समाचार

नेपालकै एउटा मन्दिर जहाँ महिला छिर्न पाउँदैनन्

अशोज १९, २०७३ - बुधबार   | नारी खबर

त्रेतायुगमा राजा जनकको कुलदेवीका रुपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ ।

एउटा नारीको कारण जाेगियाे राज्यको मासिक ५६ लाख

अशोज १९, २०७३ - बुधबार   | नारी खबर

काठमान्डौँ १९ असोज ।  खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसदले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ। संसदका समितिहरुमा मात्रै मासिक ५५ लाखले खर्च घटेको छ । समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो भने भदौ महिनामामात्रै ५६ लाख ३७ हजार ९ सय ९० रुपैयाँ घटेको संसद सचिवालयले जानकारी दिएको छ। समितिहरु, संसदीय दल र…

हरेक निकायमा महिला प्रतिनिधित्व र सहभागिता संविधानअनुसार

अशोज १३, २०७३ - बिहिबार   | नारी खबर

१३ असाेज, काठमाडाैं – संविधान पूर्ण कार्यान्वयनका लागि राज्यका हरेक निकायमा महिला प्रतिनिधित्व र सहभागिता संविधानअनुसार हुनुपर्नेमा जोड दिइएको छ। अन्तरपार्टी महिला सञ्जालद्वारा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा कानुनको भाषा नमिल्दा फरक अर्थ लाग्ने कारणले केही विभेदकारी कानुन कायम रहेकाले त्यसको अन्त्य गर्नुपर्ने सहभागीले सुझाएका हुन्। सञ्जालकी अध्यक्ष प्रतिभा राणाले मुलुकमा भएको परिवर्तनअनुसार सङ्घ, प्रदेश निर्माणको…

व्यावसायिक तरकारी खेतीमा बैतडीका महिला

अशोज १३, २०७३ - बिहिबार   | नारी खबर

१३ असोज , बैतडी – गुरुखोला गाविस–८ सतबाँझका महिला व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । तरकारीबाट फाइदा हुने भएकाले उनीहरु महिला कृषक समूह गठन गरेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । परम्परागत रुपमा लगाइने धान, मकै, गहुँलगायत बालीबाट खासै उत्पादन लिन नसकेपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै…

थपिँदै बेपत्ता महिला

अशोज १३, २०७३ - बिहिबार   | नारी खबर

१३ असाेज , काठमाडाै – वरुणेश्वर ७ की १९ वर्षीया ईश्वरी बानियाँ भदौ ५ गतेदेखि बेपत्ता छिन् । आफूखुसी घरबाट हिँडेकी उनी फर्केर नआएको भन्दै सासू हर्कमायाले प्रहरीमा उजुरी हालेकी छन् । माधवपुर–३ की १८ वर्षीया सम्झना सार्की साउन २४ गते घरबाट घाँस काट्न जान्छु भन्दै निस्किएकी थिइन् । त्यसयता उनी पनि बेपत्ता छिन् । फर्केर…

अछामका महिला व्यवसायतिर

अशोज १३, २०७३ - बिहिबार   | नारी खबर

 १३ असाेज, अछाम –  अछाम जनालिकोटकी रुपादेवी विक कुखुरा पालेर छाेराछाेरी पढाउँछिन् । १ वर्षअघि कुखुरा पाल्न थालेकी उनले अहिले राम्रै आम्दानी भइरहेको बताइन् ।  त्यसैले उनी महिलाहरू आफ्नै क्षेत्रमा व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण हुन् ।  ‘श्रीमानको कमाइले मात्र नपुगेपछि सानोतिनो व्यवसाय सुरु गरेकी हुँ ’  उनी भन्छिन् । नवठाना  वडा १ मा २७ महिलाकै…

नेपाल टेलिकममा पहिलो महिला प्रबन्ध निर्देशक

अशोज १२, २०७३ - बुधबार   | नारी खबर

७ असोज काठमान्डौँ – सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले टेलिकमकी नायब प्रबन्ध निर्देशक राजभण्डारीलाई तीन वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । राजभण्डारी टेलिकमकी पहिलो महिला प्रबन्ध निर्देशक हुन् । सूचना तथा सञ्चारसचिव दिनेश थपलिया संयोजकत्वको समितिले टेलिकम प्रबन्ध निर्देशकका लागि मन्त्रिपरिषद्मा राजभण्डारीसहित टेलिकमकै अर्का…

पहिरोमा हराएकी रञ्जनाको शव भेटियो

अशोज १२, २०७३ - बुधबार   | नारी खबर

गोरखा, १२ असोज । मनास्लु पदमार्गअन्तर्गत गोरखाको केरौँजा–उहियाखण्डमा झरेको पहिरोमा परी बेपत्ता भएकी ओखलढुङ्गाकी २५ वर्षीया रञ्जना बस्नेतको शव मङ्गलबार भेटिएको छ । बिहीमा रही क्यान नेपाल नामक संस्थामा काम गर्दै आएकी बस्नेत बिहीबाट आरुघाटतर्फ फर्कंदै गर्दा असोज ६ गते पहिरोमा परी बेपत्ता भएकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले…

