आश्विन २०, २०८१ आईतबार

लक्ष्मी परियारका हत्या आरोपीलाई थुनामा राख्न आदेश



laxmi-pariyarकाभ्रे – काभ्रेको सानोबाङ्थली गाविसकी लक्ष्मी परियारको हत्या आरोपमा  पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश चेतनाथ ढकालको इजलासले बिहीवार सो आदेश दिएको अदालतले जनाएको छ ।

पक्राउ परेका सूर्योदय निम्नमाध्यमिक विद्यालयका शिक्षक हिरा लामा, उनकी आमा काइली तामाङ र मृतककी श्रीमान् मिलन परियारलाई थुनामा राख्न आदेश दिइएको हो ।

गत मङसिर २० गते लक्ष्मी परियारको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध विभिन्न ऐनअनुसार १८ वर्ष कैद दाबी गरिएको छ ।