आश्विन २०, २०८१ आईतबार

नारी दिवसमा को युवा समुहको मार्च पास



Nariनारी दिवसमा को  युवा समुहको मार्च पास

काठमाडौँ – १०७ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर परिवर्तनका लािग सहासी बनौँ भन्ने मुल नाराका साथ राजधानीमा सांसद्सहितको युवा समुहले मार्च पास कार्यक्रम सम्पन्न गर्यो ।

राजधानीको सामाखुसी चोकबाट सुरु भएको मार्च पास बालाजुको माछापोखरी चोकसम्म पुगेर कोणसभामा पणित भएको थियो।  सकारात्मक विकास सञ्चार केन्द्र, सुस्मिता फाउण्डेशन, युथ एड्भोकेसी नेपाल, प्रगतिशिल महिला समाज लगायतका संघ संस्थाहरुले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन्।

कार्यक्रममा बोल्दै एमालेका सांसद् शेरबहादुर तामांगले संविधानमा महिलालाई नेतृत्वमा पुर्याउन सुरु गरेको भन्दै अब कोही महिला पिल्सिएर बस्न नहुने धारण राखे। राज्यका हरेक अंगमा महिलाको समानुपातिक सहभागिता हुने संविधानमा उल्लेख भएपनि कार्यानयनमा अझै महिलाहरुले शाहसीका साथ अगाडी आउन महिलाहरुलाई अह्वान गरेका छन्।

त्यस्तैगरि नेपाली कांग्रेसका सांसद्ल दिलमान पाख्रिनले अहिलकोे नयाँ संविधानले राजनीतिक क्षेत्रमा पुरुष बराबर अधिकार पाउने सुनिश्चित गरेको भन्दै यो कागजमा मात्र सिमित हुन नदिन महिलाहरुलाई आग्रह गरेका छन्।

नेपाल दक्षिण एशियाकै पहिलो महिला सहभागिता हुने मुलुकमा परे पनि यो संस्थागत भने हुन नसकेको सकारात्मक विकास केन्द्रका अध्यक्ष भीम लामाले बताए। लामा भन्छन् ‘समाजलाई सकारात्मक परिवर्तनका लागि ‘महिला’ माईतमा बाबा र दाजु अनि घरमा श्रीमान र छोराको संरक्षणमा भन्दा खुल्ला प्रतिस्पर्धामा स्वाबलम्बी बन्न सके महिला र पुरुषमा विभेद नहुने दाबी गरेका छन्।’

त्यस्तै गरि कर्यक्रममा युथ एड्भोकेसीका अध्यक्ष नरेन्द्र खतिवडाले पितृ सतात्मक देशमा संविधानले जति अवसर दिए पनि व्यवहारमा भने त्यो न्युन रहेको भन्दै न्युनिकरणका लागि संविधानको अक्षरांस कार्यानयनमा जोड दिए।

महिला अधिकार मार्च कार्यक्रको संयोजन सुस्मिता फाउण्डेसनकी अध्यक्ष सुस्मिता तामांगले गरेकी हुन्। युवा संघ संस्थाका अधिकारकर्मी, समाजसेवी, कलाकार, पत्रकार, खेलाडी, चिकित्सक लगाएतका व्यक्तिहरुको उपस्थित रहेको  कार्यक्रको संयोजन सुस्मिता फाउण्डेसनकी अध्यक्ष सुस्मिता तामांगले गरेकी हुन्।