्तजन चिन्तित रहेको स्थानीय बृजमान तामाङले बताए। आरतीको फोटो बोकेर उनका आफन्तजन स्थानीय प्रहरी चौकी र आफन्तको घरघरमा…

डडेल्धुरामा बस दुर्घटना : दुई महिलासहित पाँचको मृत्यु

बैशाख ११, २०७६ - बुधबार   | नारी खबर

डडेल्धुराको साउखर्कमा बस दुर्घटना हुँदा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङतर्फ गइरहेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस बिहान पौने पाँच बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ पुरुष र दुई महिला रहेको भएपनि पहिचान खुल्न सकेको छैन । दुर्घटनामा २५ जनाभन्दा…

राष्ट्रपति भण्डारी आज चीन प्रस्थान गर्दै, रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा छलफल हुने

बैशाख ११, २०७६ - बुधबार   | नारी खबर

राजकीय भ्रमणको लागि  राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्दै छिन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमणमा निस्कन लागेकी हुन्। नेपाल वायुसेवा निगमको विमानमा अहिले बिहान ११ बजे राष्ट्रपति चीन प्रस्थान गर्ने कार्यक्रम छ। गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेर चीन जान लागेको यो पहिलोपटक हो। भ्रमण टोलीमा परराष्ट्रमन्त्री…

नेपाली महिला फुटबल टोलीले चिनियाँ टोलीसँग मैत्रिपूर्ण खेल खेल्ने

चैत्र २९, २०७५ - शुक्रबार   | नारी खबर

काठमाडौं- नेपाली यू-१९ राष्ट्रिय महिला फुटबल टोलीले चिनको प्रान्तस्तरको यू-१९ महिला फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। एएफसी यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत छनोटको दोस्रो चरणको प्रतियोगिताअघि नेपाल र चिनबीच मैत्रिपूर्ण खेल हुन लागेको हो। छनोटमा समूह ‘ए’मा रहेको नेपालले म्यानमार, अस्ट्रेलिया र उज्वेकिस्तानसँग खेल्ने छ। प्रतियोगिता अप्रिल २६ तारिखदेखि सुरु हुनेछ। नेपालले अप्रिल २६ तारिखमा…

महिला क्रिकेट लिगको मिति सर्‍याे, अब जेठमा हुने

चैत्र २९, २०७५ - शुक्रबार   | नारी खबर

काठमाण्डाै – क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको महिला क्रिकेट लिगको मिति सरेको छ । यसअघि चैत्र २३ गतेबाट हुने भनिएको प्रतियोगिता अब जेठमा हुनेछ । आयोजक क्वीन्स इभेन्ट्सले विज्ञप्ति जारी गर्दै नयाँ मिति जेठ ३ देखि ११ गतेसम्म ताेकेको छ । यसअघिको मितिमा प्राविधिक कारणले प्रतियोगिता सारेको क्वीन्स इभेन्ट्सले जनाएको छ ।    काठमाण्डौको कीर्तिपुर मैदानमा हुने प्रतियोगिता ५…

error: Content is protected !!