आश्विन २०, २०८१ आईतबार

सिंगापुर र मलेशियामा अलपत्र पारेर ठग्ने महिला प्रहरीको फन्दामा



rita-ale९ कार्तिक, काठमाडौं – ‘रोजगार खोज्ने’ बिस जना नेपालीहरुलाई आकर्षक रोजगारीका लागी साइपन पठाईदिन्छु भनि प्रलोभन देखाउँदै लाखौ ठगेर फरार भएकी रिता आलेलाई केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

टलकबहादुर थापा समेत बिस जनासँग प्रतिब्यक्ति दुई देखी तिन लाख रुपैयाँसम्म लिएर कसैलाई सिंगापुर, कसैलाई मलेशिया र कसैलाई फिलिपिन्स पुर्याएर अलपत्र पार्दै ४५ लाख भन्दा बढी ब्यक्तिलाई ठगेकी आलेलाई जिल्ला अदालत काठमाडौंले २०६५ भदौमा २ बर्ष कैद र ४५ लाख जरिवाना गर्ने फैसला गरेको थियो ।

सुनसरीको धरान नगरपालिका स्थायी घर भएकी ३६ बर्षिय रिता आलेलाई सोमबार धरानबाटै पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ । ‘प्रतिवादी आलेलाई फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा पेश गरेर अदालतको आदेशले कैद भुक्तानको लागि महिला बन्दीगृह, कारागार कार्यालय, बिराटनगर मोरङमा पठाइएको छ’ केन्द्रिय अनुसन्धान ब्युरोले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आले लामो समयदेखी फरार रहेकी थिईन् ।’