चैत्र ३०, २०८० शुक्रबार

पाँच पटक गनेपनि पुरूषलार्इ भेट्याउन सक्दैनन महिला



३० भदाै, काठमाण्डाै ।

चुन्ने, मनोनित गर्ने र सिफारीस गर्ने तहमा राष्ट्रपति, प्रधानन्यायाधीश देखि सभामुखसम्म उच्च तहमा महिला पुगेका छन् । तर निजामति सेवामा भने महिलाको प्रतिनिधित्व दयालाग्दो अवस्थामा भेटिएको छ । नेपालको निजामति सेवामा रहेका करिब ८२ हजार ४ सय ९६ जना कर्मचारी मध्ये जम्मा १९ प्रतिशतमात्र महिला रहेको लाजमदो तथ्यांक फेला परेका छ । निजामतिमा त्यसमध्ये ६६ हजार ५ सय ७५ जना पुरुष कर्मचारी हुँदा महिला कर्मचारी जम्मा १५ हजार ९ सय २१ रहेको निजामति कितावखानाले जनाएको छ ।

खरीदिार, सुब्बा र अधिकृत लगायतका निजामति सेवाको तल्लो तहको केी सन्तोषजनक रहेका महिलाहरु माथिल्लो पदमा भने अत्यधिक न्यून मात्र छन् । तल्लो दह अह्रन खटन गर्ने नै धेरै हो तर नीतिगत सुधारमा भूमिका खेल्न सक्ने माथिल्लो तहमा महिलाको संख्या निकै कम छ । तत्लो तहमा पनि लोकतन्त्र स्थापनापछि निजामति सेवामा सबैको समान सहभागिताका लागि राज्यले समावेशी सिद्धान्त आत्मसाथ गरेको कारण लोकसेवाले लिने हरेक परीक्षामा महिलावीचमात्र प्रतिस्पर्धाका लागि आरक्षण कोटा नै छुट्याइएको कारण तत्लो तहमा महिलाको संख्या बढ्न थालेको निजामति कितावखानाले जनाएको छ । तर यो संख्या पनि सन्तोषजनक भने होईन ।

अधिकृत देखि माथि अत्यन्तै न्यून रहेको महिलाको संख्या माथील्लो पदमा जाँदा भने हराउँदै गएको छ । जसका कारण ६० जनाको संख्यामा रहेको सचिव पद महिलाशून्य छ । नेपालमा मुख्यसचिवसहित सचिवको संख्या ६० छ । विन्दा हाडा लोकसेवा सदस्य र जीवनप्रभा लामाको अवकासपछि नेपालमा महिला सचिवको संख्या शुन्य भएको हो ।

सचिवमा शुन्य रहेको महिलाहरु सहसचिव पदमा पनि न्यून छन् । महाशाखा र विभागको नेतृत्व गर्ने ५ सय ५९ जना सहसचिव मध्ये महिला जम्मा २९ जनामात्रै छन् ।

बरिष्ठहरुवीच कार्यमूल्यांकनका आधारमा सचिवका लागि सिफारिस गरिने नेपाली नेपाली प्रचलन रहेकोमा महिला सहसचिवहरुको नामावली निकै पछाडि रहेको कारण पनि सचिव हुने मौका नपरेको हो ।

निजामति सेवाको मूख्य सचिव, सचिव र सहसचिव पछिको चौथो पद उपसचिवमा पनि महिला अत्यन्तै न्यून छन् । कूल ३ हजार ४ सय ८० जना रहेको उपसचिवमा पुरुषको संख्या ३ हजार २ सय ९९ हुँदा महिला उपसचिव जम्मा १ सय ८१ जना मात्र छन् ।

नेपालमा करिब १० हजार २ सय ६३ जना अधिकृत रहेकोमा पुरुषको तुलनामा महिला नौ गुनाले कम छन् । ९ हजार १ सय ८३ जना पुरुष अधिकृत मध्ये महिला जम्मा एक हजार ८० जना मात्र छन् ।
राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायव सुब्बा पदमा देशभरि १६ हजार १ सय ९४ जना कर्मचारी रहेकोमा महिला जम्मा २ हजार १ सय ७३ जनामात्र छन् । नासुमा पुरुषको संख्या भने १४ हजार २१ छ ।
राजपत्र अनंकित द्वीतीय श्रेणी अर्थात खरदार पदमा ११ हजार ४ सय ३६ जनामध्ये मिहला जम्मा २ हजार २ सय ९५ मात्र छ । बाँकी ९ हजार १ सय ४१ जना पुरूष खरदार छन । त्यो बाहेक १ हजार ३८ जना मुखिया मध्ये महिला जम्मा १ सय ६ जना छन् । निजामति सेवाभित्र श्रेणी विहीन भनेर चिनिने कार्यालय सहयोगी, ड्राइभर, पीएन मा पनि महिला कम नै छन् । १८ हजार ४ सय ९४ जना रहेको यो पदमा १६ गुना कम महिला छन्र । १७ हजार ५६ जना पुरुष रहेको यी पदमा महिलाको संख्या १ हजार ४ सय मात्र रहेको छ ।