संविधानलाई सर्वस्वीकार्य बनाउनु आवश्यक छ ः शान्तिमन्त्री

अशोज १२, २०७३ - बुधबार   | नारी खबर

पर्सा, १२ असोज । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले विभेदको अन्त्य नभएसम्म मुलुकमा दिगो शान्ति र राजनीति स्थायित्व पाउन नसक्ने बताउनुभएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बीरगन्जद्वारा आज यहाँ आयोजित ‘विश्व परिवर्तनका लागि परमात्मय ज्ञान’ विषयक प्रवचन कार्यक्रममा उहाँले विभेद, अन्याय र हिंसा राष्ट्र विकासका बाधक रहेकाले शान्ति प्रक्रियाका बाँकी कार्यभारलाई पूरा गरी संविधानलाई…

वार्षिक ८० हजारले सुरक्षित गर्भपतन गराउँछन्

अशोज १२, २०७३ - बुधबार   | नारी खबर

काठमाडौँ, १२ असोज । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ । सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मङ्गलबार प्रसूतिगृहमा आयोजना गरेको पत्रकारसम्मेलनमा वार्षिक ६ लाख गर्भवती हुनेमा ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको जानकारी दिइयो । प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमले सो…

हस्पिटलले मृत्युको पुर्जा दिँदा उन्नाईस बर्षे कलिलो मन कस्तो भयो होला ?

अशोज ९, २०७३ - आइतवार   | नारी खबर

९ असाेज काठमाडौ –  जन्मेपछि मर्छु भन्ने सत्य कुरा भएपनि अाफ्नाे मृत्यूकाे समय विज्ञानले किटान गर्याे भने मान्छेले कस्ताे अनुभुति गर्ला । त्याे बेला अत्ताहस, पिडा, छटपटि कस्ताे हाेला ? धेरैले कल्पना गर्न नसक्ने कुरा हाे याे । बुढेसकालमा त बुढाबुढिले अाफै भन्ने गर्छन्, जीवन भन्दा मृत्यू प्याराे । तर किशाेरावस्था, यूवा अवस्था वा बयस्कअवस्थामा…

१० कक्षाकी विद्यार्थी राष्ट्रिय खेल खेल्ने

अशोज ९, २०७३ - आइतवार   | नारी खबर

९ असाेज गुल्मी –  १० कक्षाामा अध्ययनरत एक किशाेरी राष्ट्रिय खेल खेल्ने भएकी छिन् ।  महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासमा कक्षा १० मा अध्यानरत ईस्वरा कार्की अव केहि दिन पछि पुर्वाञ्चलको विराट नगरमा हुन गई रहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगितमा भाग लिने भएकी हुन् । गुल्गमी घमिर ४ निवासी कार्की गत वर्ष पोखरामा सम्पन्न…

सभामुख घर्तीमगर चीन प्रस्थान

अशोज ३, २०७३ - सोमवार   | नारी खबर

असोज ३ काठमान्डौँ। सभामुख ओनसरी घर्तीमगर जनवादी गणतन्त्र चीनको गाम्सु प्रान्तमा हुने ‘सिल्क रोड इन्टरनेसनल कल्चर एक्स्पो’मा भाग लिन चीन प्रस्थान गरेकी छन्। असोज ४ र ५ गते हुने उक्त एक्स्पोमा भाग लिन सभामुख घर्तीको नेतृत्वमा आठ सदस्यीय नेपाली टोली त्यसतर्फ गएको हो। एक्स्पो पछि उनले आगामी असोज ६ र ७ गते चीनको युनान प्रान्तको…

महिलाकाे श्रम : जिम्मेवारी बढी, पारिश्रमिक कम

अशोज २, २०७३ - आइतवार   | नारी खबर

छेटु शेर्पा संखुवासभा । २० बालबालिकालाई दिनभरि स्याहारसुसार र कखरा सिकाउनैमा व्यस्त हुन्छिन् धनमाया बानियाँ । रुनेलाई फकाउने, सिँगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेसम्मको अभिभारा उनमा छ । धर्मदेवी आधारभूत विद्यालय आँखीभुई आछाम्बुमा तीन वर्षदेखि उनी यस्तै काम गरिरहेकी छिन् । उनीजस्तै जिल्लामा दुई सय ६८ महिला दैनिक सय रुपैयाँमा दिनभर काम गर्छन् । आजभोलिको महँगीमा…

गहना बेचेर महिलाले बनाए चर्पी

अशोज २, २०७३ - आइतवार   | नारी खबर

यमुना खनाल २ असाेज, सिरहा – ‘बैठकमे आयल सर सवके बात सुइनक हम लज्जित भ शोकमे डुइव गेली’ (बैठकमा आएका सरहरूको कुरा सुनेर आफू लज्जित र शोक मग्न भएँ ) भोजनी मल्लिकले भनिन्, ‘शोकमे डुवल देखलाक बाद हमरा घरके लोक सव पुछलक जे कि भेलौ? आनदिन जेहन नैबाजै छे कियाक ? (शोक मग्न देख्दा मेरो घरका…

error: Content is protected !!