२७ मंसिर, काठमाडौं – बोक्सिको आरोपमा महिला कुटेर मृत्यूको मुखमा पु¥याउने शिक्षकलाई उन्मुक्ति दिएर मृतककै श्रीमान फसाउने षड्यन्त्र प्रहरीले शुरु गरेको छ । सानो बाङथली – ७ का ३३ वर्षिया लक्ष्मी परीयारलाई बोक्सीको आरोपमा विद्यालयको पोलबा बाँधेर मलमुत्र कोच्याएर कुट्ने शिक्षक हीरा लामालाई उन्मुक्ति दिने प्रहरीले षड्यन्त्र गरेको हो ।
परीयारलाई गएको मंगलबार सूर्योदय माविका सामाजिक विषयका शिक्षक हीरा लामा, उनकी आमा काइँलीमाया तामाङ र छिमेकी साइँला तामाङले बोक्सीको आरोपमा मलमूत्र खुवाउँदै विद्यालयको पोलमा बाँधेर कुटेका थिए । उनको शुक्रबार घरमै मृत्यू भएको थियो ।
आफूमाथि कुटपिट भएपछि पीडित परियारले प्रहरी कार्यालय चौबासमा निवेदन दिएकी थिइन् । प्रहरी र स्थानीयले बिहीबार मिलापत्र गराएका थिए । मिलापत्र गरेको २४ घन्टा नबित्दै महिलाको मृत्यु भएको हो । मृत्यु भएपछि माइती पक्षले प्रहरीसमक्ष किटानी जाहेरी दिएको छ ।
लक्ष्मी परियारको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक हीरा लामा, साइँला तामाङलाई पक्राउ गरेको छ भने थप अनुसन्धानका लागि भन्दै लक्ष्मीका श्रीमान् मिलन परियारलाई पनि पक्राउ गरेको छ ।
प्रहरीको लापर्वाही
यसैविच सानोथवाङ्गका स्थानीय र काभ्रेका अधिकारकर्मीहरुले भने चौवास प्रहरीको लापरवाहीका परियारको मृत्यु भएको बताएका छन् । चौवास प्रहरी चौकीका असई प्रेम चौधरीले कुटपिट गर्ने शिक्षक लामाको प्रभावमा परेको कारण उनको ज्यान गएको दाबी गरेका हुन ।
स्थानीयका अनुसार चौवास प्रहरीले सो विषयलाई जिल्लामा अगाडि बढाउनुको साटो लामाको प्रभावमा परेर घटनालाई सामसुम पार्ने प्रयास गरेको थियो । कुटिने लक्ष्मीको उजुरीपछि बिहीवार स्थानीय १५ जना व्यक्तिलाई जम्मा गरेर असई चौधरीले लामा र परियारको बीचमा मिलापत्र गरेका थिए ।
सोही ठाउँका एक विद्यालयमा अध्यापन गराइरहेका शिक्षकले अहिले प्रहरीले जे भनेको भएपनि मृतक महिलालाई मलमूत्र खुवाएर बोक्सीको आरोपमा कुटपिट गरिएको बताए । ‘उल्टै लक्ष्मीले शिक्षक लामालाई ६ हजार रुपैयाँ पैसा तिर्नेगरी मिलापत्र भएको थियो, तर उनले साथमा पैसा नभएको कारणले तिर्न सकिनन्,’ ती शिक्षकले भने, ‘सोही साँझ असई चौधरी र लामाले एकै ठाउँमा बसेर रक्सी र मासु खाएका थिए ।’
कानुन अनुसार घरायसी घरझगडा बाहेकका विषयमा मिलापत्र गर्न पाइँदैन । ‘तर प्रहरीले बोक्सीको आरोप लगाएको विषयलाई लुकाएर सामान्य झगडाको रूपमा मिलापत्र ग¥यो’ एक छिमेकीकले नाम नबताउने शर्तमा भने ‘अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि प्रहरीको गल्ती ढाकछोप गर्नको लागि कोशिश गरिरहेको छ ।’
कानून व्यवसायीले बोक्सी आरोपमा मलमूत्र खुवाउने र कुटपिट गर्ने घटना भएपछि मिलापत्र गराउन नमिल्ने बताएका छन् । ‘यस्ता घटनालाई गम्भीर अपराधका रूपमा लिइन्छ । मिलापत्र गराउन मिल्दैन,’ अधिवक्ता माधव बस्नेतले भने ।
