संघर्ष

दिल्लीका डाक्टरले जेठसम्म मात्र बाँच्ने भनेकी दन्त चिकित्सक फूर्तिसाथ बिरामीको सेवामा

माघ ८, २०७४ - सोमवार   | नारी खबर

भरतपुर — हँसिलो अनुसार, फुर्तिलो जीउ । दन्त चिकित्सक बिष्णुमाया (बीएम) खरेल लामिछाने एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा बिहान ९ बजेदेखिसाँ झसम्म दाँतका बिभिन्न रोगीको उपचारमा फूर्तिसाथ खट्छिन । आफ्नै लगानीको अस्पतालमा ब्यवस्थापनको जिम्मेवारी पनि आफ्नै भएकाले बेलुकी ५ बजेपछि सबै मिलाउन लागि पर्छिन्। सामाजिक संघरसंस्थाका क्रियाकलाप देखि सामाजिक सञ्जालसम्म उत्तिकै सक्रियताका साथ छाइरहेकी हुन्छिन्…

गाउँ निकाला गरिएकी सांसद

माघ ७, २०७४ - आइतवार   | शान्ति तामाङ

‘हामी दुवैलाई समुदायले बहिष्कार गर्यो। गाउँ निकाला गर्यो,’ उमाले भनिन्, ‘घर जान मनाही भयो। पुलिस(प्रशासनले दुःख दियो। हामीले एकअर्काको साथ भने छाडेनौं। बरु उहाँले मेरो आन्दोलनमा सहयोग गर्नुभयो। त्यसैले म यो अवस्थासम्म आइपुगेको छु।’

प्रचण्डलाई झल्को ‘जनयुद्धका महिला कमाण्डरको’

माघ ५, २०७४ - शुक्रबार   | नारी खबर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सभामा महिला, दलित लगायतका वर्ग र समुदायको उपस्थितिले जनयुद्धको कमाण्ड गरेका महिलाहरुको झल्को दिएको बताएका छन् । आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गर्न पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । सांसदलाई बधाई दिँदै प्रचण्डले भने, ‘हिजो…

महिनाको चार दिन कालसँग संघर्ष !

माघ ४, २०७४ - बिहिबार   | गीता कुँवर

हावा लागे पनि ढल्ला जस्तै सानो झ्याल, ढोका नभएकाले छाउ हुँदा ढोकामा थाङ्नोको पर्दा हालेर सुत्नुपर्छ । “छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ ।” ममता भन्छिन्, “के गर्नु प्रत्येक महिनाको चार पाँच दिन त्यो कालसँग बाँच्नका लागि संघर्ष गर्नुपर्छ ।

युद्धकालकी चर्चित नेतृ कञ्चन बल्ल बनिन् प्रदेश सांसद

माघ ४, २०७४ - बिहिबार   | नारी खबर

‘मेरो हात बाँधिएको थियो । सर्टको टाँक खोल्यो । बेल्टपनि खोल्यो । त्यसपछि सुम्सुमाउन थाल्यो । मैले केही सोच्नै सकिनँ । उसको मुखमा थुकिदिएँ ।’ हिरासतको त्यो कालरात्री सम्झदैं उनले भनिन् । रिसले चूर इन्स्पेक्टर केसीले गालामा जोड्ले थप्पड हानेपछि उनी भित्तामा ठोक्किइन् । ‘यसलाई देबीलाई झैं बनाउनु भन्दै ऊ बाहिरियो । म काँपिरहेकी थिएँ ।’ उनले भावुक हुँदै भनिन् ।

जनयुद्ध गरे तर ज्याला मजदुरी नगरी सुखै भएन रोल्पाली महिलालाई

पुस १६, २०७४ - आइतवार   | उमा केसी

रोल्पा – रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन् । ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन् । तीन छोरीकी आमा विकको कमाइबाट घर खर्च चलेको छ भने दुई छोरीले विद्यालयमा पढिरहेका छन् । उनका श्रीमानले पनि लिवाङमै ज्यालामजदुरी गर्छन् । गाडीबाट सामान लोड अनलोडबाट सुमित्राको मासिक…

स्वास्थ्य मन्त्रालयमा फेरी पनि महिला सचिव, डा. पुष्पा चौधरी नियुक्त

पुस १३, २०७४ - बिहिबार   | नारी खबर

काठमाडौं- सरकारले स्वास्थ्य सचिवमा डा पुष्पा चौधरीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा १२औं तहमा कार्यरत प्रमुख विशेषज्ञ डा चौधरीलाई सचिवमा नियुक्त गरेको हो। बढुवा समितिले हिजो गरेको सिफारिसका आधारमा डा चौधरीलाई सचिवमा बढुवा गरेको हो। समितिले डा चौधरीसहित डा सुशील प्याकुरेल र डा विनोदमान श्रेष्ठको नाम सिफारिस गरेको थियो। डा चौधरी स्वास्थ्य सचिवमा…

प्रहरी जवान सपनाको सपना:छोरालाई इनिस्पेक्टर बनाउने,आफु ड्यूटी निभाउने

मंसिर ७, २०७४ - बिहिबार   | केशव पन्त

ती महिला हुन्– प्रहरी जवान सपना ऐरी। २१ वर्षमै श्रीमान गुमाएकी सपनाले अझैं जीवनमा धेरै गर्ने आशा सँगालेकी छन्। प्रहरी परिवारमा हुर्किएकी सपनाले भनिन्, ‘छोरालाई प्रहरी अधिकृत बनाउँछु। आफू प्रहरी संगठनको ड्यूटी कुशलतापूर्वक निर्वाह गर्छु र त्यसपछि समाज सेवामा लाग्छु।’

