बैशाख ३, २०८१ सोमबार

हाम्रै नेपालमा : अस्पत्तालमै भेटिन्छन् छोरा सहितका दुलही



marriage११ पुस, गुल्मी – अस्पत्ताल विरामी कुरेर बसेका दुई विपरीत लिंगी पहिला आँखा जुध्छन्, बोलचाल हन्छ अनि एक अर्काबिना बाँच्नै नसक्ने कसम खान्छन् । अनि सारा दुनिया विर्षेर नयाँ घरबार बनाउँछन् । यदाकदा चलचित्रमा देख्न पाईने यो दृष्य तयार हुन पनि केही समय लाग्छ । तर चितवनमा फिल्म सुटिङ्ग गरेर प्रदर्शन गर्ने समय पनि नहुँदै त्यस्तो घटना भएको छ । त्यो पनि छोराको उपचार गर्न पुगेकी बिबाहिता महिला र आमाको उपचार गर्न पुगेका अविबाहित कुमार यूवा ।
घरमा श्रीमतिले छोरालाई उपचार गर्न पुगेकी श्रीमति कहिले छोरो लिएर आउलिन भनेर कुरीरहेका श्रीमान त्यतिबेला छाँगाबाट खसेजस्तै भए, जतिखेर श्रीमतिले अर्कै श्रीमान खोजेर हिँडेको थाहा भयो ।
गुल्मीबाट भरतपुर क्यान्सर अस्पतालमा आमाको उपचार गर्न पुगेका अविवाहित एक युवा र चितवन रामपुर घर भएकी एक विवाहित महिला विरामी कुरेर बस्दाबस्दै प्रेम बिबाह गरेका हुन । विश्वकर्मा थरका ति यूवा २५ वर्षका हुन भने महिला २६ वर्षकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यो घटना प्रहरीकहाँ पुगेपछि निकै रोमाञ्चक प्रसंगको घटनाले एउटी महिलाको परीवार विचल्लीमा पारेको प्रहरीले जनाएको छ । ‘यो माया प्रितीका रोमाञ्चक घटनाहरु मध्ये गुल्मीका २५ वर्षिय एक दलित युवा र चितावन रामपुरकी २६ वर्षिया एक सन्तानकी आमा विचको प्रेम सम्वन्ध पनि निकै रोमञ्चक नै मान्नु पर्छ’ जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले भने ‘तर एक दुई दिनको प्रेमले एउटा घर उजाडीएको छ ।’
उनका अनुसार गुल्मीबाट भरतपुर तर्फ आमाको क्यान्सर रोगको उपचार गर्न हिडेका विश्वकर्मा थरको ति युवा विरामी आमाको उपचार संगै अस्पतालबाट विवाह पनि गरेर फर्किएका थिए ।
ति महिला साढे दुई वर्षको छोरा काँखमा लिएर नयाँ श्रीमानको घरमा पुगेकी थिईन । ‘के गर्ने यस्तै भयो , छोराको उपचार गर्न अस्पताल आएको वेला उहाँ पनि आमाको उपचार गर्न आउनु भएको रहेछ,’ प्रहरी कार्यालयमा पुगेकी महिला भन्छिन् ‘उहाँँ संग माया वस्यो र छाड्न मन नलागेर उहाँ संगै विवाह गरेर आएकी हुँ । ’
आमालाई क्यान्सरको उपचार गर्न जाने आउने क्रममा प्रेम सम्बन्ध भएपछि अर्काकी श्रीमति बिहे गरेर ल्याएको ति यूवाले बताए ‘आठ नौ महिना अघि देखि आमालाई क्यान्सर भएर उपचार गर्न आते–जाते गर्ने क्रममा उनको पनि छोरा विरामी मेरो पनि आमा विरामी भएकोले यस्तो संयोग मिल्यो ।’
ति महिलाले गाउँमा ऋण लिएर भागेको थाहा पाएपछि अहिले मुद्धा प्रहरी कार्यालयमा पुगेको छ । श्रीमति भागेको खवर पाउन साथ जव गाउँमा साहुहरुले सोधखोज गर्न थालेपछि विभिन्न समुह र व्यक्तिकहाँबाट ऋण लिएर हिँडेको पत्तो लागेको पूर्व श्रीमानले बताए । ‘एउटै लघु वित्तबाटै १ लाख ५५ हजार , अन्य समुह र व्यक्तिहरु सहित साढे दुई लाख लिएर हिडेको थाहा भयो’ उनले निराश हुँदै भने ।
श्रीमति भागेको थाहा पाएपछि उनले अस्पत्तालमा पुगेर दुवै विरामीको वेड नम्वर, नाम ठेगना अस्पतालबाटै पत्ताल लगाएर चितवन प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा त्यहाँको प्रहरीले गुल्मीलाई पत्राचार गरेपछि गुल्मी प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । ति महिलाका पूर्व पतिलाई चितवनबाट बोलाएर आज जिल्ला प्रहरी कार्यालयमा छलफल चलिरहेको छ ।
महिला अर्कैसंग हिँडेपनि गाउँमा लिएको ऋण भने तिर्नुपर्ने गुल्मीका अधिकारकर्मीहरुले बताएका छन् । ‘एक जना बच्चाकी आमाले गरेको कमजोरीले एउटाको घर त उजाडीयो नै उल्टै ऋण पनि लगाईदिने’ छलफलमा सहभागी दलित अधिकारकर्मी कृष्ण सुनारले भने ‘आफू हिँडेपनि ऋण तिर्नुपर्छ ।’