बैशाख १, २०८१ शनिबार

अलपत्र छाडिएकी सुत्केरी दीपालाई श्रीमानको जिम्मा लगाइयो



Sutketi in hospital

झापा – छोरी जन्माएको भन्दै परिवारले स्वीकार्न नमानेपछि अस्पतालमै अलपत्र परेकी दीपा दासको उद्धार गरिएको छ ।

अस्पताल प्रशासन र छिमेकीको सहयोगमा उनी र उनको छोरीलाई श्रीमान् चन्दन दासको जिम्मा लगाइएको हो । उनी विर्तामोडको विएण्डसी हस्पिटलमा १० दिनसम्म अलपत्र परेकी थिइन् । छोरी जन्माएको थाहा पाएपछि उनका श्रीमान् सम्पर्कविहीन बनेका थिए ।

अस्पताल प्रशासन र कर्मचारीले रकम सङ्कलन गरेर आमा र छोरीको खाना र कपडाको व्यवस्था गरिदिएका थिए । ‘सर्वप्रथम त श्रीमान्लाई हामीले सम्झायौं’, हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले अनलाइखबरसँग भने, ‘त्यसपछि छरछिमेकको रोहबरमा घर पठायौं ।’ दीपाले तिर्न बाँकी ७३ हजार ५ सय ३० रुपैयाँ पनि हस्पिटलले छुट गरिदिएको छ ।