समाचार

कपडा किन्न गएकी किशोरी एकसातादेखि बेपत्ता

बैशाख १३, २०७६ - शुक्रबार   | नारी खबर

सप्तरी – कपडा किन्न भनेर घरबाट निस्केकी किशोरी एकसातादेखि बेपत्ता भएकी छन् । सप्तरीको रुपनी गाउँपालिकाका विष्णुदेव सरदारको १६ वर्षीया छोरी आरती सरदार गत चैत्र ३० गतेदेखि बेपत्ता भएकी हुन् । छोरी घर नआएपछि आमा, बुबा र आफान्तजन चिन्तित रहेको स्थानीय बृजमान तामाङले बताए। आरतीको फोटो बोकेर उनका आफन्तजन स्थानीय प्रहरी चौकी र आफन्तको घरघरमा…

डडेल्धुरामा बस दुर्घटना : दुई महिलासहित पाँचको मृत्यु

बैशाख ११, २०७६ - बुधबार   | नारी खबर

डडेल्धुराको साउखर्कमा बस दुर्घटना हुँदा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङतर्फ गइरहेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस बिहान पौने पाँच बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ पुरुष र दुई महिला रहेको भएपनि पहिचान खुल्न सकेको छैन । दुर्घटनामा २५ जनाभन्दा…

राष्ट्रपति भण्डारी आज चीन प्रस्थान गर्दै, रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा छलफल हुने

बैशाख ११, २०७६ - बुधबार   | नारी खबर

राजकीय भ्रमणको लागि  राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्दै छिन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमणमा निस्कन लागेकी हुन्। नेपाल वायुसेवा निगमको विमानमा अहिले बिहान ११ बजे राष्ट्रपति चीन प्रस्थान गर्ने कार्यक्रम छ। गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेर चीन जान लागेको यो पहिलोपटक हो। भ्रमण टोलीमा परराष्ट्रमन्त्री…

नेपाली महिला फुटबल टोलीले चिनियाँ टोलीसँग मैत्रिपूर्ण खेल खेल्ने

चैत्र २९, २०७५ - शुक्रबार   | नारी खबर

काठमाडौं- नेपाली यू-१९ राष्ट्रिय महिला फुटबल टोलीले चिनको प्रान्तस्तरको यू-१९ महिला फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। एएफसी यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत छनोटको दोस्रो चरणको प्रतियोगिताअघि नेपाल र चिनबीच मैत्रिपूर्ण खेल हुन लागेको हो। छनोटमा समूह ‘ए’मा रहेको नेपालले म्यानमार, अस्ट्रेलिया र उज्वेकिस्तानसँग खेल्ने छ। प्रतियोगिता अप्रिल २६ तारिखदेखि सुरु हुनेछ। नेपालले अप्रिल २६ तारिखमा…

महिला क्रिकेट लिगको मिति सर्‍याे, अब जेठमा हुने

चैत्र २९, २०७५ - शुक्रबार   | नारी खबर

काठमाण्डाै – क्वीन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको महिला क्रिकेट लिगको मिति सरेको छ । यसअघि चैत्र २३ गतेबाट हुने भनिएको प्रतियोगिता अब जेठमा हुनेछ । आयोजक क्वीन्स इभेन्ट्सले विज्ञप्ति जारी गर्दै नयाँ मिति जेठ ३ देखि ११ गतेसम्म ताेकेको छ । यसअघिको मितिमा प्राविधिक कारणले प्रतियोगिता सारेको क्वीन्स इभेन्ट्सले जनाएको छ ।    काठमाण्डौको कीर्तिपुर मैदानमा हुने प्रतियोगिता ५…

यी हुन् विश्वका सबैभन्दा धनी सात महिला

चैत्र २४, २०७५ - आइतवार   | नारी खबर

विश्वका सबैभन्दा धनी व्यक्ति र उनकी श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि सम्पत्तिको बाँडफाँटको कुरा पनि ठूलो हुने नै भयो। एमेजनका मालिक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तबारे पनि सहमति गरे। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको छ। सम्बन्धविच्छेदपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अन्लाइन…

ठगी गर्ने कम्पास रिक्रुटमेन्टकी मेनेजर पक्राउ

चैत्र २०, २०७५ - बुधबार   | नारी खबर

काठमाडौं – कामदार भिसा भन्दै झुक्याएर भिजिट भिसामा विदेशमा मान्छे पठाउने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापालाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीमा काम गर्ने उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म लिएर विदेश पठाउने गरेको प्रहरीले…

ओलम्पिक महिला फुटबलमा आज नेपाल र म्यानमार भिड्दै

चैत्र २०, २०७५ - बुधबार   | नारी खबर

काठमाडौं – ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा पनि म्यानमारसँग नेपालले १-१ गोलको बराबरी खेलेको थियो…

समानुपातिक कोटा र उपप्रमुख मात्र किन ?