काभ्रे प्रहरीका डिएसपी नवीनराज राईले बोक्सीको आरोप लगाएको विषय लक्ष्मीको निधन भएपछि मात्रै उठेको विषय भएको बताए । ‘बोक्सीको आरोपमा कुटपिट गरेको भए पहिले नै त्यो विषय बाहिर आउनुपर्ने थियो,’ उनले भने, ‘हाम्रो अनुसन्धानले बोक्सीको आरोपमा कुटपिट गरेको र दिसापिसाब खुवाएको देखाउँदैन ।’
श्रीमानलाई फसाएर डन उम्काउने प्रहरी षड्यन्त्र
प्रहरीले डन शिक्षकलाई उन्मुक्ति दिएर मृतकका श्रीमानलाई फसाउने प्रपञ्च शुरु गरेको छ । सोही योजनामा जिल्ला प्रहरी कार्यालय लागेको अधिकारकर्मीहरुको आरोप छ । डिएसपि राईले आफूहरूले गरेको मिलापत्रको गल्ती बाहिर आउने डरले ‘बाहिर आएजस्तो बोक्सीको आरोपमा कुटपिट नभएको’ बताए । लक्ष्मीका १० वर्षीय छोराले नयाँपत्रिका संग कुटपिट गर्दै शिक्षकले कुटेको बताएका छन् तर राईले छोराले सञ्चारमाध्यमलाई दिएको बयान गलत रहेको भन्दै शुक्रवार बिहान लक्ष्मीलाई उनको श्रीमानले पनि कुटपिट गरेको आरोप लगाए । ‘हामीसँगको बयानमा मृत्यु हुँदाको दिन श्रीमानले श्रीमतीलाई एक लठ्ठी हानेको स्वीकारेको छ,’ राईले भने ।
लक्ष्मीकी ६० वर्षीया सासु विष्णुमाया नेपालीले आफ्नी बुहारीलाई शिक्षक लामासहितको टोलीले निर्घात कुटपिट गरेको र मलमूत्र खुवाएको बताइन् । आफूले बुहारीलाई नपिट्न साह्रै अनुरोध गरेको भएपनि बुहारीमाथि निर्घात कुटपिट गरिएको उनको भनाई छ ।
प्रहरी तथा स्थानीयका अनुसार कुटपिट गर्ने शिक्षक लामाले बेलाबेलामा अरूलाई पनि कुटपिट गर्ने गरेका छन् । प्रहरीकै रेकर्ड अनुसार उनी यसभन्दा अघि पनि कुटपिट गरेर सार्वजनिक मुद्दा खेपेका व्यक्ति हुन् । ‘लामा मान्छे चाहिँ पहिलेदेखिकै फटाहा हो,’ डिएसपी राईले स्वीकार गरे ।
इन्सेक काभ्रेका प्रतिनिधि भोजराज तिमिल्सिनाले महिलालाई मलमूत्र खुवाएर कुटपिट गरिएको जानकारी आफूलाई पनि आएको बताए । ‘यस विषयमा मानवअधिकार आयोग र अधिकारकर्मीहरूले पनि अध्ययन गर्दैछौं,’ उनले भने, ‘हामीसँग चाहिँ प्रहरीले तथ्यमा टेकेर कारबाही अघि बढाउने बताएको छ ।’
स्थानीय शिक्षकले आफूलाई ज्यानकै खतरा हुने डरले नाम चाहिँ उल्लेख नगरिदिन आग्रह गर्दै प्रहरीले आफूले गरेको गल्तीबाट बच्नको लागि जाल बुनिरहेको बताए । ‘अहिले लक्ष्मीको श्रीमानलाई कुटपिट गरेको आरोपमा फसाउने कोशिश पुलिसले गरेको छ,’ उनले भने, ‘तर श्रीमानले लक्ष्मीलाई कुटपिट नै गरेका छैनन् ।’ उनले लक्ष्मीमाथि कुटपिट हुनेबित्तिकै आफू उनको घरमा पुगेको तर श्रीमानले कुटपिट गरेको चाहिँ नदेखिएको बताए ।
पाँचदिनसम्म थाहा पाएनन सिडिओले
घटना घटेको पाँचदिनसम्म पनि काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइएको, कुटिएको र ज्यान गएको बारे आफूले बुझ्न नपाएको बताएका छन् । यत्रो घटना भएछ, तपाईंसँग यसबारे के सूचना छ रु भन्ने लोकान्तरको प्रश्नमा प्रजिअ सिम्खडाले भने, ‘पत्रिका पढेर थाहा पाएँ । तर बुझ्न पाएको छैन । तपाईंले चासो देखाउनुभयो, अब विस्तृतमा बुझ्छु ।’
९नयाँपत्रिका र लोकान्तरबाट लिईएको श्रोतका आधारमा तयार पारीएको ०
प्रतिक्रिया दिनुहोस्