बैशाख १२, २०८१ बुधबार

राज्यका तीन महत्वपूर्ण पदमा महिलाको नेतृत्व रहनु सुखद : राष्ट्रपति भण्डारी



Bidhya Bhandari
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताउनुभएको छ ।
नेपाली महिलाबाट समान अधिकारका लागि एक शताब्दीदेखि निरन्तर रुपमा हुँदै आएको सङ्घर्ष र बलिदानीको परिणामस्वरुप अहिले राज्यका तीन महत्वपूर्ण पदमा महिलाको नेतृत्व रहन पुग्नुलाई राष्ट्रपति भण्डारी एउटा सुखद संयोगका रुपमा चित्रण गर्न रुचाउनुहुन्छ ।
यद्यपि, नेपाली महिलाका लागि अहिले पनि निकै ठूलो सङ्घर्ष गर्नुपर्ने स्थिति विद्यमान रहेको स्वीकार्नु हुने उहाँ नेपालको संविधानले राजनीतिक रुपमा प्रतिस्पर्धामा जाने एउटा ढोका चाहिँ खोलिदिएको तर बराबरी र हाराहारी जाने स्थिति भने अझै बनिसकेको धारणा राख्नुहुन्छ ।