आश्विन २६, २०८१ शनिबार

बिबाहमै दुलाहा दुलाहीलाई ५० हजार जरिवाना



dowuryअभिमनु कुमार पटेल

५ पुस, रौतहट ।
धुमधाम बिबाहको तयारी थियो । दुलही लिनका लागि दुलाहा र जन्ती रमाईलोका साथ दुलहीको घरमा जाँदै थिए । तर एक्कासी एउटा समुहले जन्तीलाई विचमै रोक्यो र कार्वाही स्वरुप ५० हजार जरीवाना गरायो ।
यो कुनै फिल्मको कहानी होईन । रौतहट जिल्लामा भएको वास्तविक घटना हो । दाईजो लिएर बिबाह गर्न लागेका परीवारलाई दाईजो प्रथा बन्द अभियानले यसरी कार्वाही गरेर बिबाह गर्ने छुट दिएको हो ।
कन्कपुर वार्ड नं २ नहरटोलका मौगलाना शेख मुस्तुफा लाई दाईजो बन्द अभियानले ५० हजार जरिवाना गरि समाजिक कारवाही समेत गरेका छन । कन्कपुर गाविस वार्ड नं ६ जंगलसहिया टोलका शेख ओकिलको १६ वर्षीय छोरी बचिया खातुन सँग राजपुर गाविस फरहदावा वार्ड नं ५ का शेख जाकिरले आफनो २२ वर्षीय छोरा शेख सकिलको विवाहमा दाईजो लिनेदिने जानकारी पाएपछि अभियानले कार्वाही गरेको हो । बिबाहमा २ लाख ५० हजार दाईजो लिएर विवाह गराउन जन्ती लिई बिहानै कनकपुर जादा दाईजो लिएको कुरा थाएपछि अभियानका सदस्य शेख दाउद लगायतले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई विवाह रोकेका थिए ।
विवाह रोकेपनि दुलाहा दुलहीको परीवारले नमानेको कारण जिल्लाबाट प्रहरी टोली झिकाई दुलाहा पक्ष, दुलही पक्ष र मौगलाना माथि कारवाही गरि दाईजो लिएको रकम फिर्ता गराई बिना दाईजोको विहे गराएको छ ।
समाजमा दाईजो प्रथाले गर्दा महिला माथि हिँसा बढेकोले घट्ना लाई न्यूुनिकरण गर्नको लागि दाईजो प्रथा मुक्त समाज बनाउने उदेश्यले केही दिन अघि रौतहटमा मुस्लिम समाजका शिक्षित जिल्ला अगुवाहरुले प्रमुख जिल्ला अधिकारी, प्रमुख जिल्ला प्रहरी , र विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधीहरुका बैठक बसाई मुस्लिम समाजमा अब हुने विवाह गरिब वा धनि कुनै परिवारमा बिना दाईजाको विवाह गरिने दाईजो दिने छोरी पक्ष वा लिने छोरा र विवाह गराउने मौगलाना समेत लाई कारवाही गरि जरिवान गरिने भन्ने निर्णय भएको थियो । निर्णय कार्यान्वयनका लागि दाईजो प्रथा बन्द अभियान समिति समेत गठन गरेको दाईजो प्रथा बन्द अभियान रौतहटका जिल्ला सदस्य एवं समाजसेवी जमिल अख्तरले जानकार दिए ।