बैशाख १२, २०८१ बुधबार

किशोरी किशोरीको बिबाह



Bibahaरुकुम – बिबाह पुरुष र महिलाबिच हुन्छ । हामीले हाम्रो समाजमा देखेकै यही हो । तर रूकुममा एउटा यस्तो परम्परागत संस्कृति छ जुन बेला किशोरी–किशोरी विवाह गर्ने चलन छ । यस्तो चलन रूकुमको सिम्ली– मगरराङ्जामा प्रचलनमा रहेको हो ।
तर, यो बिबाह पक्कापक्की भने होइन, औपचारिकताका लागि देखावटी विवाह हुने गर्छ । सिम्ली– मगरराङ्जामा दुई किशोरीलाई दुलाहा–दुलहीका रूपमा सिँगारेर विवाह सम्पन्न गरेपछि मेला पनि सकिने परम्परा छ । किशोरी–किशोरीलाई पुरुष र महिला बनाएर गरिने विवाह मेलाको आकर्षणका रूपमा देखिएको छ । मगर समुदायको बाहुल्य रहेको उक्त गाउँमा परम्परागत संस्कार–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बर्से्नि पापिनी मेला लाग्दै आएको छ ।
यस ठाउँमा फरक संस्कृति भए पनि यसको उचित प्रचार गर्न नसकिएको मेला आयोजक समितिका अध्यक्ष मनवीर घर्तीले बताए । यसको संरक्षण तथा प्रवद्र्धनका लागि जिल्लास्थित सरोकारवाला निकायले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
छिमेकी गरायला, अर्मा र छिवाङ गाविसका बासिन्दा मेला भर्न जाने गरेका छन् । रूकुमकै साँखमा पनि यस्तै प्रकृतिको मेला लाग्ने गरेको छ । सदरमुकाम खलंगानजिकै पर्ने भएका कारण साँखको मेला भर्नेहरू बढी आउने गरेको देखिएको छ ।