आश्विन २०, २०८१ आईतबार

तिहारमा भाईटिका मात्र होईन दिदिबहिनी टिका



didibahini-tika

 रसना ढकाल

१७ कार्तिक, काठमाडौ – तिहार भन्ने वित्तिकै दिदिबहिनीले आफ्ना दाजुभाईलाई टिका लगाउने चाडको रुपमा मनाईन्छ । तर महिला अधिकारकर्मीको एउटा समूहले दाई भाईले मात्र होइन दिदि बहिनीले पनि एक अर्कालाई टिका लगाउन सक्छन् भनेर दिदिबहिनी टिका अभियान शुरु गरेको छ ।
सामाजिक सास्कृतिक रुपान्तरणको लागि हाम्रो अभियान अन्तर्गत महिलाको निम्ति महिला मञ्च नेपालले ‘दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न गरेको छ । दिदिबहिनी टिका कार्यक्रममा सहभागी हुँदै शक्ति समुहकि सस्थापक अध्यक्ष चरिमाया तामाङ्गले दाजुभाईले मात्र होइन दिदि बहिनीले पनि एक अर्कालाई टिका लगाउन सक्ने बताईन् । ‘जुन चेलीको दाई भाई छैनन उनीहरुको लागी यस्तो कार्यले उर्जा थपिने छ’, उनले भनिन् – ‘आगामि दिनमा यस्तो रचनात्मक कार्यलाई कसरी निरन्तरता दिने भन्ने तिर लाग्नु पर्छ ।’
महिला मञ्च नेपालकी सस्थापक अध्यक्ष सृजना पुनले परम्परालाई जोगाई राख्नु हाम्रो दायित्व हो र परम्परा भित्र देखिएका त्रुटिलाई हटाउदै समाजमा सकारात्मक सन्देश जाओस भन्ने हिसाबले दिदि बहिनी संग टिका कार्यक्रम गरेको बताईन । दिदिबहिनी टिका कार्यक्रममा सहभागी जर्मनीकि अनुशन्धानकर्ता मिस लिजाले आफु यस्तो कार्यक्रममा सहभागि हुन पाउदा खुशि भएको र मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको श्रम अधिकारको लागि महिला मञ्चले उठाएको अभियानमा आफू सधै साथ दिने बताईन ।
महिला मञ्चकी अध्यक्ष छलिमाया मगरले आउने दिनमा यस्तो कार्यलाई निरन्तरता दिने बताईन् । बालाजुको बाइसधारा पार्कमा सम्पन्न सो कार्यक्रममा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले एक अर्कालाई टिका लगाएर शुभकामना आदान प्रदान गरेका थिए ।