चैत्र १६, २०८० शुक्रबार

रोल्पा पुगेकी राज्यमन्त्री मल्लले भनिन- ‘बजेट समयमै खर्च गरिसक्नुस’



Mithu mallaरोल्पा – सहरी विकास राज्यमन्त्री मीठु मल्लले रोल्पामा निर्माणाधीन विपी स्मृति भवनलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा आज पार्टी कार्यालय लिबाङमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

मन्त्रालयबाट गरिने विकास निर्माणका काममा रुकुम र रोल्पालाई तलमाथि नगरी समान व्यवहार गर्ने समेत बताइन । कार्यक्रममा मल्लसँगै पूर्वराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता गोपालजीजङ्ग शाह, नेविसङ्घका केन्द्रीय सदस्य तारक केसीलगायतको टोली रोल्पा आइपुगेको हो ।

यसैबीच, कार्यालयको बजेट समयमै खर्च गर्न निर्देशन दिन कार्यालय निरीक्षणका लागि रोल्पा आएकी मल्लले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रोल्पालाई कार्यक्रमको लक्ष्यअनुसार निर्धारण गरिएको बजेट समयमै खर्च गर्न निर्देशन दिइन  ।

भवन डिभिजन कार्यालयमा भएको कार्यक्रममा कार्यालयका प्रमुख ईश्वरराज जोशीले बहुवर्षीय गुरुयोजना समयमा स्वीकृत भएमा मात्र कार्यक्रम अगाडि बढाउन तथा निर्धारितसमयमा काम सम्पन्न गर्न सहज हुने बताए।