बैशाख १, २०८१ शनिबार

दिउँसै सुन चोरी गर्ने महिला पक्राउ



woman-arrestedकाठमाडौँ –  विशाल बजारबाट सुनको ब्रासलेट चोरी गर्ने महिलालाई प्रहरीले पक्रउ गरेको छ । गहना चोरी गरी फरा रहेकी कास्की पोखरा म्याग्दी चोक बस्ने ३५ बर्षीया ३५ बिमला पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
विशालबजारको भुई तलामा रहेको रामकृष्ण गोयलले संचालन गरेको शालिमार ज्वेलर्सबाट माघ १२ गते ग्राहक बनेर  सवा १ तोलाको ब्रासलेट चोरी गरेको आरो प्रहरीको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चोरी गरी फरार भएकी पुनलाई विहिबार सोही स्थानको शुभलाभ ज्वेलर्समा सुनका गरगहना हेरीरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले पक्रउ गरेको हो ।

उनको साथबाट शालिमार ज्वेलर्सबाट चोरी गरेको ब्रासलेट १ थान , नक्कली सुनका जस्तो देखिने ब्रासलेट १ थान, नेक्लेस १ थान १ र सिक्री १ थान सहित पक्राउ गरेको थियो ।