चैत्र ३०, २०८० शुक्रबार

‘हैन, यो भाँडो कस्तो हो?’



img_2702-1024x683सिन्धुपाल्चाेक – पहिलोपटक एउटा कार्यक्रममा माइक समातेर बोल्ने मौका पाएकी सिन्धुपाल्चोककी यी महिलाले हातमा माइक समात्न पाउने वित्तिकै हाँस्दै भनिन, हैन यो कस्तो भाँडो हो?

उनको त्यो शव्दले वरिपरि बसेका अरु महिलाहरु पनि गलल्ल हाँसें । भिडको हाँसोले उनलाई केही बोल्ने प्रेरणा मिल्यो र आफ्ना कुरा सुनाउन थालिन् । त्यहाँ उनी जस्तै अन्य महिलाहरु पनि माइकमा बोल्ने पालो कुरेर बसेका थिए ।

विनासकारी भुकम्पपछि सिन्धुपाल्चोकमा थुप्रै संघसंस्थाहरु विभिन्न सामाजिक कार्यक्रममा सक्रिय हुन थालेका छन् । ती महिलाहरुसिन्धुपाल्चोक जिल्लाको उत्तरी गाविसहरु हगाम, जलविरे र पाङताङ गाविसमा अक्सफामको सहयोगमा जनहित ग्रामिण सेवा समितिले संचालन गरेका कार्यक्रमका बारेमा आयोजित सार्वजनिक सुनुवाईका सहभागि भएका हुन् ।

4

उनीहरुले गरेका कामका बारेमा स्थानिय गाविस संगको समन्वयमा छलफल तथा अन्तरक्रिया पनि गर्ने गर्छन् ।
यसरी गाउँमा गरिने अन्र्तक्रिया र छलफलले घरभित्रै चुलो चौका गरेर बसेका महिलाहरुको क्षेत्रलाई थोरै भएपनि बढाइदिएको छ । त्यहाँ सहभागी महिला तथा पुरुष मध्ये धेरैले त पहिलोपटक माइक समातेका थिए ।

जनहितले अक्सफाम संगको सहकार्यमा आपतकालीन खाद्य सुरक्षा तथा जिविकोपार्जन, आवास, खानेपानी, स्वच्छता तथा सरसफाई लगाएतका क्षेत्रमा काम गर्दै आएको संस्थाका कार्यकारी निर्देशक राजेन्द्र शर्मा बताउँछन् ।

img_2707

एभरेष्टदैनिकबाट