चैत्र १६, २०७५ - शनिबार   | नारी खबर

पोखरा – गण्डकी प्रदेशका ६० प्रदेशसभा सदस्य मध्ये २० जना महिला छन् । उनीहरु मध्ये प्रत्यक्ष निर्वाचन जितेर आउने तनहुँकी आशा खनाल र म्याग्दीकी नरदेवी पुन मात्रै हुन् । बाँकी समानुपातिक निर्वाचन प्रणालीबाट आएका हुन् । महिलालाई प्रत्यक्ष निर्वाचनमा किन टिकट दिइएन ? दिए पनि जित्ने सम्भावना कम भएका ठाउँमा मात्रै किन दिइयो ? महिला…

घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

चैत्र १५, २०७५ - शुक्रबार   | नारी खबर

तनहुँ – तनहुँमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।  लडेर गम्भीर घाइते भएकी देवघाट गाउँपालिका–२ बैदीकी २५ वर्षीया रुपीमाया वंशी ठकुरीको उपचारका लागि दमौली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी ठकुरी बिहीबार साँझ रुखबाट लडेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइते रुपीमायाको दमौली अस्पतालमा उपचारका लागि…

सशस्त्रले जित्यो महिला भलिबलको उपाधि

चैत्र १५, २०७५ - शुक्रबार   | नारी खबर

काठमाडौं – महानिरीक्षक कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । शुक्रबार हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको फाइनल खेलमा न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै सशस्त्रले उपाधि जितेको हो । सशस्त्रले खेल २५–१२, २५–११ र २५–११ को सोझो सेटमा जित्यो । योसँगै सशस्त्रले एकै वर्षमा खेलेका ११…

नबिल नारी : ३.९४% ब्याजमा ऋण

चैत्र १५, २०७५ - शुक्रबार   | नारी खबर

काठमाडौं – नबिल बैंकले ३.९४ प्रतिशत ब्याजमै ऋण दिने गरी नयाँ स्किम ल्याएको छ। महिलाले चलाएको लघुउद्यममा नबिलले १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने छ।  बैंकले महिलाकै लागि डेढ करोड रुपैयाँसम्म ऋण दिने अर्को स्किम पनि ल्याएको छ। यसको ब्याज ९.९९ प्रतिशत छ। ब्याज दर एक बर्षसम्म नबढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी…

सञ्चार माध्यममा महिलालाई चुनौती बढी

चैत्र १५, २०७५ - शुक्रबार   | नारी खबर

सञ्चार माध्यममा महिलाको सहभागिता बढ्न नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । क्रियाशिल पत्रकार महिला चितवनले बिहीबार आयोजना गरेको ‘मिडियामा महिला सहभागिता, चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा वक्ताले महिलाको सहभागिता बढाउन सबैले सहयोग गर्नुपर्ने बताएका हुन् । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य सृजना अर्यालले सम्भावना भएर पनि चुनौतीहरु चिरेर मिडियामा प्रवेश गर्ने क्रम बढ्न नसकेको…

महिलाले बनाए गाउँभरि पदमार्ग

चैत्र ९, २०७५ - शनिबार   | नारी खबर

नाचगान गरेर जुटाएको पैसाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका महिलाले पदमार्ग निर्माण गरेका छन् । गाउँमा आउने लाहुरेलाई स्वागत, विवाह, छेवारमा नृत्य देखाएर जम्मा गरेको पैसाले गाउँभरि ढुङ्गाको सिढीसहितको पदमार्ग निर्माण गरेका हुन् । जनजागृति आमा समूहको नेतृत्वमा ९ लाख ६३ हजार ८७० रूपैयाँमा डेढ मिटर चौडाइ भएको एक किलोमिटर पदमार्ग निर्माण गरिएको समूहकी सदस्य मायादेवी…

झापाका चारवटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष

चैत्र ८, २०७५ - शुक्रबार   | नारी खबर

झापा – पर्सि चैत १० बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि झापामा चार महिला केन्द्राध्यक्षमा तोकिएका छन् । जिल्ला विकास तथा समन्वय इकाइका अनुसार देवी मावि विर्तामोडमा अम्बिकादेवी श्रेष्ठ, जनजागृति मावि हल्दिबारीमा इन्दिरा चुँडाल, भृकुटी मावि कनकाईमा अञ्जना सिटौला र जनता मावि गौरादहमा थानेश्वरी निरौलालाई तोकिएको छ । जिल्ला विकास तथा…

error: Content is protected !!