एउटी साहसी अफिसर:जसले विदेशमा अलपत्र १९ नेपालीलाई घर फर्काइन्

कार्तिक २९, २०७४ - बुधबार   | नारी खबर

काठमाडौं –  कुरा गत शुक्रबारको हो । नेपाली दूतावास अबुधावीको सभा हल । दिनको साढे तीन बजेको हुँदो हो । दूतावास परिसर भित्र अरुबेला भन्दा भिन्नै किसिमको कार्यक्रमको आयोजना हुँदै थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ, झापाली समाज, नेपाली समाज, सोसल क्लब, अन्तराष्ट्रिय नेपाली कलाकार समाजलगायत ३० भन्दा बढी नेपाली संघसंस्थाका प्रतिनिधि…

जुनकिरीको उज्यालोमा समानुपातिक उम्मेदवार

कार्तिक २३, २०७४ - बिहिबार   | गगनशिला खड्का

‘भोकै, अनिधो जङ्गल, कठिन बाटो जुनकिरीसँगै अधेरी रातमा हिडेको, कहिले क्रान्तिकारी गित गाउदै, नाच्दै हिँडेको सम्झना नै जीवनको सबैभन्दा रमाईलो सम्झना हो’ उनी भन्छिन् – ‘हातमा राइफल बोकि विभिन्न जिल्लाका साथिहरुसँग लडाइका मोर्चाहरुमा सहभागि भई भालुवाङको भिडन्तमा सक्रिय भुमिका खेलेको क्षण कहिले विर्षन्न ।’ उनले यो चरण समाज, वर्ग राजनीति बुझ्ने मौका पाईन् त्यसैले उनको लागि यो सबैभन्दा सुखको क्षण पनि हो ।

छोरा जन्माइनस् भन्नेलाई छोरीहरूले दिए गतिलो झापड : एकै घरका १२ जना सरकारी जागिरे

कार्तिक ६, २०७४ - सोमवार   | नारी खबर

आफैँ सरकारी जागिरे भएकाले उनले सरकारी जागिरको महत्व बुझेका थिए ।त्यतिबेला गाउँको परिवेश सरकारी जागिरप्रति निकै आकर्षित थियो । शिक्षकको जागिरभन्दा निजामती सेवामा जानुपर्छ भन्ने पनि लाग्यो । आमाबुबाको चाहनाअनुरूप २०३४ सालमा उनी खरिदारबाट सरकारी जागिरमा पसे ।

सरकारी जागिरमा नाम निकालेपनि पत्रकारीता रोजेकी को हुन् यी चर्चित पत्रकार ?

अशोज २९, २०७४ - आइतवार   | नारी खबर

संसारमा अनेकखाले मान्छे हुन्छन् । तीमध्ये कति हुन्छन्– जसले दुःखी हुँदै आफ्नो समय कुर्छन् । कति हुन्छन्– जसले चलिरहेको समयबाट आफ्नो अंश खोस्छन् । र, कतिपय हुन्छन्– जसको वरिपरि समय आफैं घुमिरहन्छ । निर्मला शर्माले दुःखी भएर आफ्नो समय कुरिनन् । उनले चलिरहेको समयबाट आफ्नो अंश खोसिन् । र, कहिलेकाहीँ लाग्छ– समय उनको वरिपरि घुमिरहन्छ…

कान्ता कुन्ती सिँहदरबार छिरे, विभाग भने छैन

अशोज २८, २०७४ - शनिबार   | नारी खबर

काठमाडौँ – सरकार विस्तारको अन्त्यतिर दुई महिला सिँहदरबार छिरेका छन् । राप्रपाका कुन्ती कुमारी शाही र कान्ता भट्टराईलाई राज्यमन्त्री बनाएका हुन् । उनीहरुको विभाग भने छैन । दुई महिलासंगै सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा पनि राज्यमन्त्रकिो रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यो सँगै प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँपटक मन्त्रीमण्डल विस्तार गरेर ६४ सदस्यीय…

कमाण्डर उषा : आफू बनिन संसदकी मुली, गुरु बनाईन घरका मुली

अशोज २५, २०७४ - बुधबार   | नारी खबर

सम्बन्धले जीवन साथी भएपनि राजनीतिका गुरु भएकाले उनको पहिलो सल्लाहकारको भूमिका बर्षमान पुन अनन्तकै थियो । व्यस्त दिनचर्या, साँझ पख श्रीमानसँग व्यक्तिगत र राजनीतिक सल्लाह, सभामुख बनेपछि यसैगरी सुरु हुने समय अहिले पनि चलिरहेकै छ । संसदमा हरेक दिन माननीय सदस्य भन्दै बैठक सुरु गर्ने ओनसरी घरमा चै श्रीमानसँगको संवोधनमा नझुक्निे बताउछिन ।

२७ मध्येकी एक्ली महिला’अफिसर’!लोकसेवाको हुटहुटीले बनायो स्वाभिमानी सचिव

अशोज ४, २०७४ - बुधबार   | नारी खबर

काठमाडौँ – निजामती सेवामा महिलाबाट औँलामा गनिने पात्र हुन् यामकुमारी खतिवडा । बहालवाला नेपाल सरकारको सचिव मध्येकी एक उनी राष्ट्रिय सूचना आयोगमा कार्यरत छिन् । दुई महिनाअघि वरिष्ठताको आधारमा सचिव पदमा उनको पहिलो नियुक्ति आयोगमै भएको हो । उनी ओखलढुंगाको हर्कपुरमा जन्मेकी हुन् । प्रावि गाउँमै सके पनि निमावि, मावि स्तरको शिक्षाका लागि गाउँमा नजिक…

error: Content is protected !!