आश्विन २०, २०८१ आईतबार

२५ करोडको महिला उत्थान कार्यक्रम कपिलबस्तुबाट



mahila pic

काठमाडौँ – सरकारले मार्च ७ (फागुन २४) देखि राष्ट्रपति महिला उत्थान कार्यक्रम शुभारम्भ गर्ने भएको छ । सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा कपिलवस्तुबाट उक्त कार्यक्रम शुरु गरीने भएको हो ।
करिब रु २५ करोडको कार्यक्रमले महिलालाई आयमूलक सीप दिने जनाइएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कुमार खड्काले महिलाको आर्थिक सबलीकरण गर्नका लागि आयमूलक सीप जरुरी भएको बताए ।

मन्त्री खड्काले महिलाको आयमूलक व्यावसायिकतामा जोड दिने यस वर्षको लक्ष्य रहेको जानकारी दिए । यस वर्षको नारी दिवसको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने रहने छ । दिवस सफल पार्न मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन भएको छ ।  अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहान भृकुटीमण्डपबाट पदयात्रा सुरु गरी सहिद ढोका हुँदै शान्तिबाटिका पुगेर समापन गरिनेछ ।