चैत्र ३०, २०८० शुक्रबार

अनिशा बनिन् मिस लोयल्टी



anisha-miss-loyaltyकाठमाडौं । अनिशा रिजालले पाँचौं मिस लोयल्टीको उपाधि जितेकी छन् । मण्डीखाटारस्थित लोयल्टी एकेडेमीको पूर्व विद्यार्थीहरुको संगठन लोयल्टी एल्मुनाई एसोसिएसनद्वारा आयोजित मिस लोयल्टीको ग्रान्ड फिनालेमा १६ प्रतिद्वन्द्वीलाई पछि पार्दै अनिशाले उपाधि हात पारेकी हुन् ।

लोयल्टीमा अध्ययनरत कक्षा ७ देखि ९ का छात्राहरुले प्रतिस्पर्धामा सहभागी जनाएका थिए । पहिलो चरणमा ६५ छात्रा सहभागी थिए । त्यसमध्येबाट उत्कृष्ट १६ ले मुख्य उपाधि मिस लोयल्टीका प्रतिस्पर्धा गरेका थिए ।

1लिजा घिमिरेले पहिलो रनर अप र स्मृति परियारले दोश्रो रनर अपको उपाधि हात पारे । अनिशाले २० हजार ४ सय, लिजाले ९ हजार र स्मृतिले ५ हजार १ सय नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

नायिका र नाटकार सिर्जना सुब्बा, नाटकार बुद्धि तामाङ, नायिकका एवं मोडल निती शाह, निसामाङ लिम्बूलगायतको निर्णायक मण्डलले मिस लोयल्टीको चयन गरेको हो । विजेतालाई लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, संस्थापक निर्देशक नन्द सुब्बालगायतले पुरस्कृत गरेका हुन् ।